• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

प्रजिअलाई एमाले प्यूठानको ध्यानाकर्षण


  •   सोमबार, भदौ ०६, २०७९ मा प्रकाशित

  • जनखोजी संवाददाता
    प्युठान, नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानले जनसरोकारका बिभिन्न १९ वटा बिषयमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको ध्यानाकर्षण गराएको छ।
    पार्टींले ३ भदौंमा विजुवारमा आयोजना गरेको सर्वपक्षीय सर्वदलीय अन्तरक्रिया कार्यक्रममा उठेका सवालहरुको कार्यान्वयनका लागि सोमबार प्रजिअ नेपालको ध्यानाकर्षण गराईएको एमाले प्यूठानले जनाएको छ।
    ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य राजकुमार कक्षपती सहित जिल्ला अध्यक्ष विजयविराज विष्ट, जिल्ला सचिवालय सदस्य नेगनसिंह कुवर, जिल्ला कमिटी सदस्य विजय सिंह भारतीको समेत उपस्थिति रहेको थियो ।
    १९ बुँदामा प्रस्तुत भएका बिषयहरु जनसरोकारसँग जोडिएकोले सम्वन्धित कार्यालय र मातहतका निकायहरुलाई तत्काल कार्यान्वयनका लागि निर्देशन दिने प्रजिअ नेपालले बताइन ।
    यसअघि एमाले प्यूठान नगरकमिटीले प्यूठान नगरपालिकाले एकीकृत कर बढाएको बिषयमा नगरपालिकाको ध्यनाकर्षण गराएको थियो । लगत्तै नगरपालिकाकाले एकीकृत कर संकलनमा रोक लगाएको छ ।
    यी हुन् ध्यानाकर्षणमा समेटिएका १९ बुँदाहरुः

    Advertisement

    १. प्यूठान अस्ततालमा स्थापना गरिएको अक्सिजन प्लान्टको प्रभावकारी संचालन गर्नुपर्ने देखिएको छ । अक्सिजन प्लान्ट प्रभावकारी बनाउनका लागि विद्युत ट्रान्फर्मर जडान गर्नुपर्ने आवश्यकता छ । भिडियो एक्स(रे, अल्ट्रासाउण्ड, आईसियु, ल्याव र डायलासिस मेसिन हाल प्रभावकारी रुपमा संचालनमा आउन सकेका छैनन् ।

    २. प्यूठान अस्पताललाई हव अस्पतालको रुपमा विकास र सञ्चालन गर्नुपर्ने ।

    ३. स्वास्थ्य विमा मार्फतको औषधी सर्वसुलभ पाउन मुस्किल छ, विल मात्रै काटिन्छ, औषधी उपलब्ध नहुने समस्या छ ।

    ४. स्मार्ट कृषि कार्यक्रम मार्फत किसानहरुले पाउनुपर्ने रकमको भुत्तानी नपाएको गुनासो छ ।

    ५. धानबालीमा देखिएको रोगले किसान मर्कामा परेका छन् । सोको तत्काल उपचारमा ध्यान दिनुपर्ने ।

    ६. जिल्लामा स्थापना गरिएका चिस्यान केन्द्रको संचालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने ।

    ७. जुम्रीमा बसपार्क प्रयोजनका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराए पनि पछिल्लो समय जग्गा कम्पनीको मातहत ९त्रिसिद्धेश्वरी प्रा।लि।० नाममा नामसारी गरिएकोले वासपार्कको व्यवस्थापनका लागि सोको नामसारी स्थानीय निकायमा हुनुपर्ने ।

    ८. प्यूठान नगरपालिका(१ खैरामा बुटवल पावर कम्पनी मार्फत उत्पादन गर्न लागिएको सौर्य ऊर्जालाई प्रभावकारी बनाउँदै रिचार्ज सिस्टम जडान गर्नुपर्ने ।

    ९. जिल्लाको दम्तीमा विद्युत सव(स्टेशन निर्माण गरिएपनि सञ्चालनमा ल्याउन ढिलाई हुँदा जिल्लामा विद्युत आपुर्तिमा समस्या देखिएको छ । अस्तव्यस्त विद्युत प्रशारणले भोल्टेजमा आउने अप(डाउनले बर्षेनी ठूलो क्षति व्यहोर्नु परेको जनगुनासो छ । क्षतिपुर्ति सहितको सेवालाई प्रभावकारी ढंगले अवलम्बन गर्दै विद्युत प्रशारणमा सुधार ल्याउनुपर्ने ।

    १०. राष्ट्रिय परिचय पत्रका लागि नाम दर्ता गर्न नागरिकले हाल सास्ती व्यहोर्नु परेकोले जनशक्ति थप गरी तत्काल समस्या समाधान गर्नुपर्ने ।

    ११. जिल्लको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने । सडक छेऊमा राखिने विभिन्न सामाग्रीलाई अनिवार्य हटाउने र पार्किङको अव्यवस्था कार्य रोक्नुपर्ने ।

    १२. लघु वित्तको ऋण प्रवाह र असुलीमा देखापरेका समस्या एवं यसले पारेको नकारात्मक प्रभाव हटाउनुपर्ने ।

    १३. प्यूठान नगरपालिकाले एकीकृत सम्पत्ति कर व्यवस्थापनमा सरोकारवालासँग समन्वय नगर्दा कर असुलीले नागरिक तहमा नकारात्मक प्रभाव परेकोले सोको व्यवस्थापनमा ध्यान दिनुपर्ने ।

    १४. जिल्लाका विभिन्न ठाँऊमा रहेका सार्वजनिक जग्गाको अतिक्रमण बढ्दो रहेकाले सोको व्यवस्थापनमा आवश्यक पहल लिनुपर्ने ।

    १५. पेट्रोलियम पदार्थमा हुनेगरेको कालोबजारी रोक्नुपर्ने र खाद्यजन्य बस्तुको आपुर्तिमा विद्यमान गुणस्तरहीनताको अन्त्य गर्नुपर्ने र साथै पेट्रोलियम पदार्थको नियमित आपुर्तिको व्यवस्था मिलाउनुपर्ने ।

    १६. भालुवाङ प्यूठान सडक साँघुरो भएको हुँदा जोखिम बढेकोछ । सम्बन्धित कार्यालयबाट गरिने काम कार्वाही ढिलासुस्ती हुने गरेको दीर्घकालिन सामाधान खोजिनुपर्ने ।

    १७. जिल्लाका बिभिन्न बजार केन्द्रहरुमा राखिएका सौर्य सडक बत्ती जीणर् अवस्थामा रहेको, लामो समयदेखि सञ्चालनमा नरहेको र सम्बन्धित निकायबाट मर्मतका लागि पहल नभएको स्थिति हटाउनुपर्ने ।

    १८. खानेपानी डिभिजन कार्यालयमार्फत सुरुवात गरिएका अधिकांस योजनाहरु अपलपत्र अवस्थामा रहेकाले सोको व्यवस्थापनमा उचित ध्यान दिनुपर्ने ।

    १९. मुख्य बजार क्षेत्रबाट जिल्लाका ग्रामीण बजारमा भ्याद गुज्रने अवस्थामा रहेका बस्तुहरुको आपूर्तिलाई पठाउने कार्य रोक्नुपर्ने । ग्रामीण बजारमा पाइने भ्याद गुज्रेका सामाग्रिहरुको प्रभावकारी अनुगमन गरी त्यस्ता वस्तुहरुलाई विक्री वितरणमा रोक लगाउनुपर्ने । उपभोक्ताको हितमा सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने ।

    सोमबार, भदौ ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.