• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

दुरदराजमा ईन्टरनेट सेवा पु¥याउने अभियानमा छौंः मन्त्री शर्मा


  •   बुधबार, चैत ०७, २०८० मा प्रकाशित
  • प्युठान,७ चैत(जनखोजी)ः सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकार दुरदराजमा ईन्टरनेट सेवा पु¥याउने अभियानमा रहेको बताउनुभयो । प्युठानको झिमरुक गाउँपालिकामा बुधबार देखि सञ्चालनमा आउन थालेको नेपाल टेलिकमको फाइवर नेट (एफटिएचएच) सेवा उद्घाटन् गर्दै सो कुरा बताउनु भएको हो ।
    मन्त्री शर्माले भर्चुअल रुपमा नेपाल टेलिकमको एफटिएचएच सेवाको उद्घाटन् गर्नु भयो । उद्घाटनलाई सम्बोधन गर्दै सबै जिल्ला र पालिकाहरुमा उच्च प्रविधिको इन्टरनेट सेवा पु¥याउने निती अनुसार काम भइरहेको दावी गर्नुभयो । उहाँले गुणस्तरीय सेवाका निम्ति नेपाल टेलिकमका प्रतिनिधिलाई निर्देशन समेत दिनुभयो ।
    मन्त्री शर्माका अनुसार यस आर्थिक वर्षमा हुम्ला बाहेक सबै जिल्लामा नेपाल टेलिकमको एफटिएचएच सेवा पुग्ने छ । शर्माले भन्नुभयो,‘सरकारले पालिका हुँदै वडासम्म पु¥याउन सके जनताले सहज ईन्टरनेट र टेलिकमको आम्दानी बृद्धि हुनेछ, यसलाई सबै स्थानीय तहसंग समन्वय गरेर योजना निर्माण गरी काम भइरहेको छ ।’ उहाँले नेपाल टेलिकम सकारात्मक प्रतिस्पर्धा गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । नेपाल सरकारले १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । नेपाल सरकारले डिजिटल नेपालको कार्यक्रम अघि बढाएकोमा टेलिकम सहयोगी भूमिकामा रहनु पर्ने उहाँको तर्क छ ।
    ७ गाउँपालिका र २ नगरपालिका गरी ९ स्थानीय तह रहेको प्युठानका ४ स्थानीय तहमा नेपाल टेलिकमको एफटिएचएच सेवा पुगेको छ । प्यूठान र स्वर्गद्वारी नगरपालिका, मल्लरानी र माण्डवि गाउँपालिका रहेका छन् भने बुधबार देखि झिमरुक गाउँपालिका समेत सेवा पुगेको नेपाल टेलिकम तुल्सीपुरका प्रमुख सन्तोष शर्माले बताउनुभयो । उहाँका अनुसार ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकामा सेवा प्रवाहको सर्भे भइसकेको र गौमुखीमा सर्भेको तयारी गरिएको छ । हाल नेपाल टेलिकमले ४ हजार ६०८ जनालाई सेवा दिन पुग्ने फाईबर नेट उपलब्ध छ । त्यो मध्ये १ हजार ६१८ जनालाई सेवा प्रबाह गरिएको छ । प्यूठानमा ३७ वटा ४ जी टावर संचालकनमा रहेको नेपाल टेलिकमको तथ्याङ्क छ ।
    झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले सूचना प्रबिधिको युगमा उच्च स्तरको सेवा सुरु भएको भन्दै खुशी व्यक्त गर्नुभयो । पालिकामा ६ हजार १३० घरधुरी रहेको भन्दै सबैले उक्त सुबिधा लिने गरी आगामी दिनमा सेवा बिस्तार गर्नुपर्नेमा जोड दिनुभयोे । पालिका भित्र रहेका विद्यालय, वडा, संघ संस्थासम्म सेवा पुर्याउनका लागि सहकार्य गर्न पालिका तयार महतराको भनाइ छ ।

    Advertisement

     

    बुधबार, चैत ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.