• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, माघ ०८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

लोकप्रिय समाचार

प्रणय दिवस


  •   मङ्गलबार, फागुन ०३, २०७८ मा प्रकाशित
  • गोबिन्दराज पोखरेल
    प्रेमको कुनै भुगोल हुँदैन , कुनै सिमाना हुँदैन । प्रेम त आत्माको अनुभुती हो । प्रेम त जीवनको बाटो हो । प्रेम न रातले छेक्दछ नघामले छेक्दछ । प्रेम ढोकाबाट मात्र होइन प्रेम झ्यालबाट पनि छिर्छ चरबाट पनि छिर्छ । प्रेम न बारुदले छेक्छ नत बन्दुकले छेक्छ । प्रेम आफैमा न गोला हो न बम हो दिल दिलको संगम पनि हो तर यही प्रणय दिवस जन्माउनकै लागी रोमका सम्राट क्लोडियसले सन २६९ मा सरकारी अधिकारी र सेनालाई बिबाह गर्न रोक लगाउन फरमान जारी गरे । बिहे गर्दा अधिकारी र सैनिकको बुद्धि नष्ट हुन्छ शक्ति पनि नष्ट हुन्छ त्यसैले पनि बिबाह नर्गन फरमान जारी गरे । उक्त फरमानलाई सन्त भ्यालेनटाइनलाई राम्रो लागेन । उनले सैनिक र अधिकारीहरुलाई बिबाह गर्न उक्साए । फलस्वरुप केही सैनिक र अधिकारीहरुले बिबाह पनि गरे । सम्राटको फरमान उल्लंघन गर्नलाई उक्साउने को हुन भन्ने खोजी भयो फलतः सन्त भेलेनटाइन हुन भन्ने थाहा पाउँदा सम्राटले उनलाई जेलमा राखे । आफनो फरमानलाई जीवन्त राख्न पनि सम्राटले सन्त भ्यालेनटाइनलाई मृत्युदण्डको उदघोष गरे । अन्तःत १४ फेब्रुवरीमा उनलाई फाँसी दिइयो । उनलाई फाँसी दिनु अगाडि उनले जेलरलाई भनेका थिए तिम्रो छोरी दृष्टी बिहिन छन मेरो मृत्यु पछि मेरो आँखा तिम्रो छोरीलाई दिनु जसले यो संसार देख्नेछिन । साथै जेलरलाई एउटा चिठी पनि दिए । त्यसमा एउटा गुलाबको फुल पनि दिएका थिए । उनले त्यो चिठीमा जेलरको छोरीलाई माया गरेर लेखिएको थियो । त्यसैले पनि सन्त भ्यालेनटाइनको सम्झनामा १४ फेब्रुवरीलाई प्रणय दिवसको रुपमा मनाउने गर्दछन ।
    जिन्दगीलाई बगर सम्झिए बगर र शहर सम्झिए शहर हुने न हो । प्रेम प्रकृतिसंग पनि छ चराचुरुङ्गीसंग पनि छ । घरको अगाडि फुर फुर गर्ने भंगेराको चिरचिरले कति तरङ्गित तुल्याउँछ । प्रेम नदीमा पनि छ जहाँ माछाहरु बयली खेल्दै पौडिएका हुन्छ । खोलाको झरना जस्ले सम्पुर्ण पिर व्यथालाई बिर्साइ दिन्छ । प्रेम जुनसंग पनि छ जसले घरको झयालबाट छिरेर ओछयान देखाइदिन्छ । ब्रह्माण्डसंग पनि छ जहाँ ताराहरुको चमचमले मन्त्रमुग्ध बनाएको हुन्छ । मैले कैयौं पटक जुनसंग कुरा गरेको छुँ । जुन मामा भनेर नमस्कार गरेको छुँ । सुसाउँदै गरेको सल्लाको बोटसंग गुनगुनाएको छुँ । मैले घरको पाठोसंग मने मने भन्दै दौडिएको छुँ उसैसंग हाँसेको छु । भैंसीको पाडोलाई म्वाँय म्वाएँ गरेर कतिपटक कराएको छुँ । कतिपटक घाँसको पात लिएर कहिले हातमा दाना लिएर उसको अगाडि पुगेको छुँ । घरमा रहेको पप्पी अनि बिरालुलाई कतिपटक काखमा राखेर हिंडेको छुँ । मन्दिरमा पुग्दा बिभिन्न मुद्रामा रहेका मुर्तिहरुसंग चिच्याइ चिच्याइ आफनो आत्मा पोखेको छुँ । गाउँ बस्दा शहरलाई सम्झन्छु शहर बस्दा गाउँलाई । मेरो प्रेम खै कता कता हो मैले खुटयाउनै सक्दैन ।
    शहर पसे आमालाई , बुवालाई , भाईलाई ,बहिनीलाई अनि आमा बुवाले छोराछोरीलाई नाती नातीनालाई कुन्नी अघाउन्जेल मायाँ गरिरहन्छन । अहिले त प्रबिधिको जमाना छ सन्त भेलेन्टाइनले जस्तो चिठी लेखी राख्नु पर्दैन स्काइप, भाइबर,म्यासेन्जर,बिच्याट, ह्वाटसवाप कति छन कति । तिनैबाट आफनो मनलाई पुलकित बनाउने प्रेममा बहने कति धेरै छन । क्यानभासमा लियानोर्दी भिन्सीको कुचीले सिंगारिएको चित्रलाई कति गहिरिएर हेरिन्छ । त्यो चित्र प्रतिको प्रगाढ प्रेम । बैरागी काहिंलाका प्रेमिल कबिता, तुलसी दिवसका रातो फूलको कबिता, लक्ष्मिप्रसाद देवकोटाका निबन्ध संग्रहहरु लेखनाथले पिंजराको सुगाप्रति देखाएको सदभाव, सिद्धिचरण श्रेष्ठले आफनो आखलढुङ्गा प्रतिको माया । के त्यसले उनको प्रकृति प्रतिको प्रणयता देखाएको होइन ?
    जीवन जस्तो छ भोगाइ त्यस्तै छ । कसैले सोधनी गर्दो हो मलाई किन कसैले हेरेन । तरुनी भै सक्दा पनि तरुनो भै सक्दा पनि । के मेरो यौवन फक्रेको नदेखेर हो ? के हेर्दै नराम्रो छु र ? मेरो शरिर बक्र रेखा जस्तो बाङ्गो टिङ्गो छ र ? यस्तो प्रस्नको उत्तर पनि खोज्ने कोशिष गर्दा हुन । जीवनलाई सुनाखरीको पूmल जस्तो फक्रेको पनि देख्दा हुन । ममा के को खोट छ र ? प्रेमबाट बञ्चित हुनु योग्य नभएर हो ? प्रेम त छैंठौं इन्द्रीय हो जस्को अभावमा न उ रहन्छ न म रहन्छु । जो भाग्यमानी छ त्यसलाई इश्वरले चिनेको छ । यो एउटा बैंस हो जसलाई सबैले मन पराउँछन । बैंस खोलाको आउँछ । बैंस रुखको आउँछ । जीब जन्तुको आउँछ । चरा चुरुङ्गीको आउँछ । त्यसैले त यो पृथिवी अडेको छ । प्रेम कुनै प्रस्न होइन । प्रेम जुनसुकैमा पनि जायज हुन्छ । कसैले भन्दा हुन प्रेम हराउँछ बिलाउँछ तर यो फगत मात्र हो । जवानीको ज्वरोले जसलाई पनि पोल्छ । सन्त भेलेनटाइनलाई पनि पोल्यो सम्राट क्लोडियसलाई पनि भोग जाग्यो होला ? आफनो जीवनको भोगाइ र गहिराइ त अबस्य पाए होलान । के यस्मा पनि प्रस्न हुन्छ र ? कठोर चट्टानमा पनि सुकोमल पूmल पूmलाउन सक्ने पनि त प्रेम हो । प्रेमलाई कसैले सिंगार्नु पर्दैन यो त आफै सिंगारिएको हुन्छ । प्रेम जीन्दगीको एक अनुपम अनुभूति हो जस्को संर्सगले आफुलाई पुलकित बनाउँछ । हँसाउछ । यो त तरेली तरेलीको असिमित माया हो । जीवनका हरेक समय उत्तिकै मुल्यवान छन । ति मुल्यवान समयको सदुपयोग त्यही प्रेमिल अबस्थाले नै गर्दछ । प्रेम संस्कृति हो । प्रेम प्रकृति हो । प्रेम संस्कार हो । प्रेम गुरु चेलाको सम्बन्ध हो जुन नङ मासु जस्तै जोडिएको हुन्छ । पबित्रातामा समाहित गराउनु नै प्रेम हो । प्रकृति हाँसेको बेला मन्द मुस्कान छाडिदिन्छ । जीवन लडखडाएको बेला त्यही प्रेमले सोझ्याइ दिन्छ ।
    सुख सन्तुस्टी र सफलता सुन्यमा झर्न बेर लाग्दैन । आकाश सधै सफा कहाँ हुन्छर ! त्याहाँ पनि कालो बादल मडारिन्छ । गुलाव फक्रेको मात्र देखेर कहाँ हुन्छ त्याहा पनि काँडा लुकेको हुन्छ । कमल फक्रेको देखेर मात्र हुँदैन त्यसको मुनि पनि हिलो हुन्छ तर खुशी र स्वर्ग एकै ठाउँमा राख्दा जीवनको स्र्वग त्यही हुन्छ । प्रेमलाई मानिसको शरिरसंग तुलना गर्नु बेकार छ । प्रेमलाई नाप्ने कुनै ढक तराजु वा मिटर छ र ? कि माना पाथीमा चुल्याउनु हो र । प्रेम न कसैको निसाना हो नत कसैको गोली हो न बोली हो । यो स्वस्र्फुथ रुपमा आउने चिज हो । न यस्को आकार छ न यस्को प्रकार छ । प्रेम कसैले स्पर्ष गरेर सुमसुमाउने होइन न यो अंकमाल गरेर देखिने हो । यो अननन्त आत्मा हो । प्रेमले शक्ति त घटाउँदैन यसले बढाउँछ । याँहा त प्रेमको बहानामा अरुको शोषण गर्नेहरुका बिरुद्ध जानु पर्ने हो जहाँ निर्मला भागीरथीले प्रेमको तृप्ततामा होइन यौन तृप्ततामा जीवन छाडे । के यौन तृप्तता प्रेम हो र ? सम्राट क्लोडियसले बिबाहलाई शक्ति घटेको देखे बुद्धि घटेको देखे । उनले प्रकृति र सुन्दरतालाई देखेनन । आफुलाई जन्मनु मानब प्रकृतिको नियम बुझेनन । प्रकृतिको उल्टो फरमान जारी गर्दा सबैले त्यस्को प्रतिकार गर्दछन । आफुले आफैलाई मानव योनीबाट जन्मेको बिर्सिए होलान । प्रकृतिको उल्टो फरमान जारी गर्दा कुनै पनि प्राणी जगतले मान्दैन । कुनै पनि प्राणीले छैंठो इन्द्रीय चलायमान गराउन पाउन उस्को नैसर्गिक अधिकार हो । त्यसैले त सन्त भेलेनटाइनले जीवनको मुल्य चुकाएर पनि प्रेमको फरमान जारी गरे त्यसैले त आज क्लोडिएसलाई भिलेन र सन्तभेलेन्टाइनर्ला हिरो मानेको होलान । आज उनलाई सम्झने प्रणय दिवस मेरा लागी पनि ।

    Advertisement

    मङ्गलबार, फागुन ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    लोकप्रिय

    भर्खरै

    • १.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • २.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ३.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ४.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ५.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ६.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ७.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ८.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.