• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

ब्रह्माण्ड अध्ययन र हाम्रो सीमा


  •   बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
  • वामदेव गौतम

    म आफूलाई खगोलविद् ठान्दिनँ र अन्य प्रकारको वैज्ञानिक पनि ठान्दिनँ । अहिलेसम्म म यस्तो ज्ञान प्राप्तिका लागि जिज्ञासु विद्यार्थी मात्र हुँ तर मैले ब्रह्माण्डका बारेमा जति अध्ययन गरेँ, त्यसबाट मलाई लागेको छ– यो हरेक व्यक्तिले अध्ययन गर्ने विषय हो । यसको अध्ययनबिना कुनै पनि व्यक्तिले मानवजातिको सही इतिहास बुझ्न सक्दैनन् । आफूलाई विज्ञ ठान्ने जो कोही पनि यसको अध्ययनबिना अधुरो हुने छ । मलाई लाग्छ, यसको अध्ययन हरेक विद्यालय र महाविद्यालयमा अनिवार्य गर्नु पर्छ । यसो गर्न सकियो भने हाम्रो राष्ट्रले समृद्ध हुने शक्ति प्राप्त गर्ने छ । मैले यो रचना तयार गर्दा माक्र्सवादी दर्शन, गुगल सर्च, जेके फर अल तथा नासाका निष्कर्षहरूको सहयोग लिएको छु ।

    के हो ब्रह्माण्ड ?

    Advertisement

    ब्रह्माण्डमा भौतिक वस्तु मात्र छ तर यो निरन्तर परिवर्तन र विकासको अवस्थामा छ । हरेक दिन बिहानदेखि बेलुकासम्म प्रकाश छर्ने जाज्वल्यमान सूर्यदेखि राति आकाशमा देखिने चन्द्रमा र असङ्ख्य ताराहरू, पृथ्वीसहितका सम्पूर्ण ग्रह, उपग्रह र छुद्र ग्रहहरू, समग्र वनस्पति, हिँड्ने, गुड्ने, पौडने र उड्ने सबै प्राणी, आकाश, हावा, पानीलगायत सबै तरल र ग्यास पदार्थ, माटो, चट्टान, सबै किसिमका खनिज, ताप, विद्युत्, चुम्बक, ज्ञान, विज्ञान र गुरुत्वाकर्षणलगायत अस्तित्वमा रहेका सबै वस्तु निष्कर्षमा भौतिक वस्तुका विभिन्न रूप हुन् । यी सबै सानाठुला पिण्डहरू निरन्तर परिवर्तन र विकासको अवस्थामा छन् । यसो भन्नुको अर्थ कुनै समयमा यी सबै उत्पन्न हुन्छन् र अर्को समयमा विनाश हुन्छन्, जसलाई मानिसले जन्म र मृत्यु भन्दछन् तर ब्रह्माण्ड उत्पत्ति पनि हुँदैन, विनाश पनि हुँदैन । किनकि यो कुनै प्रकारको भौतिक वस्तु नै होइन । ब्रह्माण्डमा रहेका भौतिक वस्तु, तिनको परिवर्तनको अवस्था र त्यसका नियमहरूको जानकारीका लागि मानवजातिले विकसित गरेको नाम हो ब्रह्माण्ड । ब्रह्माण्डमा रहेका ठुला पिण्डदेखि आँखाले देख्न नसकिने वस्तुलाई यन्त्र प्रयोग गरेर मात्र जान्न सकिने इलोक्ट्रोन, प्रोटोन र न्यूट्रोनसम्मका वस्तुमा गुरुत्वाकर्षण शक्ति हुन्छ । त्यसकै कारण सानाठुला पिण्डहरू एकले अर्कोलाई तानातान गरिरहेका हुन्छन् । गुरुत्वाकर्षण शक्तिको प्रभाव कुनै पनि पिण्ड वा कुनै प्रकारको वस्तुको चारै दिशामा पुगेको हुन्छ र सम्बन्धित पिण्ड वा वस्तुले आफ्नो चारै दिशामा रहेका पिण्ड वा वस्तुलाई आफ्नो गुरुत्वाकर्षणमा पारेको हुन्छ । यसरी ब्रह्माण्डमा रहेका सबै पिण्ड वा वस्तुलाई गतिशील बनाउन अर्को शक्तिको आवश्यकता पर्दैन । उनीहरू आफैँ परिचालित हुन्छन् ।

    ब्रह्माण्डमा भौतिक वस्तु मात्र छ भन्ने पहिलो व्यक्ति जर्मनीका दार्शनिक फायरवाख हुन् । भौतिक वस्तु निरन्तर परिवर्तन र विकासको अवस्थामा मात्र अस्तित्वमा हुन्छ भन्ने जर्मनीकै अर्का दार्शनिक हेगेल हुन् तर भौतिक वस्तुको यस्तो अवस्था निर्माण हुनुका कारण उनीहरूले कुनै अलौकिक शक्तिलाई मान्दथे । भौतिक वस्तु निरन्तर परिवर्तन र विकासको अवस्थामा रहनुको कारण कुनै अलौकिक वा बाह्य शक्ति नभई भौतिक वस्तुमा रहेको गुरुत्वाकर्षण शक्तिका कारण त्यो आफैँ परिचालित हुन्छ । यो सिद्धान्त सबभन्दा पहिले माक्र्सले अगाडि सारेका हुन् । माक्र्सभन्दा पहिले ब्रह्माण्डलाई छुट्टै पिण्ड वा शक्तिका रूपमा लिइने गरिन्थ्यो । यसै सिद्धान्तमा आधारित भएर माक्र्स र एङ्गेल्सले द्वन्द्वात्मक भौतिकवादी दर्शनको विकास गरेका हुन् । द्वन्द्वात्मक भौतिकवादी दर्शनका मुख्य तीन वटा नियम छन् : (१) विपरीत तत्वका बिच एकता र सङ्घर्षको नियम, (२) सङ्ख्यात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनको नियम र (३) निषेधको निषेध नियम ।

    यी नियमको आधारमा ब्रह्माण्डको अध्ययन गर्दा ब्रह्माण्डको वास्तविकता संसारसामु आउन सकेको हो । यी नियमकै आधारमा मानवजातिको इतिहास खोजी गर्दा साँचो इतिहास जानकारीमा आएको हो । त्यसपछि मात्र मानवजातिको विकासका पाँच चरण; जसमा आदिम मातृप्रधान उत्पादन पद्धतिको समाज, दासमालिक उत्पादन पद्धतिको समाज, सामन्तवादी उत्पादन पद्धतिको समाज, पुँजीवादी उत्पादन पद्धतिको समाज र समाजवादी उत्पादन पद्धतिको समाजका बारेमा जान्न र भविष्यको अनुमान गर्न सकिएको हो । यी सबै अवस्थामा विपरीत तत्वका बिच एकता र सङ्घर्षको अवस्था रहेको हुन्छ । त्यसै गरी परिवर्तन र विकास पहिले क्रमिक रूपमा र पछि गुणात्मक रूपमा परिवर्तन हुने गर्छ । त्यसपछिको परिवर्तन पहिलेको भन्दा गुणात्मक रूपमा विकसित भएको अवस्थामा देखिन्छ । ब्रह्माण्ड पनि निरन्तर परिवर्तन र विकासको अवस्थामा रहेको छ । विकास क्रमिक रूपमा हुने गर्छ र अन्त्यमा बिगब्याङ प्रक्रियाबाट पहिलेको जस्तै तर नयाँ अवस्थामा प्रकट हुन्छ । ब्रह्माण्डको यो परिवर्तनमा विपरीत तìवका रूपमा गुरुत्वाकर्षण शक्तिले प्रमुख भूमिका निर्वाह गरेको हुन्छ ।

    ब्रह्माण्डको अवधि

    ब्रह्माण्ड अनन्त कालदेखि छ र अनन्त कालसम्म जाने छ तर यसको निर्माण र महापरिनिर्वाणका अवधि देखा परेका छन् । यही अवधिलाई कतिपयले एउटा ब्रह्माण्डको अन्त्य र अर्को ब्रह्माण्डको उदयका रूपमा प्रस्तुत गरेको पाइन्छ । जब कि कुनै पनि तथ्य र तर्कले त्यसलाई साथ दिँदैन । संसारका खगोलविद् र यससम्बन्धी अध्ययन अनुसन्धान गर्ने अमेरिकाको नासाले केही तथ्य प्रकाशित गरेको छ । केही वर्षपहिले नासाले एउटा जाज्वल्यमान सौर्यमण्डल ब्ल्याक होलमा प्रवेश गरेको देखायो ।

    यसबाट के निष्कर्ष निष्कन्छ भने ब्रह्माण्डको निर्माण र निर्वाणको यो अवधिको निर्माणको चरण पूरा भएको छ र सँगै ब्रह्माण्डको महापरिनिर्वाणको अर्को चरण सुरु भएको छ । यसपछि पनि महापरिनिर्वाणको छ अर्ब ९० करोड वर्षसम्म कुनै न कुनै रूपमा जीवको अस्तित्व रहने छ । त्यसपछिको छ अर्ब ९० करोड वर्षको ब्रह्माण्डको परिनिर्वाणको अवधि जीवविहीन अवस्थाको रहने छ । ब्रह्माण्डको यस अवधिको पहिलो चरण अर्थात् छ अर्ब ९० करोड वर्षपहिले मात्र पृथ्वीमा जीवको अस्तित्व देखा परेका ऐतिहासिक तथ्यहरूलाई आधार बनाएर यो निष्कर्ष निकालिएको हो ।

    नासाले ब्रह्माण्डको यस अवधिको १३ अर्ब ८० करोड वर्ष आयु समाप्त भएको पनि यसै अवधिमा तथ्याङ्क ल्याएको छ । मेरो विचारमा ब्रह्माण्डको आयु होइन, निर्माण र महापरिनिर्वाणको आधा समय सकिएको बुझ्नुपर्ने हुन्छ । अथवा निर्माणको अवधि सकिएर महापरिनिर्वाणको अवधि सुरु भएको छ । यसको अर्थ हुन्छ– ब्रह्माण्डको निर्माण र महापरिनिर्वाणको एउटा अवधि २७ अर्ब ६० करोड वर्षको हुन्छ । त्यसमध्ये निर्माण र निर्वाणको वर्तमान अवधिको निर्माणको चरण पूरा भएको छ र महापरिनिर्वाणको अर्को चरण सुरु भएको छ । अबको छ अर्ब ९० करोड वर्षसम्म मानवजातिसहित सबै जीवको अस्तित्व ब्रह्माण्डमा रहने छ । त्यसपछिको यो चरणको अवधि अथवा छ अर्ब ९० करोड वर्षको अवधि मानवजाति तथा सबै प्रकारका जीवको अस्तित्व समाप्त भएको अवस्था हुने छ ।

    यसबिच ग्रह, उपग्रह, छुद्रग्रहहरूका बिच धेरै किसिमका उथलपुथलपूर्ण अवस्था विकसित हुने छन् । जसले पृथ्वीको आजको अवस्थामा ठुलो परिवर्तन ल्याउने छ र जीव समाप्त हुने छ । अर्को छ अर्ब ९० करोड वर्षभित्रै हाम्रो सौर्यमण्डलसहित सबै सौर्यमण्डल ब्ल्याक होल प्रणालीमा प्रवेश गर्ने छन् । त्यो अवस्था सुरु हुनासाथ बिगब्याङ महाप्रलय हुने छ; जसले पुरानो अवस्था समाप्त गर्ने छ र नयाँ अवस्था सिर्जना गर्ने छ । कतिपय खगोलविद्हरूको भनाइ अनुसार पुरानो अवस्था समाप्त भई नयाँ अवस्था सिर्जना हुन बढीमा नौ सेकेन्ड लाग्छ । ब्रह्माण्डमा फेरि सौर्यमण्डलहरू देखापर्ने छन् । अहिलेकै जस्ता ग्रह, उपग्रह, छुद्र ग्रह सबै विकसित हुने छन् । सौर्यमण्डललगायत सबै प्रकारका ग्रह, आफ्नो कक्षमा परिक्रमा गर्दै आफ्नो सूर्यको परिक्रमा गर्ने छन् । यसै अवधिमा सौर्यमण्डलका अनेकौँ ग्यालेक्सी विकसित हुने छन् । ग्यालेक्सीमा रहेका सबै सौर्यमण्डलले आफ्नो कक्षमा परिक्रमा गर्ने छन् ।

    सौर्यमण्डल

    केही समयपहिले नासाले चार अर्ब सौर्यमण्डलको गन्ती ग¥यो । खगोलविद्हरूले हाम्रो सूर्य र यसको परिक्रमा गर्ने ग्रहहरूको धेरै अध्ययन गरिसकेका छन् । यसको अध्ययनबाट मात्र पनि सबै सौर्यमण्डलको अनुमान गर्न सजिलो भएको छ । यसको जानकारी वास्तवमा ब्रह्माण्डका बारेमा धेरै अध्ययन गरेसरह हुने छ । हाम्रो सूर्यको व्यास १३ लाख ९१ हजार १६ किलोमिटर छ । सूर्य पृथ्वीभन्दा १०९ गुणा ठुलो छ । सूर्यमा सबैभन्दा धेरै गुरुत्वाकर्षण शक्ति छ । यसमा रहेको गुरुत्वाकर्षण शक्तिका कारण हाइड्रोजन, हिलियम, अक्सिजन र अन्य ग्यास यसमा निरन्तर समाहित हुने गरेका छन् । हरेक सूर्य गुरुत्वाकर्षण शक्ति र विभिन्न प्रकारका ग्याससहित बलिरहेको जाज्वल्यमान पिण्ड हो । सूर्यको केन्द्रमा निरन्तर न्युक्लिएर फ्युजन भइरहेको हुन्छ र त्यसकै कारण ताप र प्रकाश सौर्यमण्डलभरि फैलिन्छ । सूर्यबाट निस्कने ताप र प्रकाश पृथ्वीसम्म आइपुग्न आठ मिनेट २० सेकेन्ड लाग्छ ।

    ब्रह्माण्डमा रहेका सूर्य र तीसँग सम्बन्धित सबै प्रकारका ग्रहका पिण्ड र सबै चल अचल जीव, तरल, ग्यास र विद्युत् शक्ति तथा सबै प्रकारका आफूमा रहेका गुरुत्वाकर्षण शक्तिका कारण आफ्नो ठाउँमा एक फन्को घुम्दै सूर्यको परिक्रमा गर्छन् । पृथ्वीमा रहेका सबै प्रकारका जीव, निर्जीव यहाँसम्म कि हामीहरू पनि पृथ्वीसहितको हाम्रो सौर्यमण्डलसँगै घुमिरहेका हुन्छौँ तर ज्यादै सानो पिण्ड भएको हुनाले हामीलाई त्यो थाहा हुँदैन । यो सबै क्रियाकलाप गुरुत्वाकर्षण शक्तिकै कारण भएको हुन्छ । आफूतिर हरेकले अर्कोलाई तान्ने गुरुत्वाकर्षणले प्रत्येक पिण्डमा विपरीत तत्वका रूपमा काम गरिरहेको हुन्छ, जसले गर्दा त्यसको अस्तित्व पनि कायम रहेको हुन्छ । सिङ्गो ब्रह्माण्डमा रहेका पिण्ड र तिनमा रहेका गुरुत्वाकर्षणकै कारण ब्रह्माण्डको पनि अस्तित्व रहेको हुन्छ ।

    माथि भनी सकियो, कुनै पनि सूर्य एक्लै हुँदैनन् । त्यसको निरन्तर परिक्रमा गर्ने ग्रह, उपग्रह, र छुद्र ग्रहहरू हुन्छन् । हाम्रो सूर्यको वरिपरि घुम्ने सबै प्रकारका ग्रहहरूको सङ्ख्या ३० वटा मानिएको छ । यस्तो अवस्थालाई जानकारी दिन सौर्यमण्डल भनिन्छ । अर्थात् बुझ्नु प¥यो गन्ती भएका चार अर्ब सौर्यमण्डलमा सबै प्रकारका ग्रह एक खर्ब २० अर्ब रहेका छन् । एउटै प्रक्रियाबाट विकसित भएका हुनाले प्रत्येक सौर्यमण्डलसँग पृथ्वी जस्ता ग्रह र चन्द्रमा जस्ता उपग्रह पनि छन् भन्ने मान्नुपर्ने हुन्छ । पृथ्वीमा अहिले मानवको सङ्ख्या झन्डै आठ अर्ब पुगेको छ । एउटै प्रक्रियालाई आधार मानेर भन्नुपर्दा प्रत्येक सौर्यमण्डलसँग आठ अर्ब मानवजातिको सङ्ख्या छ । त्यस अनुसार अहिले यो ब्रह्माण्डमा ३२ लाख खर्ब मानवजातिको सङ्ख्या भएको मान्न सकिन्छ ।

    हरेक भौतिक वस्तुमा रहेको गुरुत्वाकर्षण शक्तिका कारण एकले अर्कोलाई तानातान गरिरहेका हुन्छन् र त्यही तानातानको अवस्थाबाट नै कुनै पनि प्राणीको उत्पत्ति र विकास भएको हो । गुरुत्वाकर्षण शक्तिकै कारण सबै जीवजन्तु हिँड्न सक्छन्, गुड्न सक्छन्, उड्न सक्छन्, बस्न सक्छन्, उठ्न सक्छन्, सुत्न सक्छन्, खुसी हुन सक्छन्, रुन सक्छन्, गाउन सक्छन्, नाच्न सक्छन्, पढ्न सक्छन्, लेख्न सक्छन्, सम्झन सक्छन्, भाषण गर्न सक्छन्, विज्ञता हासिल गर्न सक्छन् र ज्ञान आर्जन गर्न सक्छन् । प्रत्येक वस्तुको परमाणु विभाजन गर्दा त्यहाँ इलोक्ट्रोन र प्रोट्रोन विपरीत दिशामा अनवरत क्रियाशील छन् र तिनको बिचमा एउटा न्युट्रोनको उपस्थिति पनि रहेको हुन्छ । यसबाट के सिद्ध भयो भने सबै वस्तु निरन्तर परिवर्तित र विकसित अवस्थामा मात्र अस्तित्वमा हुन्छन् । त्यति मात्र होइन, न्युट्रोनको उपस्थितिले के देखाउँछ भने वस्तुहरू सङ्घर्षको अवस्थामा मात्र होइन, एकताको अवस्थामा पनि हुन्छन् । त्यही भएर सिद्धान्तको नाम पनि ‘विपरीत तìवका बिच एकता र सङ्घर्षको नियम’ रहन गएको हो ।

    ब्ल्याक होल र बिगब्याङ

    ब्ल्याक होल अथवा कृष्ण बिन्दु सौर्यमण्डलमा रहेको विशाल भौतिक वस्तुको अति सङ्कुचित अवस्था हो; जसले आफ्नो प्रभाव क्षेत्रमा प्रवेश गर्ने जुनसुकै वस्तुलाई आफूमा समाहित गराउँछ । ताप, प्रकाश, विद्युत् सबै त्यहाँ पुगेपछि फर्कन सक्दैनन् । त्यसो भएर त्यो कालो बिन्दुका रूपमा देखिन्छ । जब सबै सौर्यमण्डल ब्ल्याक होल प्रणालीमा प्रवेश गर्छन्, त्यसपछि ब्ल्याक होलमा परिणत भएका सबै सौर्यमण्डल सबैभन्दा शक्तिशाली ब्ल्याकहोलमा समावेश हुन्छन् । त्यसको लगत्तै पूर्ण रूपले शक्तिशाली भएको ब्ल्याक होलमा न्युक्लिएर फ्युजन हुन्छ, जसलाई बिगब्याङ भनिन्छ । चारै दिशाका अनन्त क्षेत्रसम्म सबै वस्तु सबै ठुला सूर्य र सूर्यका स–साना टुक्रा परमाणुका रूपमा ब्रह्माण्डव्यापी फैलिन्छन् ।

    कतिपय खगोलविद्हरूको भनाइ छ, “अहिले जति सूर्य छन्, ग्रहहरू छन्, लगभग त्यही बराबरीमा अस्तित्वमा आउने छन् ।” यो जानी राखौँ, त्यसबेला देख्ने, चिन्ने, सम्झने, विचार गर्ने, मानव वा कुनै जन्तु कोही पनि हुने छैनन् तर कालक्रम बित्दै जाँदा बिगब्याङको छ अर्ब ९० करोड वर्षभित्र आजको आकाश, सूर्य, ग्रह, हावापानी, वनस्पति, जीवजन्तु र तिनमा सबैभन्दा विकसित वस्तुका रूपमा रहेको मानवजाति पनि देखिने छ । यो प्रक्रिया अनन्तकालदेखि जारी छ । अनन्त कालसम्म जाने छ । हरेक बिगब्याङले निर्माण र निर्वाणको एउटा अवस्थालाई समाप्त गर्दै नयाँ निर्माण र महापरिनिर्वाणको अवधि सुरु गराउने छ । अहिलेसम्म मानवजातिको बौद्धिकता योभन्दा अगाडि गएको छैन । ब्रह्माण्डमा बिगब्याङको विस्फोट प्रक्रियाबाट नयाँ अवधि सुरु हुनै अझ १३ अर्ब ८० करोड वर्ष लाग्ने छ । यसको पनि आधा अवधि छ अर्ब ९० करोड वर्षसम्म मात्र जस्तोसुकै जीव र निर्जीव अस्तित्वमा रहन सक्ने अनुमान छ ।

    अहिलेसम्मको अध्ययनले के स्पष्ट हुन्छ भने ब्रह्माण्डमा भएको भौतिक वस्तुको सबैभन्दा विकसित रूप बिगब्याङ हो । बिगब्याङका कारण त्यसबेलासम्म विकसित ब्रह्माण्डका विभिन्न संरचना ध्वस्त हुने छन् तर भौतिक वस्तु समाप्त हुने छैन । बिगब्याङबाट ब्रह्माण्डव्यापी गुरुत्वाकर्षण शक्ति मात्र फैलने हो । त्यसबखत कुनै संरचना देखिने छैन । यो अवस्था खगोलविद्हरूले अनुमान गरेको बढीमा नौ/दस सेकेन्ड मात्र रहने छ । त्यसैबिच गुरुत्वाकर्षण शक्ति अनगन्ती केन्द्रहरूमा स्वतः खिचिएर सानाठुला पिण्डका रूपमा प्रकट हुने छन् । त्यसरी विकसित भएका हरेक पिण्ड आफ्नो स्थानमा घुम्दै ठुला शक्तिशाली पिण्ड र तुरुन्तै विकसित ग्यालेक्सीका वरिपरि परिक्रमा गर्न सुरु गर्ने छन् । कालक्रममा अनुकूलता भएका ग्रहमा फेरि विभिन्न ग्यास मिसिएर आकाश प्रकट हुने छ । अनुकूल अवस्थामा फेरि पानी पर्न सुरु हुने छ । त्यसबेलाका पृथ्वीमा जलमग्नता विकसित हुने छ । पहिले पानीमा वनस्पति अनि एक कोषीय प्राणी विकसित हुने छन् । लामो कालखण्डपछि धेरै स्वरूप परिवर्तन हुँदै एउटा जीव मानवजातिका रूपमा पनि विकसित हुने छ ।

    मानवजाति नै ब्रह्माण्डको मालिक 

    मानवजाति नै ब्रह्माण्डको बिगब्याङपछिको सबभन्दा विकसित रूप हो । ब्रह्माण्डका अरू सबै संरचना मानवजातिका सहयोगी मात्र हुन् । वास्तवमा मानवजाति नै ब्रह्माण्डको मालिक हो । मानवजातिको संरक्षण र विकास ब्रह्माण्डका अरू सबै जीव र निर्जीवसितको सङ्घर्षपूर्ण सहकार्यमा मात्र भएको छ । अब हुने बिगब्याङपछि पनि त्यही अवस्था दोहोरिने छ । हरेक बिगब्याङले पुरानोलाई निर्वाणमा पु¥याउने र नयाँलाई निर्माण गर्ने काम सम्पन्न गर्दछ । ब्रह्माण्डमा कति शक्ति छ, त्यसको अनुमान गर्न सकिन्न तर त्यो सम्पूर्ण मानवजातिको विकास र समृद्धिमा खर्च भइरहरेको छ । यदि यो दृष्टिकोणलाई सही मान्ने हो भने मानवजातिमा एक जना व्यक्तिको पनि कति ठुलो महत्व हुन्छ मापन गर्न सकिन्न ।

    यसै आधारमा मानवजातिले संस्कृतिको विकास गरेको छ । संस्कृतिविहीन अवस्थाको व्यक्ति देखिए पनि सारमा त्यो मानव हुन सक्दैन । यो अवस्थालाई आत्मसात् गर्दै के भन्न सकिन्छ भने मानिसले मानिसलाई भेदभाव गर्न पाइन्न, हिंसा गर्न पाइन्न, कुनै पनि व्यक्तिलाई मार्न पाइन्न र मृत्युदण्ड दिन पनि पाइन्न । कसैले पनि कसैलाई उत्पीडन गर्न पाइन्न । कसैले पनि कसैका विरुद्ध युद्ध गर्न पाइन्न । कसैले कसैलाई अपमान गर्न पाइन्न । यस किसिमको मानिस हौँ भने सबैलाई सम्मान देऊ, सबैलाई हैसियत देऊ । कुनै पनि राष्ट्रको समृद्धि कायम गर्न कुनै न कुनै रूपमा संसारभरिका मानवको योगदान रहेको हुन्छ । मानव हौँ भने समृद्धि पनि सबै व्यक्तिमा पुर्‍याऊँ !

    अबदेखि निरन्तर सबैले भनौँ, युद्ध होइन मानवजातिका निम्ति शान्ति कायम गरौँ !

    बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.