
जनखोजी संवाददाता
प्युठान, अखिल नेपाल खेलकुद महासंघ प्युठान जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । सहिद प्रतिष्ठान भवन जुम्रीमा शनिवार प्रथम भेला आयोजना गरिएको हो । भेलाले नौबहिनी गाउँपालिका ३ खवागंका प्रेम बहादुर सुनार (प्रभात)को संयोजकत्वमा ३१ सदस्यीय समिति गठन गरेको छ ।
उपाध्यक्ष हुमराज गिरी, सचिव सुरेश पुनमगर, सहसचिव प्रेम भुसाल, कोषाध्यक्ष वेदना बि.क., सदस्यहरुमा सागर परियार, विपिन थापा, नवराज नगरकोटी, खगेश्वर गिरी, मोहन तामागं, माधव राना , पदम बुढामगर, रमेश पाण्डे, चन्द्र बहादुर पुनमगर, रेशम पुनमगर, मोहन पुनमगर, विष्णु शर्मा, प्रेम ध्वज पुन, लेखमान रोका क्षेत्री, तेज बहादुर घर्ति, शिव बहादुर पुरी, विनोद सुनार, सुनिल परियार, सागर घर्तिमगर, नर बहादुर सुनार, भुपाल राना, दिउराज झाक्री, विजय पुनमगर, यमराज पुनमगर, प्रविन के.सी., भोजराज बोहोरा र प्रकाश परियार रहेका छन् ।
सुनारको अध्यक्षता, झिमरुक गाउपालिकाका अध्यक्ष नेकपा (माओबादी केन्द्र ) का केन्द्रीय सदस्य तथा प्युठान जिल्ला संयोजक पित बहादुर महतरा क्षेत्रीको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सचिवालय सदस्य कृष्ण घिमिरे र अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष गेहेन्द्र ढकालको विशेष आतिथ्यता, माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य यज्ञ बहादुर के.सी.(प्रभात), परिषद सदस्य अर्जुन कुमार कक्षपति, खेलकुद महासंघका केन्द्रीय सदस्य तुलाराम थापा विशाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नेकपा (माओबादी केन्द्र ) का केन्द्रीय सदस्य तथा प्युठान जिल्ला संयोजक पित बहादुर महतरा क्षेत्रीले राष्ट्र र समाजको रुपान्तरणमा खेलकुद तथा खेलाडिको भूमिका महत्वपूर्ण रहने हुँदा रुपमान्तरको सुरुवात आफैबाट शुरुवात गर्नु पर्ने बताए । महासंघले खेलाडिको संगठितसंगै राज्यको नीतिलाई समेत खेलकुदको विकासका लागि प्रभावकारी बनाउनका लागि भूमिका खेल्नु पर्नेमा जोड दिए ।
लुम्बिनी प्रदेश सचिवालय सदस्य कृष्ण घिमिरे र अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष गेहेन्द्र ढकालले महासंघले खेललाई संस्थागत र खेलाडिको उत्प्रेरणाका लागि महासंघले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।
त्यसैगरी माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य यज्ञ बहादुर के.सी., जिल्ला समन्वय समिति सदस्य तारा बि.क.ले मन्तव्य राखेका थिए ।


