• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ १०, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस


  •   शनिबार, पुष १२, २०८२ मा प्रकाशित
  • प्युठान
    श्रीमानको मृत्युपछि १२ वर्षदेखि कुवेतका काम गरिरहेकी ऐरावती गाउँपालिका ४ तिल्केनीकी उमा विश्वकर्माको दैनिकी शुक्रवार पनि नियमितजस्तै चलिरहेको थियो । १३ वर्षअघि ज्याला मजदुरीमा गएका श्रीमानको दुर्घटनामा मृत्यु भएपछि उमाले ५ सन्तान हुर्काउन कुवेतमा काम गर्दै आएकी छिन् ।

    Advertisement

    शुक्रवार दिउसो सदाजस्तै काम गरिरहेका बेला उनले आफ्नो जेठो छोराको फोटो फेसबुकमा देखिन् । आफैले कुवेतमा दुःख गरेर कमाएको पैसाले काठमाण्डौमा डिग्री पढिरहेको २६ वर्षीय छोरो सङ्घीय संसदमा सिफारिस भएको भनेर बधाई दिएको कुरा उमालाई पत्यारै लागेन । एक छिनमा धेरैले पोष्ट गरिदिएपछि बल्ल उनले ‘के रैछ बुझौँ न त !’ भनेर छोरालाई फोन गरिन । काठमाण्डौ कीर्तिपुर कोठा भाडामा बसेर पढिरहेका छोरा प्रेम बहादुर विश्वकर्माले आफू सहित ७ जनालाई पार्टीले सांसदका लागि सिफारिस गरेको भनेपछि बल्ल उनलाई ‘छोरो नेता भएछ’ भन्ने लाग्यो ।

    छोरो संसदमा सिफारिस भएको आमा उमालाई पत्यार नलागेजस्तो २६ वर्षीय प्रेमको विगत पनि अरूले विश्वास गर्न गाह्रो लाग्ने सङ्घर्षपूर्ण छ । गरिब परिवार र दुर्गम गाउँमा जन्मिएका उनी जन्मेदेखि(२०५६) नै बुवा ओमबहादुर माओवादीमा लागे । अभाव त पहिलेदेखि थियो नै, जनयुद्धमा पूर्णकालीन कार्यकर्ता भएकाले उनको परिवारमा राज्य पक्षको दमनको डर पनि थपियो ।

    केही वर्षपछि शान्ति प्रक्रिया आयो । नेता कार्यकर्ता सबैका दैनिकी फेरिए तर, ओम बहादुरको हैसियत भने फेरिएन । उनी पुरानै पेसा ज्याला मजदुरीमै फर्किए । ज्याला मजदुरीकै क्रममा अर्को गाउँ पुगेका बेला दुर्घटनामा २०६८ साल पौषमा उनको निधन भयो ।

    त्यति बेला जेठा छोरा प्रेम १२ वर्षका थिए । श्रीमान् गुमाएकी आमा र सहारा खोजिरहेका भाइबहिनीको अनुहार देखि पछि प्रेमले घरको जिम्मेवारी आफ्नै काँधमा आएको सम्झिए र जे काम मिल्छ त्यही गर्नुपर्ला भनेर भारततर्फ लागे ।

    १ वर्ष भारतमा काम गरेपछि उमाले छोरालाई घर फर्काइन र आफू विदेश जाने निधो गरिन् । कुवेतका लागि भिजा लाग्यो । १३ वर्षको जेठो सन्तानको जिम्मामा बाँकी ४ सन्तान छोडेर उमा विदेश उडिन् ।

    अभाव, सङ्कट, विभेद र सङ्घर्षलाई जन्मने वित्तिकैदेखि झेलिरहेका प्रेम पुनः पढाइमा फर्किए । पढाइसँगै विद्यालयमै हुने बालक्लव र रेडक्रसमा सक्रिय भएका उनमा सानैदेखि बालबालिकाले भोगिरहेका समस्या समाधान हुनुपर्ने चेतना पलाइरहेको थियो । किनकि गरिबी, सामाजिक असमानता र प्रत्यक्ष अभिभावकत्वको अभाव उनले राम्ररी महसुस गरेका थिए ।

    २०७३ सालमा जिल्ला बाल सञ्जाल गठन भयो र उनी अध्यक्ष बने । प्यूठानमा बालविवाह न्यूनीकरण र बाल श्रम अन्त्यका लागि प्रेमले निकै मेहनत गरे । १७ वर्षको किशोरको सक्रियताले जिल्लाका राजनीतिक दल र प्रशासनको ध्यान पनि तान्यो । ४ वर्ष सञ्जालको अध्यक्ष भएका उनी बाल्यकालमै जिल्लाभर सबैले चिन्ने पनि भए ।

    समुदायमा रहँदा होस वा जिल्लामा अध्यक्ष हुँदा बालबालिकाको क्षेत्रमा उनको प्रयासले चर्चा र प्रभाव बनाए पनि सोचेजस्तो नभएको लागेको थियो । त्यसपछि प्रेमलाई लाग्यो ‘राजनीति गरेर सत्तामा नपुग्दै आफूले चाहेजस्तो गर्न सकिन्न ।’ र उनी बिस्तारै माओवादी निकट विद्यार्थी सङ्गठनमा सक्रिय हुन थाले ।

    १२ कक्षासम्म मुक्ति मावि रातामाटा र स्नातक स्वर्गद्वारी क्याम्पसमा पढेका उनी २०७८ सालमा माओवादी निकट अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष बने । पढाई र सङ्गठनका काम सँगसँगै अगाडी बढाएका उनी पढाइमा सधैँ अब्बल हुन । स्वर्गद्वारी क्याम्पसमा प्रथम भएका उनी छात्रवृत्तिमा राजनीति शास्त्र स्नातकोत्तर र कानुनमा स्नातक अध्ययन गरिरहेका छन् ।

    २६ वर्षका उनलाई नेपाली कम्युनिस्ट पार्टीले जेनजी(नवयुवा) अन्तरगत प्रतिनिधि सभा सदस्यको फागुन २१ गते हुने निर्वाचनका लागि सांसदमा सिफारिस गरेको छ । उनीसहित प्युठानबाट ७ जनाको नाम सिफारिस भएको छ ।

    शनिबार, पुष १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.