• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

सेती नदीको कटानले आठ गाउँ उच्च जोखिममा


  •   मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
  • डोटी । सेती नदीको बाढीले वर्षेनी कटान गर्दा डोटीका आठ वटा गाउँ उच्च जोखिममा पर्दै आएका छन् । नदी नियन्त्रणका लागि तारजालीको प्रयोग गरिए पनि कटान रोकिएको छैन । कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारीदाङका बस्ती उच्च जोखिममा पर्दै आएका छन् । ती क्षेत्रमा बसोबास गर्ने नागरिक वर्षातको समयमा घरमा राम्रोसँग सुत्नसमेत नसक्ने अवस्थामा रहेको स्थानीयवासीको गुनासो छ ।

    Advertisement

    जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालय दिपायल राजपुरले नदी नियन्त्रणका लागि वर्षेनी लाखौँ रकमका तारजाली लगाउने गरेको भए पनि समस्या समाधान हुन नसकेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका दीलबहादुर भण्डारीले बताए । उनले भने, “नदी नियन्त्रणका लागि जलउत्पन्न कार्यालयले लाखौँका तारजाली त हाल्छ, नदीको बाढीले असार–साउन महिनामै बगाउँछ, अनि जमिन फेरि कटान हुन सुरु गर्छ, हाम्रा पीडा उस्तै ।”

    सेतीको बाढीले वर्षेनी आफ्नो धार परिर्वतन गर्दै बस्ती भएर बग्न थालेका कारण यहाँ वर्षेनी जोखिम बढ्दै गएको छ । पानीको बहाव पनि निकै बढ्ने भएकाले कतिबेला बाढीले बगाउने हो भन्ने चिन्ताले पिरोल्ने गरेको दिपायल सिलगढी–१ सिरखोलीसैनका स्थानीयवासी लक्ष्मण साउदले बताए । डोटीको शिखर नगरपालिका–१० बनलेग र ११ बारपाटामा वर्षेनी वर्षाको समयमा बाढीपहिरोले निकै दुःख दिने गरेको स्थानीवासी बताउँछन् । सेतीमा पानीको बहाव बढेसँगै रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ ।

    शिखर नगरपालिका–२ कालागाढका रामबहादुर कर्कीले दिपायल, बानीडुग्रीसैन, सिरखोलीसैन, कालागाढ, रामपुर, गेरुपानी, घोलतडा नारिदाङलगायतका बस्तीमा जमिन नदीले कटान गर्न थालेको भए पनि सम्बन्धित निकायले रोकथामका लागि ठोस पहल नगर्दा समस्या हुन थालेको गुनासो गरे । उनले भने, “नदीले धार परिवर्तन गरेर दैनिक खेतबारी बगाउँदै आएको छ, रोकथामका लागि ठोस पहल भएको छैन ।”

    यस वर्षको भारी वर्षातकै कारण जिल्लाका ग्रामीण क्षेत्रका एक दर्जन बढी सडक अवरुद्ध भएका छन् । जिल्लाका विभिन्न २२ ठाउँलाई प्रकोपको हिसाबले उच्च जोखिममा राखेर प्रतिसमुदायमा १२ जनालाई उद्धारकर्ताको तालिम र आवश्यक सामग्री दिई आधारभूत खोज तथा उद्धार सामग्री केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशका महासचिव देवबहादुर बोहराले जानकारी दिए ।

    डोटी जिल्लाको कति प्रतिशत भूभाग पहिरोको उच्च जोखिममा छ भन्ने यकिन तथ्याङ्क भने कुनै पनि निकायसँग छैन । जिल्लामा रहेका उच्च पहाडी तथा यसअघि हुँदै आएका दैवी प्रकोपका घटनाका आधारमा जोखिमयुक्त ठाउँ पहिचान गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी मधुकृष्ण पौड्यालले जानकारी दिए । डोटीमा विसं २०७२ साउन २३ गते ठू्लो पानी पर्दा खसेको पहिरोका कारण सायल गाउँपालिका–४ बावनसेनमा एकै परिवारका पाँचसहित छ जनाको ज्यान गएको थियो भने सयौँ रोपनी खेतीयोग्य जमिन, पशुचौपाया बाढीले बगाएको थियो । यस वर्ष बाढीपहिराका कारण साउनसम्म पाँच जनाको ज्यान गइसकेको प्रहरीलाई उद्धृत गर्दै राससले जनाएको छ ।

    मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.