• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शुक्रबार, बैशाख १८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

गौमुखीमा दलित सशक्तिकरण कार्यक्रम सम्पन्न!


  •   शुक्रबार, जेठ २५, २०८१ मा प्रकाशित
  • केशर सुनार
    जेठ २५,प्यूठान ।प्यूठानको गौमुखी गाउँपालिकामा जातीय भेदभाव तथा छुवाछूत न्यूनीकरण सम्बन्धि सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ।गौमुखी गाउँपालिकाको आयोजनामा कार्यक्रम गाउँपालिकाको सभाहल लिवासे प्यूठानमा भएको हो।

    Advertisement

    गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष महावीर राना,प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम पौडेल,प्रमुख प्रशिक्षक दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनार,प्रशिक्षक पत्रकार तथा दलित अधिकारकर्मी लोकेन्द्र सुनार,गाउँपालिकाका पूर्व उपाध्यक्ष तुल्सी सुनार,दलितका लागि दलित अभियानका दाङ जिल्ला संयोजक केशव परियार लगायतको आतिथ्यता रहेको थियो।

    कार्यक्रमको खुला सत्रमा शुभकामना मन्तव्य राख्दै गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले जातीय भेदभाव तथा छुवाछूत न्यूनीकरणमा सबै तह र तप्काबाट एकजुट हुनपर्ने बताए।उनले भने, ‘दलितहरु हरेक क्षेत्रमा प्रतिनिधित्व हुनेगरी लाग्न आवश्यक छ।’

    शुभकामना मन्तव्य व्यक्त गर्दै उपाध्यक्ष महावीर रानाले वास्तविक दलित सशक्तीकरण हुनका निम्ति पहिचान,प्रतिनिधित्व,पहुँच र प्रतिष्ठा जस्ता विषयमा ध्यान एकीकृत हुन आवश्यक रहेको बताए।उपाध्यक्ष रानाले मुलुकी ऎन,संविधानमा जात व्यवस्था र दलित प्रतिनिधिबारे समेत प्रष्ट पारेका हुन्।उनले भने, ‘कानुनमा छुवाछूत नगरौं भनिएको कुरा किताबमा मात्र सिमित हैन छुवाछुत गर्ने गराउनेलाई हदैसम्मको कारबाही गर्नुपर्छ।’

    कार्यक्रमको प्रमुख प्रशिक्षक एवम् दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारले कार्यक्रमको सम्बोधन गर्दै सिंगो आन्दोलन र दलित हकहितबारे प्रष्ट पारेका हुन् ।संयोजक सुनारले करिब ३ घन्टासम्म अन्तरक्रिया गरेका हुन् । उनले भने,’ मेरो आन्दोलन दलसँग हैन,सिंगो दलित र दलित जागरणको निम्ति हो।’

    कार्यक्रममा प्रशिक्षण दिदै पत्रकार एवम् दलित अधिकारकर्मी लोकेन्द्र सुनारले सिंगो दलित समुदाय दलगत रुपमा नभई दलित मुद्दा,दलित हकहित र आन्दोलनका निम्ति एकजुट हुनुपर्ने बताए।प्रशिक्षक सुनारले राजनीतिमा दलित समुदायको प्रतिनिधित्व,क्रमिक आन्दोलन,दलित आन्दोलनमा भएका घटनाहरुबारे समेत प्रष्ट पारेका हुन्। उनले भने, ‘हामी मान्छे बन्ने अभियानमा छौं ।’

    कार्यक्रममा गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम पौडेल,दलितका लागि दलित आन्दोलन नेपाल दाङका संयोजक केशब नेपालीले मन्तव्य राखेका थिए।कलाकार सिमाना विश्वकर्माले ” के पुजा गर्छौ?मन्दिरमा गई” बोलको गीत गाएर उपस्थितहरुलाई मन्त्रमुग्ध पारेकी हुन् ।कार्यक्रममा करिब १ सय ५ बढी दलित समुदायको उपस्थिति रहेको थियो।स्वागत मन्तव्य गौमुखी गाउँपालिकाका कार्यपालिका सदस्य बोम बहादुर सुनारले राखेका हुन भने उक्त प्रशिक्षण कार्यक्रमको सहजीकरण सुनारले नै गरेका हुन।

    शुक्रबार, जेठ २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.