गोबिन्दराज पोखरेल
प्रेमको कुनै भुगोल हुँदैन , कुनै सिमाना हुँदैन । प्रेम त आत्माको अनुभुती हो । प्रेम त जीवनको बाटो हो । प्रेम न रातले छेक्दछ नघामले छेक्दछ । प्रेम ढोकाबाट मात्र होइन प्रेम झ्यालबाट पनि छिर्छ चरबाट पनि छिर्छ । प्रेम न बारुदले छेक्छ नत बन्दुकले छेक्छ । प्रेम आफैमा न गोला हो न बम हो दिल दिलको संगम पनि हो तर यही प्रणय दिवस जन्माउनकै लागी रोमका सम्राट क्लोडियसले सन २६९ मा सरकारी अधिकारी र सेनालाई बिबाह गर्न रोक लगाउन फरमान जारी गरे । बिहे गर्दा अधिकारी र सैनिकको बुद्धि नष्ट हुन्छ शक्ति पनि नष्ट हुन्छ त्यसैले पनि बिबाह नर्गन फरमान जारी गरे । उक्त फरमानलाई सन्त भ्यालेनटाइनलाई राम्रो लागेन । उनले सैनिक र अधिकारीहरुलाई बिबाह गर्न उक्साए । फलस्वरुप केही सैनिक र अधिकारीहरुले बिबाह पनि गरे । सम्राटको फरमान उल्लंघन गर्नलाई उक्साउने को हुन भन्ने खोजी भयो फलतः सन्त भेलेनटाइन हुन भन्ने थाहा पाउँदा सम्राटले उनलाई जेलमा राखे । आफनो फरमानलाई जीवन्त राख्न पनि सम्राटले सन्त भ्यालेनटाइनलाई मृत्युदण्डको उदघोष गरे । अन्तःत १४ फेब्रुवरीमा उनलाई फाँसी दिइयो । उनलाई फाँसी दिनु अगाडि उनले जेलरलाई भनेका थिए तिम्रो छोरी दृष्टी बिहिन छन मेरो मृत्यु पछि मेरो आँखा तिम्रो छोरीलाई दिनु जसले यो संसार देख्नेछिन । साथै जेलरलाई एउटा चिठी पनि दिए । त्यसमा एउटा गुलाबको फुल पनि दिएका थिए । उनले त्यो चिठीमा जेलरको छोरीलाई माया गरेर लेखिएको थियो । त्यसैले पनि सन्त भ्यालेनटाइनको सम्झनामा १४ फेब्रुवरीलाई प्रणय दिवसको रुपमा मनाउने गर्दछन ।
जिन्दगीलाई बगर सम्झिए बगर र शहर सम्झिए शहर हुने न हो । प्रेम प्रकृतिसंग पनि छ चराचुरुङ्गीसंग पनि छ । घरको अगाडि फुर फुर गर्ने भंगेराको चिरचिरले कति तरङ्गित तुल्याउँछ । प्रेम नदीमा पनि छ जहाँ माछाहरु बयली खेल्दै पौडिएका हुन्छ । खोलाको झरना जस्ले सम्पुर्ण पिर व्यथालाई बिर्साइ दिन्छ । प्रेम जुनसंग पनि छ जसले घरको झयालबाट छिरेर ओछयान देखाइदिन्छ । ब्रह्माण्डसंग पनि छ जहाँ ताराहरुको चमचमले मन्त्रमुग्ध बनाएको हुन्छ । मैले कैयौं पटक जुनसंग कुरा गरेको छुँ । जुन मामा भनेर नमस्कार गरेको छुँ । सुसाउँदै गरेको सल्लाको बोटसंग गुनगुनाएको छुँ । मैले घरको पाठोसंग मने मने भन्दै दौडिएको छुँ उसैसंग हाँसेको छु । भैंसीको पाडोलाई म्वाँय म्वाएँ गरेर कतिपटक कराएको छुँ । कतिपटक घाँसको पात लिएर कहिले हातमा दाना लिएर उसको अगाडि पुगेको छुँ । घरमा रहेको पप्पी अनि बिरालुलाई कतिपटक काखमा राखेर हिंडेको छुँ । मन्दिरमा पुग्दा बिभिन्न मुद्रामा रहेका मुर्तिहरुसंग चिच्याइ चिच्याइ आफनो आत्मा पोखेको छुँ । गाउँ बस्दा शहरलाई सम्झन्छु शहर बस्दा गाउँलाई । मेरो प्रेम खै कता कता हो मैले खुटयाउनै सक्दैन ।
शहर पसे आमालाई , बुवालाई , भाईलाई ,बहिनीलाई अनि आमा बुवाले छोराछोरीलाई नाती नातीनालाई कुन्नी अघाउन्जेल मायाँ गरिरहन्छन । अहिले त प्रबिधिको जमाना छ सन्त भेलेन्टाइनले जस्तो चिठी लेखी राख्नु पर्दैन स्काइप, भाइबर,म्यासेन्जर,बिच्याट, ह्वाटसवाप कति छन कति । तिनैबाट आफनो मनलाई पुलकित बनाउने प्रेममा बहने कति धेरै छन । क्यानभासमा लियानोर्दी भिन्सीको कुचीले सिंगारिएको चित्रलाई कति गहिरिएर हेरिन्छ । त्यो चित्र प्रतिको प्रगाढ प्रेम । बैरागी काहिंलाका प्रेमिल कबिता, तुलसी दिवसका रातो फूलको कबिता, लक्ष्मिप्रसाद देवकोटाका निबन्ध संग्रहहरु लेखनाथले पिंजराको सुगाप्रति देखाएको सदभाव, सिद्धिचरण श्रेष्ठले आफनो आखलढुङ्गा प्रतिको माया । के त्यसले उनको प्रकृति प्रतिको प्रणयता देखाएको होइन ?
जीवन जस्तो छ भोगाइ त्यस्तै छ । कसैले सोधनी गर्दो हो मलाई किन कसैले हेरेन । तरुनी भै सक्दा पनि तरुनो भै सक्दा पनि । के मेरो यौवन फक्रेको नदेखेर हो ? के हेर्दै नराम्रो छु र ? मेरो शरिर बक्र रेखा जस्तो बाङ्गो टिङ्गो छ र ? यस्तो प्रस्नको उत्तर पनि खोज्ने कोशिष गर्दा हुन । जीवनलाई सुनाखरीको पूmल जस्तो फक्रेको पनि देख्दा हुन । ममा के को खोट छ र ? प्रेमबाट बञ्चित हुनु योग्य नभएर हो ? प्रेम त छैंठौं इन्द्रीय हो जस्को अभावमा न उ रहन्छ न म रहन्छु । जो भाग्यमानी छ त्यसलाई इश्वरले चिनेको छ । यो एउटा बैंस हो जसलाई सबैले मन पराउँछन । बैंस खोलाको आउँछ । बैंस रुखको आउँछ । जीब जन्तुको आउँछ । चरा चुरुङ्गीको आउँछ । त्यसैले त यो पृथिवी अडेको छ । प्रेम कुनै प्रस्न होइन । प्रेम जुनसुकैमा पनि जायज हुन्छ । कसैले भन्दा हुन प्रेम हराउँछ बिलाउँछ तर यो फगत मात्र हो । जवानीको ज्वरोले जसलाई पनि पोल्छ । सन्त भेलेनटाइनलाई पनि पोल्यो सम्राट क्लोडियसलाई पनि भोग जाग्यो होला ? आफनो जीवनको भोगाइ र गहिराइ त अबस्य पाए होलान । के यस्मा पनि प्रस्न हुन्छ र ? कठोर चट्टानमा पनि सुकोमल पूmल पूmलाउन सक्ने पनि त प्रेम हो । प्रेमलाई कसैले सिंगार्नु पर्दैन यो त आफै सिंगारिएको हुन्छ । प्रेम जीन्दगीको एक अनुपम अनुभूति हो जस्को संर्सगले आफुलाई पुलकित बनाउँछ । हँसाउछ । यो त तरेली तरेलीको असिमित माया हो । जीवनका हरेक समय उत्तिकै मुल्यवान छन । ति मुल्यवान समयको सदुपयोग त्यही प्रेमिल अबस्थाले नै गर्दछ । प्रेम संस्कृति हो । प्रेम प्रकृति हो । प्रेम संस्कार हो । प्रेम गुरु चेलाको सम्बन्ध हो जुन नङ मासु जस्तै जोडिएको हुन्छ । पबित्रातामा समाहित गराउनु नै प्रेम हो । प्रकृति हाँसेको बेला मन्द मुस्कान छाडिदिन्छ । जीवन लडखडाएको बेला त्यही प्रेमले सोझ्याइ दिन्छ ।
सुख सन्तुस्टी र सफलता सुन्यमा झर्न बेर लाग्दैन । आकाश सधै सफा कहाँ हुन्छर ! त्याहाँ पनि कालो बादल मडारिन्छ । गुलाव फक्रेको मात्र देखेर कहाँ हुन्छ त्याहा पनि काँडा लुकेको हुन्छ । कमल फक्रेको देखेर मात्र हुँदैन त्यसको मुनि पनि हिलो हुन्छ तर खुशी र स्वर्ग एकै ठाउँमा राख्दा जीवनको स्र्वग त्यही हुन्छ । प्रेमलाई मानिसको शरिरसंग तुलना गर्नु बेकार छ । प्रेमलाई नाप्ने कुनै ढक तराजु वा मिटर छ र ? कि माना पाथीमा चुल्याउनु हो र । प्रेम न कसैको निसाना हो नत कसैको गोली हो न बोली हो । यो स्वस्र्फुथ रुपमा आउने चिज हो । न यस्को आकार छ न यस्को प्रकार छ । प्रेम कसैले स्पर्ष गरेर सुमसुमाउने होइन न यो अंकमाल गरेर देखिने हो । यो अननन्त आत्मा हो । प्रेमले शक्ति त घटाउँदैन यसले बढाउँछ । याँहा त प्रेमको बहानामा अरुको शोषण गर्नेहरुका बिरुद्ध जानु पर्ने हो जहाँ निर्मला भागीरथीले प्रेमको तृप्ततामा होइन यौन तृप्ततामा जीवन छाडे । के यौन तृप्तता प्रेम हो र ? सम्राट क्लोडियसले बिबाहलाई शक्ति घटेको देखे बुद्धि घटेको देखे । उनले प्रकृति र सुन्दरतालाई देखेनन । आफुलाई जन्मनु मानब प्रकृतिको नियम बुझेनन । प्रकृतिको उल्टो फरमान जारी गर्दा सबैले त्यस्को प्रतिकार गर्दछन । आफुले आफैलाई मानव योनीबाट जन्मेको बिर्सिए होलान । प्रकृतिको उल्टो फरमान जारी गर्दा कुनै पनि प्राणी जगतले मान्दैन । कुनै पनि प्राणीले छैंठो इन्द्रीय चलायमान गराउन पाउन उस्को नैसर्गिक अधिकार हो । त्यसैले त सन्त भेलेनटाइनले जीवनको मुल्य चुकाएर पनि प्रेमको फरमान जारी गरे त्यसैले त आज क्लोडिएसलाई भिलेन र सन्तभेलेन्टाइनर्ला हिरो मानेको होलान । आज उनलाई सम्झने प्रणय दिवस मेरा लागी पनि ।
प्रणय दिवस
प्रणय दिवस
Advertisement
तपाईको प्रतिक्रिया