• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

माओवादी नै किन ?


  •   बुधबार, चैत २३, २०७८ मा प्रकाशित
  • खिमलाल देवकोटा
    टेलिभिजन प्रस्तोताको पहिलो प्रश्न थियो दश वर्षे जनयुद्ध गर्नुभो देशले के पायो?मेरो जवाफ थियो,‘म धेरै कुरा बताउन सक्छु तर तपाईंको सीमित समयमा यो सम्भव छैन र तपाईले बुझ्ने भाषामा बताउन पर्दा तपाई र म जो टेलिभिजनमा कुराकानी गरिरहेका छौं, त्यो माओवादी जनयुद्धको उपलब्धि हो। यो अन्तर्वार्तापछि निर्बाध रुपमा तपाईं म घर फर्कन्छौं त्यो जनयुद्धको उपलब्धि हो। त्यसमा पनि तपाईं महिला यो व्यवसायमा दमकासाथ कार्यरत हुनुहुन्छ। यो जनयुद्धको उपलब्धि हो। अझ मेरो लगत्तै तपाईं एक दलित महिला माननीयको अन्तर्वार्ता गर्दै हुनुहुन्छ, त्यो पनि जनयुद्धको उपलब्धि हो।
    संसदमा ३३ प्रतिशत महिलाको उपस्थिति, स्थानीय तहमा ४० प्रतिशतभन्दा बढीको उपस्थिति जनयुद्धको उपलब्धि हो। यो सवै उपलब्धिलाई संस्थागत गर्ने नयाँ संविधानका कारणले हो। यो नयाँ संविधान जनयुद्धको उपलब्धि हो। यो नयाँ संविधान जनताका प्रतिनिधिहरुको संस्था संविधानसभाको उपलब्धि हो, जो संविधान सभाका लागि हजारौंको बलिदान भएको छ। संविधानसभा जनयुद्धको उपलब्धि हो। तपाईंलाई थाहा छ– माओवादीले संविधानसभा माग्दा राजासँग मिलेर अरु दलले माओवादीलाई आतंककारी घोषणा गरेका थिए। अहिले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र भएको छ। अरु दलहरु राजासँग मिलेर जनयुद्धकारीहरुलाई आतंककारी घोषित गरिरहँदा माओवादी भने आतंककारीको विल्ला स्वीकार गरेरै भए पनि गणतन्त्रकालागि युद्धमा थियो। त्यसैको परिणाम आज मुलुकमा राजतन्त्रको ठाउँमा गणतन्त्र स्थापित भएको छ। संघीयता, गणतन्त्र, धर्मनिरपेक्ष र समावेशी÷समानुपातिक प्रणाली माओवादी जनयुद्धका उपलब्धि हुन्, ती सबै आज प्राप्त भएका छन्।
    यति मात्रै हैन, दोस्रो दर्जाका नागरिक ठानिएका महिला आज बराबरीका हकदार भएका छन्। अछूत ठानिएका दलितहरु आज आरक्षण र विशेषाधिकारसहित राजनीतिक दल, सरकार, संसद र राज्यका हरेक निकायहरुमा प्रतिनिधित्व मात्रै हैन नेतृत्व गरिराखेकाछन् । आदिवासी जनजातिहरुको जनसंख्याको अनुपातमा प्रतिनिधित्व सुनिश्चित भएको छ। मधिशे भनेर हेपिएका दाजुभाइ दिदी–बहिनीहरु आज गर्व से कहो हम मधेशी छि भन्ने अवस्थामा पुगेका छन्।
    उपरोक्त विवरणले के देखाउँछ भने नेपाली समाजको आधार बदलिएको छ। राजनीतिक व्यवस्था बदलिएको छ, अब जनताको अवस्था बदल्न जरुरी भएको छ। जनताको अवस्था बदल्ने कुरा पनि माओवादी जनयुद्धकै अभियान थियो। विस्तृत शान्ति सम्झौतामा आर्थिक सामाजिक रुपान्तरणकालागि संघीय संरचना भनिएको कुरा बिर्सन चाहेर पनि बिर्सिदैन।नेपाली समाजको रुपान्तरण आर्थिक सामाजिक रुपान्तरण बिना सम्भव छैन भन्ने विश्वास माओवादी जनयुद्धको हो र सो विश्वासमा सहमति उक्त शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन सात दलीय गठबन्धनको सरकारको हो । त्यही विश्वासको जगमा नेपाली राजनीतिले काँचुली फेर्दैछ।
    राजनीतिक व्यवस्था बदल्यौं, जनताको अवस्था बदल्न बाँकी छ। त्यसका लागि पनि माओवादीकै खाँचो छ भन्ने कुरा पटक–पटकका परिवर्तनका उपलब्धि उल्टाउने हर्कत भएबाट बुझन सकिन्छ। संविधानसभाको चुनावको मिति तोक्न कति गाह्रो भयो भोग्नेहरुलाई थाहा छ। अन्तरिम संविधानमा मिति लेखेर पनि सो मितिमा चुनाव गराउन प्रतिगामीहरुले दिएनन् भन्ने कुरा अब भन्न गाह्रो छैन। चुनावको परिणाम स्वीकार्न कति गाह्रो भयो एक पटक स्मरण मात्रै गर्दा पुग्छ। पहिलो बैठकले गणतन्त्र घोषणा गर्ने अन्तरिम संविधानमा लेखिएको थियो त्यसैकारणले पहिलो बैठक बस्न कति कठीन भयो । पहिलो संविधानसभाबाट संविधान लेख्न किन दिइएन? राष्ट्रपतिको लोभ नदेखाएको भए गणतन्त्र र प्रधानमन्त्रीको लोभ नदेखाएको भए संविधान जारी गर्न असम्भव प्रायः नै थियो। जारी संविधान बमोजिम चुनाव नगराउने षड्यन्त्र गर्ने खड्कप्रसाद ओलीको हर्कतलाई परास्त गर्ने काम पनि माओवादीले नै ग¥यो।
    गणतन्त्र, संघीयता, समावेशी÷समानुपातिक र धर्मनिरपेक्ष आन्दोलनका उपलब्धिहरुलाई उल्टाउने हर्कत स्वरुप ट महिनाको अन्तरालमा दुई पटक संसद विघटन भएको थियो र त्यसका विरुद्ध माओवादी जमेर नलागेको भए अहिलेको चुनाव मात्रै हैन कहिल्यै चुनाव नगर्नेतिर देशलाई धकेलिएको थियो। त्यसैले राजनैतिक उपलब्धि हासिल गर्ने मात्रै हैन,प्राप्त उपलब्धि जोगाउने दायित्व र जिम्मेवारी पनि माओवादीको काँधमा नै छ। त्यसैले गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष र समावेशी, समानुपातिक प्रणाली जोगाउने र त्यसैको जगमा टेकेर थप सङ्घर्षका माध्यमबाटै आर्थिक, सामाजिक रुपान्तरण गर्ने अभियानको नेतृत्व गर्ने अभिभारा माओवादीकै जिम्मा इतिहासले सुम्पेको छ। माओवादी शक्ति कमजोर हुँदा जनताका हक अधिकार खोसिएका र माओवादी बलियो हुँदा जनताका हक अधिकार थपिएका विगतका उदाहरण ताजै छन् । तिनै विगतका ताजा उदाहरणलाई स्मरण गर्दै फेरि पनि एकपटक माओवादीलाई मजवुत बनाउन आ–आफ्नो क्षेत्रमा डटौं।
    माओवादी कमजोर हुने भनेको जनताको अधिकार कमजोर हुने हो। माओवादी शक्ति खस्कने भनेको प्राप्त उपलब्धि पनि खस्कने हो। यो कुरा परिवर्तनविरोधी र प्रतिगामीहरुले राम्ररी बुझेका छन्। त्यही कुरा जनताले बुझ्नसाथ उनीहरुको षड्यन्त्र चकनाचुर हुनेछ। देश र जनताको उन्नति माओवादीको शक्तिमा टिकेको छ। देश र जनताको उन्नति माओवादी शक्तिको मजबुतीकरणमा निर्भर छ। त्यसैले देश र जनताको उन्नतिकालागि माओवादीलाई जिताउन लागौं। यसैमा देश र जनताको हित अन्तरनिहीत छ।

    Advertisement

    बुधबार, चैत २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.