• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

बिस्तृत शान्ति सम्झौताको विरुद्धका घटनामा वाइसिएलको ध्यानाकर्षण


  •   बुधबार, फागुन २४, २०७९ मा प्रकाशित

  • जनखोजी
    प्युठान, योङ्ग कम्युनिष्ट लिग, नेपाल जिल्ला समन्वय समिति, प्यूठानले बिस्तृत शान्ति सम्झौताको विरुद्धका घटनामा वाइसिएलको ध्यानाकर्षण भएको जनाएको छ । देसमा शान्ति र स्थायित्व निर्माण गर्न तत्कालीन सरकार र माओवादी बिच भएका १२ बुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्यायका बिरुद्ध भैरहेका चलखेल र षड्यन्त्रप्रति हाम्रो संगठनको गंभिर ध्यानाकर्षण भएको पत्र प्रमुख जिल्ला अधिकारीलाई मंगलबार बुझाएको हो ।
    वाइसिएल जिल्ला संयोजक मोहन परियारको हस्ताक्षरमा तयार गरी नेपाल सरकारलाई बुझाएको ध्यानाकर्षण पत्रमा शान्ति प्रक्रियाका बाँकी कामहरुको निरुपण गर्न द्वन्दकालिन घटनाबाट पिडित नागरिक एवं उनका परिवारलाई न्याय दिन आवस्यक विधेयक निर्माण गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन सम्बन्धि आयोग गठन गरि संक्रमणकालिन न्यायका बारेमा मुलुकमा उठेका महत्वपूर्ण बिषयहरुको निरुपण गर्न शान्ति प्रक्रियाका बाँकि कामलाई बिस्तृत शान्ति सम्झौता र संविधानको भावना र मर्म अनुसार तार्किक निष्कर्षमा पु¥र्याउन नेपाल सरकार समक्ष जोडदार माग गरिएको छ ।
    संयाेजक माेहन परियार सहित जिल्ला नेता  तिलक खड्का, सुमन्त न्याैपाने, इन्द्र मणि खनाल र नारायण घर्तीमगर लगायतले प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्याललाई ज्ञापन पत्र बुझाइएको संयाेजक परियारले जानकारी दिए ।

    यस्तो छ विज्ञप्ती(पूर्ण पाठ)      मितिः–  २०७९।११।२३
    श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू ।
    जिल्ला प्रशासन कार्यालय प्यूठान मार्फत
    सम्माननिय प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाण्डौं ।
    विषय ः– ज्ञापनपत्र बारे ।
    मुलुक संविधान सभाको निर्वाचन पश्चात नयाँ संविधानको निर्माण, संबिधान अनुसार दोश्रो पटकको प्रतिनिधि तथा प्रदेस सभाको निर्वाचन २०७९ पनि सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) को नेतृत्वमा नयाँ सरकार निर्माण भइ यतिबेला देस राष्ट्रको निर्वाचनको संघारमा छ । अहिले सरकारको प्रमुख दायित्व शान्ति, बिकास, समृद्धि र सुशासन कायम गर्नु हो । गणतन्त्रलाई संस्थागत बिकास गर्न र शान्ति प्रक्रियाका बाँकी कार्यहरु तार्किक निष्कर्षमा पुर्याउनु पर्ने बेला केहि अबान्छित तत्वहरु सक्रिय भइरहेको सन्दर्भमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको हुँदा यो ज्ञापनपत्र पेस गर्दछौं ।
    १) नेपाली जनताको अथक संघर्ष र बलिदानबाट प्राप्त संविधान, संघिय लोकतान्त्रिक गणतन्त्रका बिरुद्ध केही अमुक प्रतिगामी शक्तिहरुले केहि दिन यता अस्वभाविक तरिकाले गरिरहेको गतिविधिप्रति हाम्रो संगठानको गंभिरध्यानाकर्षण भएको छ । यस्ता षड्यन्त्रकारी व्यवस्था बिरोेधि, अराजक, अस्वभाविक गतिविधिहरुको नियन्त्रण गर्न र संविधानको रक्षा, बिकास र व्यवस्थाको सुदृढिकरणका लागि सरकार समक्ष जोडदार माग गर्दछौं ।
    २) देसमा शान्ति र स्थायित्व निर्माण गर्न तत्कालीन सरकार र माओवादी बिच भएका १२ बुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्यायका बिरुद्ध भैरहेका चलखेल र षड्यन्त्रप्रति हाम्रो संगठनको गंभिरध्यानाकर्षण भएको छ । शान्तिप्रक्रियाका बाँकी कामहरुको निरुपण गर्न द्वन्दकालिन घटनाबाट पिडित नागरिक एवं उनका परिवारलाई न्याय दिन आवस्यक विधेयक निर्माण गरि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन सम्बन्धि आयोग गठन गरि संक्रमणकालिन न्यायका बारेमा मुलुकमा उठेका महत्वपूर्ण बिषयहरुको निरुपण गर्न शान्ति प्रक्रियाका बाँकि कामलाई बिस्तृत शान्ति सम्झौता र संविधानको भावना र मर्म अनुसार तार्किक निष्कर्षमा पु¥र्याउन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।
    ३) जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत व्यवस्था परिवर्तनका क्रममा सहादत प्राप्त गर्ने योद्धाहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न र तिनका परिवारहरु सम्मानित बातावरणमा बाँच्न सक्ने गरि उचित राहात, क्षतिपूर्ति र व्यवस्थापनको लागि जोडदार माग गर्दछौं ।
    ४) देस अर्थतन्त्रको चरम संकटमा छ । जसका कारण साना ठुला उद्योगी व्यापारीहरु दिनदिनै धरापमा परिरहेका छन् । र बिस्थापित भैरहेको अबस्था छ । बित्तिय संघसंस्थाहरुबाट निम्त्याएका समस्याहरु गम्भीर छन् । ऋणिहरुलाई अनावश्यक दबाब सिर्जना गर्ने घरबारविहिन बनाउने, आत्महत्या जस्ता जघन्य अपराधमा दुरुत्सान गर्ने कार्यहरु भैरहेको छ । साथै, अर्थतन्त्र संकटको यसघडिमाद्द मिटरव्याजिहरु सल्बलाईरहेको अबस्थामा यिनको रोकथाम र नियन्त्रण गर्न र ओरालो लागेको अर्थतन्त्रलाई मजबुत बनाउन तिब्र पहलकदमिको लागि नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।
    ५) नेपाल सरकारका विभिन्न निकायहरुबाट भैरहेका भ्रष्टाचार, घुसखोरी, अनियमितता र ढिलासुस्तीहरुको रोकथाम र नियन्त्रण गरि टेसमा शुसासन कायम गरि जनताको सरकारको रुपमा प्रत्याभूत दिलाउन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।
    धन्यावाद !
    मोहन परियार
    संयोजक
    वाइसिएल नेपाल जिल्ला समन्वय समिति प्यूठान

    Advertisement

    बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.