• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्युठानमा अन्तरक्याम्पस स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न!


  •   आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
  • जनखोजी डेस्क
    जेठ १३,प्युठान।गणतन्त्र दिवस-२०८० को अवसरमा आयोजित ‘लागुऔषध दुर्व्यसन न्यूनीकरणमा युवाको भूमिका’ विषयक अन्तर क्याम्पसस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। सामाजिक विकास डिभिजन कार्यालय प्युठानको आयोजना र साहित्य परिषद् प्युठानको सहआयोजनामा गरिएको उक्त कार्यक्रम स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्युठानमा सम्पन्न भएको हो।
    सामाजिक विकास डिभिजन कार्यालय प्युठानका प्रमुख पुण्यप्रसाद न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला प्रमुख अधिकारी नारायण प्रसाद अर्यालको प्रमुख आतिथ्यता,स्वर्गद्वारी बहुमुखी क्याम्पसका प्रमुख गुन्जबहादुर खड्का,प्युठान क्याम्पस खलंगाका प्रमुख कल्पना खड्का,ईलाका प्रहरी कार्यालय बिजुवारका प्रमुख चुडामणि पुन,स्वर्गद्वारी बहुमुखी क्याम्पस प्युठानका स्ववियु सभापति टेकराज केसी लगायतको आतिथ्यता रहेको थियो।
    प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले अत्यन्तै महत्त्वपूर्ण विषयमा वक्तृत्वकला कार्यक्रम राखिएकोमा आयोजकलाई धन्यवाद दिदै लागुऔषध दुर्व्यसन न्यूनीकरणमा जिल्ला प्रशासन कार्यालयले विभिन्न कार्यक्रमहरु गरिरहेको बताए।लागुऔषधले व्यक्तिको ह्रास मात्र नभई परिवार समाज र देशकै टाउको दुखाईको विषय रहेको प्रजिअ अर्यालले बताए।
    अध्यक्ष एवं सामाजिक विकास डिभिजन कार्यालय प्युठानका प्रमुख पुण्यप्रसाद गौतमले यी यस्ता कार्यक्रमले युवा जगतमा सकारात्मक प्रभाव पारी लागुऔषध नियन्त्रणमा टेवा पुर्‍याउने बताए। उनले कार्यक्रमको समापन गर्दै प्रथम,द्वितीय,तृतीय र शान्तवना स्थान हासिल गर्ने विद्यार्थीलाई बधाई दिएका छन।
    जिल्लाका ५ क्याम्पस स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला,झिमरुक बहुमुखी क्याम्पस बाग्दुला,प्युठान क्याम्पस खलंगा,गौमुखी क्याम्पस मच्छि र अमर बहुमुखी क्याम्पस भिङ्ग्री का ९ जना छात्रा छात्रको उपस्तिथि रहेको थियो।कार्यक्रममा झिमरुक बहुमुखी क्याम्पस बाग्दुलाका छात्रा रन्जना पोख्रेल प्रथम ,गौमुखी क्याम्पस मच्छिकि छात्रा रबिना बिक द्वितीय,स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोलाका छात्र केशर सुनार तृतीय र प्रार्थना सुनारले शान्तवना स्थान हासिल गरेका छन् ।प्रथम,द्वितीय,तृतीय र शान्तवना स्थान हासिल गर्नेले क्रमश: करकट्टिसहित ७ हजार,५ हजार,४ हजार,३ हजार प्रमाणपत्र सहित प्राप्त गरेका हुन।
    स्वागत मन्तव्य स्वर्गद्वारी स्ववियु सभापति टेकराज केसीले राखेका हुन।  साहित्य परिषद् प्युठानकि  का.बा अध्यक्ष बिमला खनालले कार्यक्रमको सञ्चालन गरेकि हुन् ।

    Advertisement

     

    आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.