• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

अखिल (क्रान्तिकारी) प्यूठान नगर विशेष समितिको अध्यक्षमा परियार निर्वाचित


  •   आइतबार, साउन २०, २०८१ मा प्रकाशित
  • २० साउन,प्युठान।अखिल (क्रान्तिकारी)प्युठान नगर विशेष समितिको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ।सम्मेलनबाट अनिल परियारको अध्यक्षतामा ४५ सदस्यीय प्युठान नगर विशेष समिति निर्वाचित भएको हो ।जसमध्ये उपाध्यक्षमा बिक्रम विष्ट र एन्जिला पुन ,सचिवमा वृक्षा श्रेष्ठ ,सहसचिवमा सोबिन बिष्ट र चाहना पुन मगर  र कोषाध्यक्षमा रुप राना निर्वाचित भएका छन् ।

    Advertisement

    प्युठान नगर विशेष समिति,प्युठानका सम्मेलन संयोजक अनिल परियारको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपा(माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य एवम् प्युठान नगरपालिकाका संस्थापक नगर प्रमुख अर्जुनकुमार कक्षपतीको प्रमुख आतिथ्यता,नेकपा(माओवादी केन्द्र)जिल्ला समन्वय समिति प्युठानका  सदस्य एवम् युवानेता लिलापसिंह केसी र अखिल (क्रान्तिकारी) प्युठानका ईन्चार्ज पुष्कर शर्माको विशेष आतिथ्यता रहेको थियो। त्यस्तै अखिल(क्रान्तिकारी) प्युठानका अध्यक्ष प्रेमबहादुर विश्वकर्मा,संगठन विभाग प्रमुख शम्भु सुनारको आतिथ्यता एवम प्युठान नगरपालिकामा अध्ययन गर्ने प्युठानका विभिन्न स्थानीय तहका विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य अर्जुनकुमार कक्षपतीले विद्यार्थीहरुले अध्ययनको साथसाथै सामाजिक क्षेत्रमा पनि दखल राख्नुपर्ने बताउनुभयो।राज्यसत्ता र विद्यार्थीहरुले प्राविधिक शिक्षामा विशेष जोड दिई आत्मनिर्भर हुनका निम्ति जोड दिनुभयो।कक्षपतिले भन्नुभयो, ‘तपाईहरुको क्षमता अभिवृद्धिका निम्ति अखिल क्रान्तिकारी जस्तो गौरवशाली ओज बोकेको संगठन सदा लागिपर्ने छ निर्धक्कका साथ लाग्नुहोस।’

    कार्यक्रममा बोल्दै विशेष अतिथि तथा नेकपा (माओवादी केन्द्र)जिल्ला समिति प्युठानका सदस्य युवानेता लिलापसिंह केसीले अखिल क्रान्तिकारी अनुशासित पार्टीको भातृ संगठन रहेको बताउँदै विद्यार्थीहरुमा बौद्धिक एवम् सामाजिक चेतनाको अभिवृद्धि गर्नका निम्ति अखिल क्रान्तिकारीमा जोडिनुपर्ने बताउनुभयो।केसीले संस्थागत रुपमा विद्यार्थीहरुको शैक्षिक मुद्दामा अखिल क्रान्तिकारी जिल्लागत रुपमा उत्कृष्ट रहेको बताउनुभयो।केसीले भन्नुभयो,’विद्यार्थीहरुले किताबी ज्ञानको साथसाथै सामाजिक ज्ञानहरुसमेत हासिल गर्न जरुरी छ।’

    शुभकामना मन्तव्य राख्दै कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारी प्युठानका ईन्चार्ज एवम् विशेष अतिथि पुष्कर शर्माले विभिन्न स्थानीय तहबाट आएका विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै विद्यार्थीहरुमा बौद्धिक एवम् सामाजिक चेतनाको अभिवृद्धि गर्नका निम्ति अखिल क्रान्तिकारीमा जोडिनुपर्ने बताउनुभयो।शर्माले भन्नुभयो,’किताबी ज्ञानको साथसाथै विद्यार्थीहरुले सामाजिक ज्ञानमा पनि रुचि बढाउन आवश्यक छ।’

    “असल शिक्षाका लागि अभियान” मूल नाराका साथ आयोजना गरिएको उक्त सम्मेलन नेकपा (माओवादी केन्द्र)प्युठानको सभाहलमा आईतबार सम्पन्न भएको हो।कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारी प्युठानका सहसचिव केशर सुनारले गरेका हुन।यससँगै आगामी भदौ १ गते हुन् गईरहेको २१ औँ जिल्ला सम्मेलनको तयारीमा सम्पूर्ण टिम परिचालन भएको अखिल क्रान्तिकारी प्युठानले बताएको छ।

    आइतबार, साउन २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.