जनखोजी समाचार
Advertisement
प्यूठान नगरपालिकाले बालबालिकामा कुपोषणको समस्या पत्ता लगाउन पोषण लेखाजोखा सुरु गरेको छ । ५ वर्ष मुनिका बालबालिका र सुनौला हजार दिनभित्रका महिलाको पोषण लेखाजोखा सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख गोविन्दराज घिमिरेले बताउनु भयो ।
चैत र बैशाख महिनामा चल्ने यो अभियानमा यौटा वडामा कम्तिमा ३ वटा समुदायमा परिक्षण गरिनेछ । यो अभियानमा ३ हजार ४ सय ५६ जनाको पोषण लेखाजोखा हुने घिमिरेले बताउनु भयो ।
लेखाजोखा कार्यक्रममा सुनौला हार दिनभित्रका महिलाको उचाई, तौल, पाखुनाको नाप र विएमआई परिक्षण गरिन्छ भने बालबालिकाको उचाई, लम्बाई, तौल, पाखुराको गोलाई र जेठस्क्वायर परिक्षण गरिन्छ ।


