माघ, १३
प्युठान, स्वर्गद्वारी नगरपालिकामा जेष्ठ नागरिकहरूका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । शनिबार स्वर्गद्वारी नगरपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र, प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल प्युठान नगरपालिका ४ विजुवारकाे सहयाेगमा प्राथमिक आँखा उपचार केन्द्र भिंगृमा १ दिने जेष्ठ नागरिकहरुका लागि आँखा परिक्षण शिविर सञ्चालन गरिएको स्वर्गद्वारी नगरपालिकाका जनस्वास्थ्य निरिक्षक दुर्गा प्रसाद गोराथोकीले जानकारी दिनुभयो ।
शिविरमा १९६ जनाको आँखा परीक्षण गरिएकाेमा ५३ जना शल्यक्रिया गर्नुपर्ने देखिएको पनि गाेराथाेकिले बताउनु भयो । शिविरमा आँखा परिक्षणका लागि नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारकी अब्थाल्मिक असिस्टेन्ट लक्ष्मी मल्ल ठकुरी चन्दना गरूङ र कृष्णा विष्ट आउनु भएकाे थियोे ।
स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले नगरपालिका अन्तर्गतका सम्पुर्ण आँखा राेगि जेष्ठ नागरिकहरूकाे आँखा परिक्षण गरि आवश्यक उपचार प्रदान गरिने बताउनुभयो ।
Advertisement