• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, माघ २८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

एसइईपछि विद्यार्थीले रूची र क्षमता अनुसार विषय छनोट गर्नुपर्छ!


  •   आइतबार, असार १७, २०८१ मा प्रकाशित
  • दिपक खत्री,अर्घाखाँची ।एसईईपछि विद्यार्थीहरूले विषय छनोट गरी अध्ययन गर्नुपर्ने हुन्छ, तर विषय छनोट गर्नका लागि विद्यार्थीहरूलाई निकै गाह्रो हुने गर्दछ । कुन विषय अध्ययन गर्दा राम्रो होला भन्ने दुविधा धेरै विद्यार्थीलाई हुने गरेको छ । विद्यार्थीलाई मात्र होइन, अभिभावकहरू समेत सोही समस्याबाट ग्रसित हुन्छन् । “छोराछोरीले परीक्षा उत्तीर्ण गर्छन् कि गर्दैनन्, राम्रो अंक ल्याउलान कि नाइ? भन्ने ,अभिभावकले छोराछोरीलाई विषय छनोटका लागि धेरै प्रेसर दिनु हुँदैन ।” उनीहरु पढेलेखका छन् । कुन विषय पढ्दा राम्रो हुन्छ हामीलाई भन्दा उनीहरुलाई धेरै थाहा हुने हुँदा धेरै प्रेसर दिनु हुदैन।
    छोराछोरीको रुची एकातिर र अभिभावकको इच्छा अर्कोतिर हुँदा छोराछोरीले बीचमा पढाई छोड्ने समस्या आउन सक्छ! कुन विषय पढ्ने, त्यो विषय कस्तो छ, भविष्यमा कुन क्षेत्रमा जान सकिन्छ, कति खर्च लाग्छ भन्ने विषयमा अभिभावक र छोराछोरीबीच छलफल हुन आवश्यक छ ।अहिले छोराछोरीहरु आफै जान्ने हुँदै अभिभावकसँग सल्लाह नगरी आफ्नो मन लागेको गर्छन् । यसले भविष्यमा समस्या आउन सक्छ । त्यसैले अभिभावकले सही मार्ग निर्देशन गर्नुका साथसाथै छोराछोरीको इच्छा र चाहानलाई पनि बुझ्न उनीहरूसंगै बसेर सल्लाह र सुझाव दिन आवश्यक छ । विषय छनोटका लागि मात्र नभई कलेज छनोटका लागि पनि अभिभावकसँग छलफल गर्न आवश्यक छ।कलेज छान्दा कलेजले दिने सेवा सुविधा र छात्रवृत्तिलाई ध्यान दिनुपर्छ  विद्यार्थीले पनि आफ्नो रुचीलाई ध्यानमा राखी अभिभावकको बजेटले धान्न सक्ने विषय र कलेज छनोट गर्नुपर्छ ।
    पढेको कुरा कहिले खेर जादैंन तर अभिभावकले आफ्ना बच्चाहरु के मा पोख्त छन्, उनीहरुमा कस्तो प्रतिभा छ, के कुरामा बढी राम्रा छन् भन्ने कुरालाई बुझेर सोही अनुसार विषय छनोटका लागि सहयोग गर्नुपर्छ!अभिभावकले बच्चाहरुलाई आफै निर्णय लिन दिनुपर्छ ।” यो गर, त्यो नगर भन्दा पनि यो कसरी गर्न सकिन्छ भन्ने कुरा अभिभावकले सिकाउन जरुरी छ
    अहिले समय फेरीसकेको छ । त्यसैले अभिभावकले विषय छनोटका लागि बच्चाहरुलाई यो पढ, त्यो नपढ भन्नु भन्दा पनि यो विषय किन पढ्ने, त्यसमा भविष्य कस्तो छ भन्ने बारेमा उनीहरुलाई उत्प्रेरित गर्नुपर्छ  । समय परिर्वतन भइसकेकाले अभिभावकले आफूले चाहेको कुरा बालबालिकामा थुपार्ने भन्दा बच्चाहरु के चाहन्छन्, त्यसलाई बुझी निर्णय लिन मेरो सुझाव छ।
    नाम चलेको कलेजमा पढ्दा प्रतिष्ठित हुने र इज्जत बढ्ने मानसिकताका कारण प्रतिष्ठित कलेजमा पढ्नका लागि होडबाजि नै चल्ने गर्दछ ।  सक्ने अभिभावकले राम्रो कलेजमा पढाउलान् तर नसक्ने अभिभावकले के गर्छन् ? आफ्नो मान र प्रतिष्ठितका लागि नाम चलेको ठूलो कलेजमा पढ्ने भन्दा पनि अभिभावकलाई आर्थिक भार नपर्ने गरी राम्रो पढाई हुने कलेजमा पढाउनुपर्छ।
    अभिभावकको सपना हुन्छ आफ्ना छोराछोरीले राम्रो विषय लिएर पढुन् र उनीहरुको भविष्य राम्रो होस् । अभिभावकले देखेको सपनालाई मलजल गर्ने काम छोराछोरीले प्राप्त गरेको नतिजाले गर्छ । परीक्षामा उनीहरुले प्राप्त गरेको ग्रेडकै आधारमा विषय छनोट गर्न पाउँछन् । तर, विषय छनोट गर्दा नतिजाका आधारमा मात्र नभई परिवारको आर्थिक अवस्था र आफ्नो रुचिलाई पनि ध्यानमा राख्नुपर्छ ।हिजोको पढने तरिका र अबको पढने तरिका निकै फरक हुनेछ, हिजोको पढाइ गाइडेड थियो अबको पढाइ इन्डिपेन्डेन्ट हुनुपर्छ । बुबाआमासङ्ग टाढा बस्नुपर्ने हुन्छ। साथीसर्कल परिवर्तन हुनेछन।त्यसैले भावी योजना बनाउदा आवेगमा बनाउनु भन्दा  विवेक प्रयोग गरेर बनाउनुपर्छ। के सीप सिक्ने? कस्ता सीप सिक्ने ? आफ्नो क्षमता रुचि केमा छ यी कुराहरुमा ( जिज्ञासाहरुको) समाधान खोज्नुपर्छ।अभिभावकले पनि आफ्ना सन्तानलाइ अरुसँग तुलना गर्नुहुदैन, उनिहरुमा छुट्टै क्षमता हुन्छ , सोहिक्षमता र प्रतिभाले उनिहरुलाइ जीवन निर्वाह गर्न सहज हुनेछ।

    Advertisement

    लेखक दिपक खत्री युवा तथा शैक्षिक पद्धतिहरुमा कलम चलाउँदै आएका छन।

    आइतबार, असार १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.