• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ १०, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

प्युठान नगरपालिकाको भेडावारीमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर


  •   बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
  • केशर सुनार
    जेठ ३१ प्यूठान (जनखोजी):प्यूठानको प्यूठान नगरपालिकाले आफ्ना पालिकाअन्तर्गतका दुर्गम बस्तीमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ। बिहिबार प्यूठान नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा वडा नं-८ काे दुर्गम बस्ती भेडावरीमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएकाे हो।

    Advertisement

    विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोलीले नगरपालिका अन्तर्गत रहेका दुर्गम वस्तीमा रहेका जनताहरुको हरेक ठाउँ-ठाउँमा शिविर सञ्चालन गरि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले बताए। आफ्नो पालिकाका नागरिकलाई आफ्नै गाउँठाउँमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराई दैनिक जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरिएको हो।

    नगरपालिकाको वडा नं-८ भेडाबारीको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भेडाबारीमा सम्पन्न भएको नि:शुल्क स्वास्थ्य शिविरमा १ सय १५ जनाले स्वास्थ्य सेवा लिएका छन्।त्यसमध्ये ८५ जना महिला र ३० जना पुरुषले स्वास्थ्य परिक्षण गराएका हुन् ।शिविरमा १५ जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँच,३५ जना महिलाको स्कृनिङ पाठेघरको समस्याको चेकजाँच गर्दा ५ जना पाठेघर खसेका बिरामीको परिक्षण गरी उपचार गरिएको छ।त्यस्तै ९३ जना बिरामीको सुगर जाँच गर्दा ५ जना सुगर भएका बिरामी पत्ता लागेका छन।१५ जना ब्लड प्रेसर बढी भएका बिरामी,१ जना गर्भवती महिलाको भिडियो एक्सरे,३५ जना ग्यास्ट्रीकका बिरामी,४२ जना हाडजोर्नी तथा नसा सम्बन्धि समस्या भएका बिरामीको उपचार गरि औषधि वितरण गरिएको छ।

    शिविरमा नाक,कान,घाँटी,दम,खोकी र टाउको दुखेको सहित सामान्य स्वास्थ्य जाँच समेत गरिएको छ।स्वास्थ्य परिक्षण गरिएका बिरामीलाई उपचार एवम् औषधि वितरण गरिएको छ।साथै आवश्यक समन्वयका लागि जिल्ला अस्पताल प्यूठानमा जानकारीका निम्ति आग्रह गरिएको शाखाले बताएको छ।

    ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको र धेरैभन्दा धेरै नागरिकले लाभ लिनुपर्ने प्रमुख अतिथि एवम् जिल्ला अस्पताल प्यूठानका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.राजेन्द्र पौडेलले बताए।डा.पौडेलले नगरक्षेत्रमा शिक्षा,स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा नगरपालिका विशेष जोडबलका साथ लागेकोमा पालिकालाइ धन्यवाद दिदै नागरिकहरुलाई शिविरबाट लाभान्वित हुन आग्रह गरेका छन।

    वडाध्यक्ष पदम बहादुर थापाले नगरपालिकाले नि:शुल्क शिविर सञ्चालन गरेकोमा धन्यवाद दिदै आफ्ना वडाका सम्पूर्ण नागरिकहरु लाभान्वित हुन सक्ने बताएका छन।

    नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा जिल्ला अस्पताल प्यूठानका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.राजेन्द्र पौडेल,नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द घिमिरे,सोही वडाका वडाध्यक्ष पदम बहादुर थापा,जिल्ला अस्पताल प्यूठानका विशेषज्ञ लगायत स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो।औपचारिक कार्यक्रमको सञ्चालन भने नगरप्रमुखको स्वकिय पुष्कर शर्माले गरेका हुन।

    बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.