२९ जेठ, काठमाडौं। काठमाडौंको कपनबाट एक जना वृद्ध बेपत्ता भएका छन् ।
प्युठानको टारी स्थायी घर भई कपन बस्दै आएका ६८ वर्षीय सिद्धिमणि सुवेदी बेपत्ता भएको प्रहरीले जनाएको छ । सुवेदी बुधबारदेखि सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । उनी बुधबार बिहान करिब साढे ९ बजे घरबाट निस्किएका थिए । त्यसपछि सम्पर्कमा नआएको परिवारको भनाइ छ ।घरबाट निस्किंदा उनले निलो र सेतो बुट्टा भएको सर्ट, हरियो (मेहेन्दी) रङको हाफपाइन्ट र निलो ‘fila’ लेखेको चप्पल लगाएका थिए । आफन्तका अनुसार उनलाई बिर्सिने रोग छ । प्रहरीले हराएका सुवेदीलाई कसैले भेटाए मोबाइल नम्बर ९८६११४३१६५/ ९८५१०७८०७५ वा नजिकको प्रहरीलाई खबर गरिदिन भनेको छ ।
Advertisement
सुवेदीले स्वास्थ्य कार्यालयमा अधिकृत भइ नृवित्त भएका थिए ।