• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

विभाजित माओवादी आन्दोलन र २८ औं जनयुद्ध दिवस


  •   सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित
  • Advertisement

    जायश्वर जैसी
    आज २८ औं जनयुद्ध दिवस । सामाजिक सञ्जाल र सञ्चार माध्यममा जनयुद्ध दिवसको बारेमा केही समाचार, यसको उपलक्ष्यमा सार्वजनिक विदा तथा विभिन्न बिचार आउँदा अनि म्यासेन्जरको इन्बक्सभित्र जनयुद्ध दिवसको शुभकामनाका शब्द आउँदै गर्दा आफू पनि तत्कालीन माओवादी जनयुद्धको आदर्शलाई आत्मसात गरी हिडेको एउटा तत्कालीन यात्री भएकोले उकुसमुकुस मनका केही बिचार तथा भावना व्यक्त गर्न मन लागेर आयो ।
    ‘राज्य सत्ताबाहेक अरू सबै भ्रम हो ‘ भन्ने सिद्धान्तमा आधारित भएर २०५२ साल फाल्गुन १ गते तत्कालीन नेकपा ( माओवादी ) को नेतृत्वमा जनयुद्ध सुरु भएको पनि आज २८ वर्षमा प्रवेश गरेको छ । २८ वर्षको यो अवधिसम्म आइपुग्दा माओवादीहरू छिन्नभिन्न अवस्थाबाट गुज्रिदै आ-आफ्ना डम्फू बजाइरहेका छन् । जनतालाई देखाइएका सपनाहरूलाई माओवादीहरूले केही उपलब्धिको रस रङ्गमा तिलाञ्जली दिई लात मारी सकेका छन् । माओवादीहरू एक अर्कोलाई आरोप प्रत्यारोप गर्ने काम गरिरहेका छन् । एकले अर्कोलाई उग्रवामपन्थी र प्रतिगमनकारी दक्षिणपन्थी भन्दै आरोपित गर्दै हिडिरहेका छन् ।

    केही माओवादीहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )को नामबाट राजावादी सहित्का प्रतिगामी शक्तिसँग अङ्कमाल गर्दै सिंह दरवारमा छिरेर संसदीय मोजमस्तीमा रमाउँदै खसीको टाउको झुण्डाएर कुकुरको मासु बेच्दै समाजवाद र समृद्धिको भजन गाउँदै माओवादी र चुनाव चिन्ह हँसियाहथौडा फेर्ने निर्णय गरिसकेको छ । केही माओवादीहरू गत साल नै ओलीको टाङ्गमुनि छिरेर कहिले जयजयकार त कहिले बिलौना गरिरहेका छन् । केही माओवादी भन्नेहरू माओवादी नै भन्न घिन मान्दै माक्र्सवादलाई नै खोट देखाउदै पृथकतावादीहरूसँग घाँटी जोडी आफूहरूलाई नयाँशक्ति हुँदै नेपाल समाजवादी पार्टीको रूपमा चिनाउने दुस्साहस गरिरहेका छन् ।
    केही माओवादीहरू न त क्रान्तिको यात्रामा अगाडि बढ्ने साहस गर्छन् न त संसदीय राजनीतिलाई स्वीकार गर्छन् । कुहिरोको कागको रूपमा आफूलाई जनतासामु चिनाई रहेका छन् । केही माओवादीहरू जनतामाथि धोका भयो भन्दै नेकपाको रूपमा एकीकृत जनक्रान्ति र बैज्ञानिक समाजवादको नयाँ सपना बाँड्दै पुरानै व्यवस्थामा सुरक्षित अवतरण हुन समाजवादी व्यवस्था स्थापना गर्न कथित जनमत संग्रहको हुंकार गरिरहेका छन् । युद्धमा फर्कन लागेको हो वा नयाँ क्रान्ति गर्न थालेको हो भन्ने कुरा जनतालाई स्पष्ट पार्न सकेका छैनन् ।

    केही माओवादीहरू अरबका खाडीहरूमा रगत र पसिनाले लत्रक्क भिज्दै माथि उल्लेखित माओवादीका पक्ष र विपक्षमा समाजिक सञ्जालमा आफ्नो मत जाहेर गरिरहेका छन् । केही माओवादीहरू बीच सडकमा गाँसबासको खोजीमा भौँतारिरहेका छन् । केही माओवादीहरू, माओवादी नेताका खोक्रा विभ्रमबाट माथि उठी जेनतेन आफ्नो गुजारा गर्दै जीविका धान्ने प्रयासमा लागी रहेका छन् । केही माओवादीहरू जुवा, तास र रक्सीको नसामा आफूलाई सिद्धाउन थाली सकेका छन् । केही माओवादीहरू स्वतन्त्र जीवनयापनमा फर्की समाजमा न्याय अन्याय नियालेर बसेका छन् । केही माओवादीहरू हिजो जनयुद्धका घटनालाई लिएर दुस्मनले गरेको गाली सहेर निन्याउरो मुख लगाई समाजमा बस्न विवश छन् ।

    ‘माओवादी राज्य सत्ता ‘ वैज्ञानिक समाजवादी सत्ता धेरै टाढाको कुरा भैसकेको छ । अझै भन्नु पर्दा हिजो सँगै जनयुद्ध लडेका सहयात्रीहरूलाई एकथरी माओवादीहरूले सत्ताको शक्ति प्रयोग गर्दै अर्कोथरी माओवादीलाई जेलका काल कोठरीमा राखेर शान्ति, समृद्धि र समाजवाद ल्याउने सम्भावनाको उत्कट चाहना राखेका छन् । यतै यतै छ अहिलेको माओवादी आन्दोलन । तर पनि चाहेर वा नचाहेर ‘जनयुद्ध दिवस ‘ भन्न भने अझै छोडेका छैनन् पूर्व माओवादीहरू ।
    ‘एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताविना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारा वर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौँ । यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सम्झौतामा टुंगाउने साधन बन्न कदापि दिइने छैन । यी वाक्यहरू माओवादी जनयुद्धको थालनीको बेला जनता र कार्यकर्ताको बीचमा माओवादी नेतृत्वबाट उद्घोष गरिएका वाक्य थिए । जुन हतियार अन्तसम्म लैजाने दृढता गरिएन । बीचमै अल्पत्र पारियो । प्रतिक्रियावादी नाम फेरिएको भनिएको सत्ताको सेनालाई ती हतियार बुझाइयो । यो कार्य सर्वहारा वर्ग र आम जनताप्रति अपराध गरियो कि न्याय गरियो र? प्रश्न गम्भीर छ । हुन त यस कार्यलाई समयको माग र गतिशील राजनीतिक यात्राको रूपमा अर्थ्याइएको छ ।

    गतिशील राजनीति वा आत्मसमर्पण के थियोे र? यसको फैसला इतिहासले पक्कै एक दिन गर्ने छ । जनयुद्ध जनताको स्थितिमा आंशिक सुधारको निम्ति थिएन । जनताको जीवनस्तरमा आमूल परिवर्तनको लागि थियो । जनताका पीडा र व्यथाहरू जस्ताको तस्तै छन् । जनयुद्ध गर्ने बेला भनिएको थियोे, ‘जनयुद्ध प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्गाउने साधन बन्न कदापि दिइने छैन ।’ तर आज जनयुद्धलाई प्रतिक्रियावादीहरूलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्गाएर नाम फेरिएको भ्रष्ट व्यवस्थामा पुग्ने साधन बनाइएको जगजाहेर छ ।

    आज माओवादीहरू जहाँ जहाँ उछिट्टिएका छन् । जनताका आशा र सपनाहरू त्यस्तै गरी उछिट्टिएका छन् । इतिहास कोट्याएर काम छैन अब भन्ने पनि केही मानवहरूलाई लाग्न सक्छ । तर, इतिहासको गम्भीर समीक्षा र पुनरावलोकनबिना वर्तमान र भविष्यको सही राजनैतिक गन्तव्य तय गर्न सकिँदैन । नेताहरूले जनताका बीचमा राखेका प्रस्तावहरू उनीहरूका निजी मामिला हुन सक्दैनन् । जनयुद्धलाई आज निजी मामिलाको साधन बनाइएको छ । जनयुद्धमा ठुला ठुला सपना देखाइयो । घर, परिवार, शिक्षा सबै त्याग्न लगाएर युद्धमा हिड्ने गराइयो । मान्छेहरू त्यो जनयुद्धमा लामबद्ध पनि भए । सत्र हजारको बलिदानसहित हजारौंको सङ्ख्यामा अङ्ग भङ्ग र बेपत्ताको स्थिति सिर्जना भयो । जनयुद्ध न्यायपूर्ण नै थियो । जनयुद्धमा उठाइएका प्रस्तावहरू जाहेज थिए किनकि जनयुद्धका ती प्रस्तावहरूमा देश र जनताको मुहार फेर्ने परिकल्पना थियो ।
    न त जनताको मुहार फेरियो न त देशको, फेरियो त ती झुठ, बैमान र मुठ्ठीभर मान्छेहरूको फेरिएको छ । जे जे गफ गरे पनि जनताको जीवनस्तर बदलिएको छैन । माओवादीको तत्कालीन मूल नेतृत्व दक्षिणपन्थी विसर्जनवादमा भाँसिएको कुरालाई कुनै प्रकारको लेप लगाए पनि ढाक्न र बचाउन सकिदैन । विसर्जनवादको परिणाम स्वरूप नाम र चिन्ह फेर्ने निर्णयमा पुगेको छ । तर, यही बिचमा प्रचण्ड सरकारबाट समकालीन राजनीतिको युगान्तकारी परिघटना जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको घोषणाले क्रान्तिकारीहरूमा केही उत्साह दिएको छ ।
    माओवादी एउटा बिचार हो । जुन बिचारले समाजमा न्याय स्थपित गर्छ र गर्नुपर्छ । सच्चा र क्रान्तिकारी माओवादीहरू देश र जनताको न्यायका लागि एक ठाउँमा उभिनु र क्रान्तिकारी कार्यदिशा निर्माण गरी अगाडि बढ्नु आजको अपरिहार्य आवश्यकता बनिसकेको छ । माओवादी जनयुद्धको यो २८ औं वार्षिक उत्सवको क्षेणमा यसले केही सत्ताको स्वाद चाख्दै गरिरहेका माओवादीहरूभित्र उत्साह, खुसी, रमाइलो छाए पनि खास माओवादी बिचारलाई आत्मसात गर्ने जनता र नेता कार्यकर्तालाई भने दुखित र आक्रोशित पनि तुल्याएको छ । २८ औं वर्षको यो समयमा क्याडर तथा शुभचिन्तक कम्युनिस्ट माओवादीहरू निराशामा नरुमलिएर आशावादी भएर एकताबद्ध भइ अगाडि बढ्नुको विकल्प छैन । जनयुद्धका घाइते, अपाङ्ग र सहिद परिवारजनप्रति उच्च सम्मान प्रकटसहित २८ औं जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना ।

    सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.