• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

घरेलु उद्योगमा स्थानीय तहको चासो


  •   शनिबार, चैत ११, २०७९ मा प्रकाशित
  • झिमरुकले ओखरकोटमा चोयाचित्रा उद्योग, नौबहिनीले काठका भाडा बनाउने उद्योगलाई प्रोत्साहन गरेको छ ।

    Advertisement


    शशिधर भण्डारी
    प्यूठान, स्थानीय तहहरुले स्थानीय स्तरमा पाइने कच्चा पर्दाथबाट उत्पादन गर्न सकिने उद्योगहरुलाई प्रोत्साहन गर्न थालेका छन् । पालिका भित्र पाइने कच्चा पदार्थहरुबाट सामग्रीहरु बनाउँदा सहज ढंगले उत्पादन गर्न सकिने र रोजगारी बृद्धि हुने भएपछि स्थानीय तहले सो क्षेत्रको योजना अघि सारेको स्थानीय तहहरुले बताउछन् ।
    झिमरुकमा चोयाचित्रो उद्योग
    झिमरुक गाउँपालिका–५ ओखरकोट हिरापोखरीमा चोयाचित्रा उद्योग स्थापना गरिएको छ । उद्योग सञ्चालनको लागि बुधबार भवनको शिलान्यास समेत गरिएको हो । झिमरुक गाऊँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले भवनको शिलान्यास संगै डोको बुनेर तालिम कार्यक्रमको उद्घाटन गरेका छन् । घरमै परम्परागत रूपमा गरिदै आएको चोयाचित्राको कामलाई गुणस्तरीय र दिगो उद्यमका लागि योजना अघि सारिएको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर क्षेत्रीले जानकारी दिए । “गाउँघरमा पुख्र्यौली पेशामा रहेको कामलाई जगेर्ना गर्दै सामुहकि रुपमा उद्यममा जोड्न कार्यक्रम ल्याइएको हो । गाउँघरमा भएको बासबाट सामग्री उत्पादन भइ व्यवसाय तथा रोजगारी सिर्जना गर्नेछ ।”– महतरा क्षेत्रीले भने । झिमु्रकले पकेट क्षेत्र र उत्पादन एवं आम्दानीको क्षेत्र हेरेर कृषकलाई सहयाग गर्ने उनको भनाई छ ।
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष रिजालका अनुसार पहिलो चरणमा १५ देखि २५ जना व्यक्तिलाई रोजगारी दिने लक्ष्य राखिएको छ । कार्यक्रमबाट स्थानीयहरुलाई बासको खेतिका लागि प्रोत्साहन गरिनेछ ।
    बाझो जमिनको सदुपयोग गर्दै भुक्षय समेत रोकिने र रोजगारी समेतको सिर्जना हुने गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले बताए ।
    स्थानीय स्तरको सीपलाई व्यवसायीकरण हुने विश्वास चोयाचित्रो उद्योग सञ्चालक समितिका अध्यक्ष प्रदिप जि.सी.को छ । कृषकलाई आम्दानीसँग जोड्न पालिकाले कृषकलाई बेमौसमी खेतीका लागि व्यवहारिक तालिम समेत दिएको छ । साथै अबको केही दिनभित्र उत्पादनहरु बजारमा उपलब्ध हुने जि.सी.ले जानकारी दिए ।


    नौबहिनीमा परम्परागत काठका
    नौबहिनी गाउँपालिकाले परम्परागत काठका भाँडा बनाउने पेशाको संरक्षण गर्न थालेको छ । स्थानिय स्तरमा पहिले देखि गरिदै आएको काठबाट भाँडा बनाउने पेशालाई आधुनिक प्रबिधियुक्त बनाई जिविकोपार्जमा सहयोग पुराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नौबहिनी गाउँपालिका अध्यक्ष डिलाराम थापाले जानकारी दिए ।
    पहिले पहिले हाम्रो जिजु बाजे देखि नै यो पेशा गरिए पनि हाल काठका भाडाले बजार नपाउने, पुरानो प्रबिधिबाट काम गर्दा लागत बढि लाग्ने जस्ता समस्याले यो पेशा लोप हुन थालेको स्थानिय काठका भाडा बनाउने तेज बहादुर चुदारा बताउछन् । ठेकी, कोसी, घ्यु राख्ने हर्पे, काठको गिलास जस्ता समाग्री उत्पादन हुने गरेका छन् । उनले भने, “अब विद्युतीय मेसिनको प्रयोगबाट भाडा बनाउदा कम समय, कम जनशक्तिबाट भाडा बनाउदा लागत कम पर्न जाने र यस्को मुल्यमा समेत कमि आउने भएको छ ।”

     

    शनिबार, चैत ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.