जनखोजी समाचार
प्यूठानमा ८ जना उम्मेदवारले आफ्नो पार्टी नरुचाउने मतदाताको समेत मत पाएका छन् । १४ उम्मेद्वारमध्ये ८ जनाले पार्टीले लिएको समानुपातिक मत भन्दा बढि मत पाएका हुन् ।
नेपाली काँग्रेसका उम्मेदवार गोविन्दराज पोख्रेलले नेपाली काँग्रेसले पाएको समानुपातिक मतभन्दा ३ हजार १ सय १२ मत बढि पाउनु भएको छ । नेपाली काँग्रेसले समानुपातिक मत १५ हजार २ सय ९५ मत पाउँदा पोख्रेलले १८ हजार ३ सय ३८ मत पाउनु भएको हो ।
नेकपा (एमाले) का उम्मेदवार सूर्य थापाले एमालेले पाएको समानुपातिक मत भन्दा ५ सय १५ मत बढि पाउनु भएको छ । एमालेले समानुपातिक मत १६ हजार १ सय ९५ पाउँदा थापाले १६ हजार ७ सय १० मत पाउनु भएको हो ।
नेकपा माओवादी का उम्मेदवार सिता विकले पार्टीले पाएको मतभन्दा २ सय ४४ मत बढि पाउनु भएको छ । माओवादीले समानुपातिकतर्फ २ सय ५७ मत पाउँदा विकको ५ सय १ मत आएको छ ।
त्यस्तै नेशनल रिपब्लिक नेपालका तारा सिँह थापाले १९, मंगोल नेशनल अर्गनाईजेशनका हर्क बहादुर पुनले १९, आम जनता पार्टीका रोम बहादुर थापाले ११, नेपाली जनता दलका विमल प्रसाद पोख्रेलले ४९ र नेकपा(संयुक्त) का नविन कुमार कक्षपतीले १० मत पार्टीले पाएभन्दा बढि पाउनु भएको छ ।


