• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

गौमुखीमा आफ्नै ऐन नियमावली बमोजिम प्रधानाध्यापक नियुक्ति


  •   बुधबार, चैत ०९, २०७८ मा प्रकाशित
  • प्यूठान, गौमुखी गाउँपालिकाले आफ्नै शिक्षा ऐन तथा नियमावलीअनुसार विद्यालयहरूमा प्रधानाध्यापक छनोट गरी नियुक्ति गरेको छ ।
    गाउँपालिकाले २०७७ सालमा जारी गरेको गाउँ शिक्षा ऐन तथा सोही ऐनबमोजिम बनेको शिक्षा नियमावली २०७८ अनुसार मङ्गलवार प्रधानाध्यापक छनोट गरेको हो । गाउँपालिकाले गत माघ १२ गते पालिकाअन्तर्गतका सबै सामुदायिक विद्यालयका लागि प्रधानाध्यापक पदमा दरखास्त आह्वान गरेको थियो । दरखास्त दिएका ४४ विद्यालयमध्ये ४३ विद्यालयबाट एकल दरखास्त परेको थियो ।
    गाउँ शिक्षा नियमावलीमा सम्बन्धित तहमा नियुक्ति र योग्यता नपुगेका दरखास्तवाला शिक्षकलाई वरिष्ठता र कार्यक्षमताका आधारमा निमित्त प्रधानाध्यापक भइ काम गर्ने जिम्मेवारीसहित नियुक्ति दिने उल्लेख छ । सोही अनुसार निमित्त प्रधानाध्यापकको नियुक्ति भने बिहिवार गर्ने शिक्षा शाखा प्रमुख ओमहरी पोख्रेलले जानकारी दिनुभएको छ । माध्यमिक विद्यालयमा सहायक प्रधानाध्यापक रहने व्यवस्था अनुसार उक्त पदमा दरखास्तवाला शिक्षकहरूलाई पनि वरिष्ठ र कार्य क्षमताका आधारमा बिहिवार नै नियुक्ति दिने पोख्रेलले बताउनु भयो ।
    प्रधानाध्यापक तथा निमित्त प्रधानाध्यापकलाई विद्यालय विकासका समग्र पक्ष समेटी करार सम्झौता गरिने प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर घर्तीले बताउनु भयो । प्रधानाध्यापक नियुक्ति कार्यक्रममा बोल्दै गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले शिक्षा क्षेत्रमा नयाँ पद्धतिको विकास भएको भन्दै विद्यालय सुधारका लागि प्रधानाध्यापकको भूमिका महत्त्वपूर्ण हुने भएकाले जिम्मेवारीपूर्वक विद्यालय विकासमा खट्न प्रधानाध्यापकहरूलाई आग्रह गर्नुभयो । सोही कार्यक्रममा बोल्दै छनोट समितिका संयोजक टुक बहादुर केसीले नियमावली अनुसार योग्यता, सिकाइ उपलब्धि, तालीम, शिक्षण अनुभव, वरिष्ठता, विद्यालय विकास प्रस्ताव, विद्यालय व्यवस्थापन समितिको मूल्यांकन, शिक्षक स्टाफको मूल्यांकनका आधारहरू सहित प्रधानाध्यापक नियुक्ति गरिएकोले कुनै प्रश्न उठाउन मिल्ने ठाउँ नरहेको बताउनु भयो ।
    आफ्नै शिक्षा ऐन नियमावली बनाई प्रधानाध्यापक व्यवस्थापन गर्ने जिल्लाको पहिलो स्थानीय तह गौमुखी गाउँपालिका भएको छ । लामो समयदेखि व्यवस्थापनपन समितिको निर्णयको भरमा विद्यालयहरूमा निमित्त प्रधानाध्यापकको रूपमा काम चलाइएको थियो । गाउँपालिकाले माध्यमिक तहका लागि ३ हजार, निम्नमाध्यमिक तहका लागि २ हजार र प्राथमिक तहका लागि १ हजार ५ सय मासिक थप प्रोत्साहन भत्ता दिने छ । पालिकाले निमित्त र सहायक प्रधानाध्यापकलाई समेत मासिक थप प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ ।
    गाउँपालिकाले बनाएको शिक्षा ऐन नियमावलीमा शिक्षक-विद्यार्थी अनुपातमा दरबन्दी मिलान, अनुदान शिक्षकको व्यवस्था, दरबन्दी सिर्जना, परीक्षा व्यवस्थापन, शिक्षक प्रोत्साहन, विद्यार्थी छात्रवृत्ति लगायतका व्यवस्था गरिएको छ ।

    Advertisement

    बुधबार, चैत ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.