जनखोजी समाचार
झिमरुक गाउँपालिकाले सेवाग्राहीको घरमै पुगेर अपांगता परिचयपत्र वितरण गरेको छ ।
Advertisement
नागरिकलाई सहज होस भन्ने उदेश्यले घरघरमै पुगेर परिचयपत्र वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनु भयो ।
बिहिबार र शुक्रबारसेवाग्राहीको घरमै पुगेर परिचयपत्र वितरण गरिएको हो । घरमा परिचय पत्र पाएपछि सेवाग्राहीले खुसि ब्यक्त गरेका छन् ।
परिचयपत्रका लागि निवेदन परेसंगै समितिले निर्णय गरेर सेवाग्राहिकोे घरमै पुगेर परिचयपत्र वितरण गर्ने गरिएको पोख्रेलले बताउनु भयो ।


