• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ १०, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

सडकको समस्या समाधानको चर्चा: हल्लामै सिमित नहोस्


  •   शनिबार, माघ ०६, २०८० मा प्रकाशित

  • –हरिप्रसाद भण्डारी
    प्यूठानकै व्यस्त व्यापारिक केन्द्र प्यूठान नगरपालिका वाड नं ८ को बाग्दुलामा पौष २४ गते मंगलबार बाटोको समस्या समाधानका लागि प्यूठान नगरपालिकाले चालेको कदमले आम नागरिकमा आशा जगाएको छ ।

    Advertisement

    प्यूठानको बिजुवार र बाग्दुला बजारक्षेत्रमा आवतजावत गर्ने नागरिकले हरेक दिन सास्ती बेहोर्नुपर्ने वाध्यता रहेको छ । साँघुरो सडक, अव्यवस्थित पार्किङ, लोडअनलोड र निर्माण सामाग्री जथाभावी झार्दा सडकमा आउने समस्या त छँदै छन् त्यसमाथि केही स्थानमा सडकको नालामाथि बाटोसम्म व्यापारीले सामाग्री राख्दा सडकमा निकै समस्या हुने गरेको छ । यस्तै समस्याहरूको समाधानका लागि प्यूठान नगरपालिकाले पहिलो कदम बाग्दुला वजारको माथिल्लो चोकबाट बढाएको छ । बाग्दुलाको माथिल्लो बजारमा अवस्थित तल्लो बाटो लामो समयदेखि व्यापारिक प्रयोजनमा प्रयोग भइरहेको देखिन्थ्यो । स्थानीय व्यापारीका गाडीहरू लोडअनलोड, पार्किङ र नाला मिचेर बाटोसम्म गरिएका व्यापारले बाग्दुलाको पुरानो बाटोमा सवारी चलेका थिएनन् । स्थानीय पाका पुस्ताका अनुसार बाग्दुला दम्तिका लागि त्यो नै पुरानो बाटो हो र माथिल्लो बाटो पछि स्थापना गरिएको हो । त्यही पुरानै बाटोलाई सुचारु गरेर माथिल्लो चोकमा सिंगल लेन हुनेगरि २ वटै बाटाहरू सञ्चालन गर्ने र बाग्दुला बजारको माथिल्लो चोकमा हुने जामलाई कम गर्ने नगरपालिकाको कदम सकारात्मक छ ।
    प्यूठान नगरपालिकाभित्र सार्वजनिक सेवाप्रवाहमा तत्कालीन अवस्थामा सबैभन्दा ठुलो टड्कारो भनेकै मुख्य वजारमा दैनिक हुने सवारी जाम कसरी अन्त्य गर्ने भन्ने नै हो । यसै समस्यालाई मध्यनगर गरेर प्यूठान नगरपालिकाले यसअघिनै जिल्लास्तरीय कार्यक्रम आयोजना गरेर सुझाव संकलन गरेको थियो । ‘भालुबाङ प्यूठान सहायक राजमार्गको चेरनेटा–बाग्दुला–सारीवाङ सडकखण्ड विस्तार गर्ने सम्बन्धमा सल्लाह, सुझाव तथा परामर्श कार्यक्रम’ आयोजना गरि नगरपालिकाले गत भाद्र ३ गते जिल्लामा बिभिन्न क्षेत्रमा क्रियाशील सरोकारवाला सँग सुझाव लिएको थियो । संघीय सञ्चारमन्त्री, सांसदहरु तथा जिल्लाका सार्वजनिक संघ संस्थाको नेतृत्वदायी भूमिकामा रहेका सामाजिक अभियानकर्मीहरूको  उक्त अन्तरक्रियामा उठेको मुख्य विषय थियो– ‘सडकको जामले निकै समस्या बनाएको छ यो विषय तत्काल सुल्झाउनुपर्छ । सहज रुपमा सडक प्रयोगको वातावरण बनाउनु पर्छ ।’
    नगरक्षेत्रको आजको सबैभन्दा टड्कारो आवश्यकता, जोखिमपूर्ण र अप्ठ्यारो काम एवं दीर्घकालीन रुपमा नगरलाई समृद्ध र सुन्दर बनाउने योजना भनेकै सडकको तत्कालीन र दीर्घकालीन समस्या समाधान हो । यो कार्यले प्यूठान नगरपालिकालाई सुन्दर र समृद्ध बनाउनुका साथै जिल्लाभरका नागरिकलाई समेत सहजता प्रदान गर्ने छ । पुरानोमै वा नयाँ सडकको विकल्प खोजेर, जसरी होस्: सडकको समस्या समाधान आजको समयमा अत्यन्तै जरुरी भइसकेको छ । यो काम सहज र सजिलो पक्कै छैन । बाहिर बसेर हामिले सुझाव दिएजस्तो सजिलो सरकार चलाइरहदा नहोला तर, जिम्मेबारी र अधिकार पनि त अरुसँग छैन । जनताको आकाँक्षालाइ बुझेर यो समयमा नगरपालिकाले चाल्न खोजेको कदम प्रशंसायोग्य छ । जनप्रतिनिधि, सडक सम्वद्ध संघ र प्रदेशका कार्यालयहरू, सुरक्षा निकाय सहित
    बैठक बसेर सडक विस्तार कार्यको योजना बारे छलफल थालनी गरेकाले नगरपालिकाले यो कामलाई दृढतापूर्वक अगाडि बढाउनै चाहेको हो भन्ने विश्वास स्थापित भएको छ । यो क्षेत्रका सडकको समस्या समाधान केवल नगरवासीको मात्र होइन सिंगो प्यूठानवासीको सरोकारसँग जोडिएको विषय हो । सुरुमा हल्लाखल्ला र प्रचार हुने तर, कामलाई निष्कर्षमा पुर्याउनुपूर्व विषयको विषयान्तर गर्ने आम प्रवृत्तिलाई नगरपालिकाले निस्तेज गरेर प्यूठान नगरक्षेत्रमा रहेका सडकमा कहाँ–कहाँ कस्तो (व्यापारिक प्रयोग, अस्थायी संरचना वा स्थयि संरचना), कति क्षेत्रमा समस्या हो ? प्रभावित नगरवासी कति हुन ? एकिन तथ्यांक सहित तत्कालीन समाधान के हो? दीर्घकालीन समाधान के हो ? समस्या समाधानका विकल्पका साथ अगाडि बढ्नुपर्छ । यो कदममा नगरपालिकाले खुट्टा कमाउनु हुँदैन ।
    प्यूठानभर सडकको लगतकट्टा नहुँदा आम नागरिकले सडकको पनि तिरो तिर्नु परिरहेको छ । दिगो विकासको अवधारणा नहुँदा आज आम नागरिकको सडकछेउको खर्बौँको सम्पत्ति जोखिममा छ । वर्तमान समयमा सडकको चाँप, जनसंख्या वृद्धिदर, औसत बसाइसराइ र प्रतिव्यक्ति आय तथा सवारी वृद्धिदरलाई विश्लेषण गरेर विकासका पूर्वाधारहरू तयार गर्नुको सट्टा व्यापारी, ठेकेदार र कर्मचारीका
    लाभलाई केन्द्रमा राखेर बिगतमा बनाइएका संरचना र योजनाहरू समस्या मात्र भएका छैनन् जनताको सम्पत्ति ध्वस्त पार्ने ;माइन–वम; जस्ता बनेका छन् । राज्यले समयमा लगतकट्टा नगर्दा आज सडक नजिक बनिरहेका संरचनाहरूले सडक साँघुरिदै गएको छ । आम नागरिकले आफ्नो जीवनभर गरेको श्रमबाट आर्जित करोडौँ लागतका संरचनाहरू ठडिएका छन् । वास्तवमा यो अत्यन्तै संवेदनशिल विषय हो । यो अहिले श्रृजना भएको समस्या होइन दशकौँ देखिको लापरवाहिबाट श्रृजना भएको समस्या हो । तत्काल लोकप्रिय हुनका लागि प्रचारबाजी फन्डा चलाउने तर, सयौँ वर्षका लागि आवश्यकता विश्लेषण गरेर योजना निर्माण नगर्ने दशकौँ देखिको भुलभुलैया प्रवृत्तिले आज जनताको सम्पत्ति जोखिममा छ भने सार्वजनिक बाटोको तिरो जनताको काँधमा थोपरिएको छ । यो दोहोरो समस्याबाट जनतालाई निकास दिनुपर्दछ । सडक जाम भएर एम्बुलेन्सको बिरामी तड्पिनुपर्ने तत्कालीन समस्या समाधान गरेर दीर्घकालिक महत्व राख्ने यो विषयमा पनि सोच्नुपर्छ । स्थानीय तहको क्षेत्राधिकार भित्र नपर्ने सडकहरुको र स्थानीय तह नबन्दै देखिका यि समस्याहरु समाधान गरिदिने आम नागरिकले आशा गरेको सरकार पनि स्थानीय सरकार नै हो ।

    सडक अतिक्रमण रोकेर सडकको तत्कालिन समस्या समाधान गर्ने र दीर्घकालिन समस्या समाधानका लागि सडक बिस्तार वा बैकल्पिक सडक निर्माण गरेर अगाडि बढने भन्नेवारे सडककिनाराका नागरिककै सहमतिमा अगाडि वढ्नु उपयुक्त हुन्छ । नगरपालिकाले जनताको सम्पत्तिको अधिकतम सुरक्षा गरेर सडकको समस्यालाई समाधान गर्ने विशेष योजना बनाउनु पर्छ । सडक सार्वजनीक सम्पत्ति हो ।

    सार्वजनीक सम्पत्तिको संरक्षणको एवं सडकको तत्कालीन समस्या समाधान र दीर्घकालीन व्यवस्थापन बारे नगरपालिकाले चाल्ने राम्रा कदममा दल, समर्थन वा भूगोललाई अलग राखेर हरेक नागरिकले समर्थन र सहयोग गर्नुपर्छ । टुङ्गोमा पुर्याउन सकेको खण्डमा यो काम प्यूठान नगरपालिकाको सबैभन्दा ऐतिहासिक काम हुनेछ । र सयौँ वर्षसम्म आम नागरिकले यो नेतृत्वलाई सम्झिरहने छन् । यो
    काममा नगरपालिका सफल होस् शुभकामना ! (लेखकको सम्पर्क: hari.lumbini@gmail.com, 9857833766)

    शनिबार, माघ ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.