• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

राष्ट्रिय दलित पत्रकार संघ प्युठानको अधिवेशन वैशाख १५ गते हुने


  •   बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
  • केशर सुनार
    प्युठान,वैशाख १३(जनखोजी):राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्युठानको दोस्रो अधिवेशन  वैशाख १५ गते हुने भएको छ।संघले बिहिवार प्युठान नगरपालिका-३ जुम्रीस्थित विजय फूलबारी साकोसको सभाहलमा पत्रकार भेटघाट कार्यक्रम गरि जिल्लास्थित कृयाशिल पत्रकारहरुलाई जानकारी गराएको हो।

    Advertisement

    अधिवेशनमा,दलितका कला, सिपसंग जोडिएका बस्तु प्रदर्शनी गर्ने,बिहान मिडियामा दलितको सहभागीता बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने लगायतका कार्यक्रमहरु गरिने अध्यक्ष सुनारले बताए।

    जातीय भेदभाव र छुवाछुत विषयक अन्तरक्रियाको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई वक्ताको रुपमा बोलाईएको छ।राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडी,दलित अधिकारकर्मी उमादेवी वादी,लुम्बिनी प्रदेश सांसद निमा गिरी,दलित अधिकारकर्मी खगेन्द्र सुनार,डा.निर्मल विश्वकर्मा,गोरखापत्रका उपसम्पादक एवं लेखक लक्ष्मण दर्नाल र दलित अधिकारकर्मी राधा नेपाली लगायतका वक्ताहरु उपस्थित रहने अध्यक्ष सुनारले जानकारी दिए।

    अधिवेशनको कार्यक्रमस्थलमा चेतनामूलक साँस्कृतिक कार्यक्रम सहित प्यूठानमा दलितहरुले परम्परागत रुपमा पेशागत रुपमा अँगाल्दै आएका फलाम, धातुजन्य सामग्री, बाजाहरु, प्यूठानका बाघमुखे चुलेसी, काष्ठकलाहरु प्रदर्शनमा राखिने छ।प्रदशनीका सहजीकरणका लागि संघका सदस्य प्रेमबहादुर विश्वकर्मालाई जिम्मेवारी दिईएको अध्यक्ष सुनारले बताए।

    नेपालको दलित आन्दोलनमा भएका कुराहरु लिपिबद्ध गर्दै दलितका हराउँदै गएका मौलिक सिप र कलालाई संचार क्षेत्रमा उठाउन अधिबेशनले सहयोग गर्ने अपेक्षा गरिएको छ। अधिवेशनलाई भव्य बनाउन आफुहरु तिव्र तयारीमा जुटेको उनले बताए।

    शाखाका अध्यक्ष लोकेन्द्र सुनारको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा उपस्थित पत्रकारहरुलाई संघका उपाध्यक्ष कमल बिकले स्वागत मन्तव्यद्वारा स्वागत गरेका हुन।कार्यक्रममा नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष सन्जय रिजाल,प्युठान नगरपालिकाका कार्यपालिका सदस्य सुनिल सापकोटा,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गिरु भण्डारी,सामुदायिक रेडियो प्रसारक संघ(अकोराब)का उपाध्यक्ष भुवन सिंह,संघका पदाधिकारी एवम् सदस्यहरु लगायत जिल्लास्थित २५ जना बढी क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको संघका सचीव बोमबहादुर परियारले बताए।

     

    बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.