• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

शिक्षकलाई चिठी


  •   शनिबार, असोज १९, २०८१ मा प्रकाशित
  • शिक्षकलाई चिठी
    शिक्षक मित्रहरु विश्व शिक्षक दिवसको हार्दिक शुभकामना !!
    साच्चै मलाई छातीमा हातराखेर गर्वसाथ भन्न मन लाग्छ “म एक शिक्षक ।” मलाई गर्व लाग्छ म आफू शिक्षक भएकोमा । आफूले चाहने हो भने शिक्षक जे पनि बन्न सक्छन् तर सबै मान्छे शिक्षक बन्न सक्दैनन् त्यसैले यो पेशालाई मर्यादीत सम्मानित बनाउनमा तपाईं हाम्रो अहम भूमिका रहन्छ !!
    शिक्षक मित्रहरु हामी शिक्षक भनेका सुचिकार हौं हामीले अक्षर सिलाउँछौ अक्षर अक्षर जोडेर सुन्दर माला निर्माण गर्छौ , हामी कुचिकार हौं बालाबालिकामा भएको अज्ञान बढारेर सुन्दर मानव हृदय निर्माण गर्छौं कलाकार हौं , नायक हौं , कालिगढ हौं , मिस्त्री हौ , सिकर्मी डकर्मी देखि लिएर रक्षक पाले , धराले , डाक्टर , नर्स , झगडा मिलाउने न्यायाधीश हौं । त्यतिमात्र कहाँ होर साथमा बसेर खेलिदिने खेलाडी सहेली , रुदा आँसु पुछिदिने रुमाल हौं, साथी पनि र्हौं । अझ भन्ने हो भने बालबालिकाको सुरक्षामा तैनाथ प्रहरी पनि हौं ! शिक्षक एक तर रुप अनेक भएका ब्रह्मा विष्णु महेश्वरको सार भगवानको रुप एउटै भए झै हामी पनि एक हौं ! त्यसैले शिक्षक मित्रहरु शिक्षक भएकोमा गर्व गर्न सकौं र गर्व गर्न सिकौं !
    कसैले तपाईलाई के पेशा गर्नु हुन्छ भनेर सोध्यो भने नाक मुख खुम्च्याएर केहि गर्न सकिएन जिन्दगीमा भनेर शिक्षक भएको असन्तुष्ट पक्षलाई उजागर नगर्नुहोस । शिक्षण पेशाप्रति तपाईले नै उपेक्षा र हेयको दृष्टि राख्नुहुन्छ भने तपाईं कसरी सम्मानित बन्न सक्नुहुन्छ त ? कसैले परिचय माग्यो भने गर्वसाथ परिचय दिनुहोस “म एक शिक्षक । “
    यदि शिक्षक पेशाप्रति नै तपाईं आफै असन्तुष्ट हुनुहुन्छ भने त्यस्तो शिक्षकले दिएको शिक्षा कति प्रभावकारी बन्न सक्ला त ? त्यसैले तपाईले आफुलाई नै म को हुँ भनेर चिन्न नसकेको कुरा नदेखाउँनु होस् पहिले आफू लाई चिन्नुहोस् र अरुलाई चिनाउन कोसिस गर्नुहोस् ।
    मान्नुहोस् तपाईं नपुगे पनि तपाईले दिएको शिक्षा राज्यका विभिन्न तह तप्कामा बिराजमान छ , बरु तपाईले दिएको शिक्षाले मुख्य स्थान हासिल गर्न सक्यो या सकेन त्यो कुरामा चिन्तनशील बन्नुहोस् ।
    हुन त राज्यले शिक्षकलाई सौतेनी पट्टिका सन्तान जस्तै पक्षपात गरिरहेका कुरा चाहे ३८सालको शिक्षक आन्दोलन होस् चाहे ४८ सालको शिक्षक अन्दोलन होस् जुन सुकै ईतिहास सुन्ने हो भने पनि शिक्षकलाई राज्यले नै सौतेनी पट्टिका सन्तान झै गराएका तथ्य स्पष्ट रुपमा देख्न सकिन्छ ।
    दुनियाँका ईतिहास रचिन्छ लेखिन्छ तर शिक्षकलाई सधै उपेक्षित बानाईन्छ ! सामान्य खरदारले पनि माध्यमिक तहका शिक्षकलाई झोले मास्टर भन्ने गरेका कुराहरु कानभरी सुन्न पाईन्छ ,
    नेताका पछाडी लागेर हामी किन झोले बन्ने हाम्रो आफ्नै स्वाभिमान छ , अभिमान हुनेका पछाडी किन लाग्ने ? के हाम्रो अस्तित्व हामी आफैले नबुझेका हौं त ? हामी जस्को पछाडी लाग्छौं उसैले हामीलाई झोले उपनाम दिएको कुरा स्विकार्न सक्छौं त सक्दैनौं यो नै हाम्रो कमजोर पक्ष छ !
    हो शिक्षकको कोरो तलब हुन्छ कतैबाट अतिरिक्त भत्ता हुँदैन नमासिक भत्ता हुन्छ नत मासिक तलब नै पाईन्छ । घर खर्च धान्न पनि धौ धौ पर्छ त्यसैले हरेक कुरा कटौती गर्नु पर्छ, कतिपय रहरहरु कटौती गर्नु पर्छ । गाह्रो छ त्यो तपाईं हामीले जानेको बुझेको कुरा नै हो तर हामी किन झोले मास्टर बन्ने आफू पनि सर्लक्क सुकिलो मुकिलो लुगा लगाएर चिटिक्क टाई बेल्ट कसेर जुत्ता टलक्क टल्काएर हिडौंंन राज्यले उपेक्षा गरेका भनेर आफुलाई कमजोर कहिल्यै नबनाऔं । परैबाट देख्दा सर आउनु भो भन्ने वातावरण सिर्जना गरौं नकि मास्टर आयो मास्टर्नी आई भन्ने वातावरणको अन्त्य गरौं , अरु पेशाको भन्दा हाम्रो पहिचान भिन्न छ र भिन्न बनाऔं ।
    यो देशलाई नयाँ उचाई दिने दक्ष जनशक्ति उत्पादन गर्नु छ त्यसैले हामी दत्त चित्त बनेर सुनौला बिहानी हाम्रै घर आगनमा झार्नु छ , काँडाको विच पनि सुन्दर गुलाब फुलाउँनुछ , हिलोमै कमल फक्र्याउँनु छ त्यसैले आफुलाई सम्मानित र पेशालाई मर्यादित बनाऔं भन्दै फेरि पनि विश्व शिक्षा दिवसको हार्दिक शुभकामना भन्दै अहिलेलाई पत्र बन्द गर्दछु
    तपाईहरुकै साथी
    सानु गुल्मेली
    श्री क्षेत्रविकास माध्यमिक विद्यालय पुन्यखोला प्युठान
    २०८१/६/१९
    प्युठान
    जय शिक्षक जय विश्व शिक्षा दिवस
    २०८१

    Advertisement

    शनिबार, असोज १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.