• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, बैशाख १६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

बदलिएको शक्तिसंगै बदलिएका चुनौती


  •   मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
  • हरिप्रसाद भण्डारी

    Advertisement

    नेपालको संविधान २०७२ जारी भएको १० वर्ष ५ महिनापछि नेपालले पहिलोपटक एकल बहुमत सहित झण्डै २ तिहाईको सरकार पाउने भएको छ ।

    ३ वर्षअघि काठमाण्डौ महानगरमा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित बालेन्द्र शाहले यसअघि भारी मतले विजयी भएका, र अघिल्लो निर्वाचनमा लोकप्रिय मतमा पहिलो र संख्यामा दोश्रो बनेको दलले भावि प्रधानमन्त्रि घोषणा गरेका केपी शर्मा ओलीलाई पराजित गरेर संसदमा प्रवेश गरी प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।

    त्यसोे त शाहलाई पनि राष्टिय स्वतन्त्र पार्टीले भावि प्रधानमन्त्रिकै रुपमा अगाडी सारेको थियो । त्यसकारण पनि झापा ५ को चुनाव प्रधानमन्त्रिका उम्मेदवारसंग प्रधानमन्त्रीकै उम्मेदवारको लडाई भयो ।

    नयाँ संविधान जारी भएपछि सबैभन्दा बढि समय ५ वर्ष ४ महिना १५ दिन भन्दा बढि मुलुकको प्रधानमन्त्रि बन्नुभएका केपी शर्मा ओलीलाई पराजित गरेर झापा ५ बाट बालेन शाह निर्वाचित हुनुभएको हो ।

    बालेन शाहको विजय र बैकल्पिक शक्तिबाट मुलधारको शक्तिमा राष्टिय स्वतन्त्र पार्टीको उदयसंगै ठुला भनिएका पुराना दलहरु कमजोर हालतमा पुगेका छन् । भने, राजनीतिक शक्ति संचयमा नसोचेकै उथलपुथल निम्तिएको छ ।

    केहि दिनमै प्रधानमन्त्रि बन्नुहुने बालेन शाह बच्चा हुँदा २०५२ सालमा पहिलोपटक प्रधानमन्त्रि हुनुभएका, राजतन्त्रमा ३ पटक र गणतन्त्रमा २ पटक गरी ५ वर्ष ६ महिना यो मुलुकको प्रधानमन्त्रि हुनुभएका अघिल्लो प्रतिनिधि सभाको सवैभन्दा ठुलो दलको संसदिय दलको नेता शेर बहादुर देउबा यसपटक टिकटै नपाएर चुनावमा भोट नहालि सिंगापुर पुग्नुपर्यो ।

    अघिल्लो प्रतिनिधि सभामा तेश्रो दलको संसदिय दल नेता भएर पनि प्रधानमन्त्रि बन्नुभएका पुष्पकमल दाहाल प्रचण्ड रुकुमबाट विजयी बनेपनि पुरानो शक्ति भने साथमा रहेन । ३ पटक गरी ३ वर्ष २ महिना यो मुलुकको प्रधानमन्त्रि बन्नुभएका दाहालकै वरपर अहिलेसम्म यो मुलुकको सत्ता घुमेपनी अवभने दुई तिहाई पुर्याउन बाहेक सरकार बनाउन रास्वपालाई प्रतिनिधि सभामा उहाँको आवश्यकता पर्नेछैन ।

    यो निर्वाचनले पुराना शक्तिहरुको दम्भ, अहंकार, स्वेच्छाचारीता र विधिविहिनतालाई भत्काएको मात्र छैन, स्ववियु वाहेक अन्त चुनावै लड्न नपाउने कलिला विद्यार्थीहरुलाई सांसद बनाएको छ, दलको शक्ति प्रदर्शन र प्रतिरक्षामा खटिने भर्भराउँदा युवाहरुको छातिमा पनि सांसदको लोगो टाँसिदिएको छ, बन्द हड्ताल भाषण र विचारधाराको संघर्षबाट मात्र नेता बनिन्छ भन्ने मान्यतालाई भत्काएर विश्वविद्यालयका टपर प्रागिक जनशक्तिलाई सत्ताको साँचो सुम्पिएको छ ।

    त्यति मात्र होईन आजको ब्यवस्था ल्याउन पुराना दल र नेताले गरेको कठोर संघर्ष, महान त्याग र अविराम पर्खाईलाई विर्सेर बैगुन मात्र संझिदै सत्तोसराप गरिरहेको नयाँ पुस्तालाई मतले मुखबुजो लगाउँदै काँधमा भारी बोकाएको छ, अव विरोधमा मात्र बोल्ने होईन आफै काम गर भन्ने आदेशसहित ।

    यो उथलपुथल संगै रास्वपा जनसमर्थनको भारीले अटस मटस बनेको छ, पुराना दलहरु जनताले झुक्याईदिएपछि ईन्तु न चिन्तु बनेका छन्, भने जनताको मनमा शंसय जिवितै छ ।

    प्रजातन्त्र स्थापनापछि पहिलो निर्वाचन देखि हालसम्मै मतदान गरेको पुस्ता अझै हामिसंग हुनुहुन्छ । त्यसवेला देखि यसवेला सम्मका जनताका आशा, दलका बाचा र सत्तामा पुगेपछिको कर्म जनताले विर्सेका छैनन् । सुशासन देखि समाजवाद, समृद्धि देखि समुन्नती, रोजगार देखि उद्यम, लोकतान्त्रीक अभ्यासदेखि कानुनी राज्यसम्मका नारा नयाँ लागेर जनताले नयाँ दललाई मतदान गरेका छैनन् । सुन्दा सुन्दा कान पाक्ने तर, कसैले पुरा नगर्नेे भएपछि एकपट हेरौँ नत भनेर मन खोलेरै जनताले यो पटक नयाँ चिन्हमा भारी मतदान गरेका छन् ।

    मतदान पनि यसरी गरेका छन्,
    अव संख्या पुगेन हजुर भन्नुपर्ने छैन ।
    सरकार ढालियो हजुर भन्नुपर्ने छैन ।
    षड्यन्त्र भयो पनि भन्नुपर्ने छैन ।
    शक्ति कम भयो भन्नुपर्ने छैन् ।
    अनि, फलानोले गरेन भनेर अरुलाई भन्न पनि पाईने छैन ।
    सक्ता टिकाउने कि नटिकाउने केवल आफैभित्र निहित भएको छ ।
    परिणाम दिनुपर्नेछ,
    वाचा पुरा गर्नुपर्नेछ,
    मत माग्दा केके भनेको गहिरो गरी संझनुपर्नेछ ।

    रास्वपाले राम्रोसंग संझिरहहनुपर्दछ, अहिलेका साना दलहरुको हिजो सानो जनमत थिएन ।
    नयाँ प्रधानमन्त्रिले संझिरहनुपर्दछ, अहिले पराजित भएका पूर्वप्रधानमन्त्रि हिँजो कम्ता लोकप्रिय नेता हुनुहुन्थेन ।
    साना दलहरु काँग्रेस, एमाले, माओवादी लगायतका शक्तिहरु जनताको मुद्धा उठाउने, रचनात्मक प्रतिपक्ष बन्ने र सहि मुद्धामा सरकारलाई सहयोग गर्ने जनादेशबाट चुकेर फेरी पुरानै पारा दोहोर्याउँदै गए भने संझिनुपर्दछः नेमकिपा, राजमो र माले पनि कुनैदिन यो देशका निर्विकल्प राजनीतिक शक्ति दिए जो अहिलेको प्रतिनिधिसभामा अस्तित्वमै छैनन् ।

    राजनीतिक शक्ति बदलिएको छ, त्यसैले सबैका चुनौति बदलिएका छन् । जनताको मागबमोजिम आफुलाई नबदलेमा खिईएकाहरु पलाउदै हराभरा हुन र अराभरा भएकाहरु उजाड हुन धेरै समय लाग्नेछैन ।

    मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.