• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लगनगाँठोमा जोडिएको साइनोः कतै बिबाह कतै राजनीति


  •   बिहिबार, माघ १३, २०७८ मा प्रकाशित

  • गोबिन्दराज पोखरेल
    लगनगाँठो
    लगन गाँठो भन्ने बित्तिकै महिला र पुरुष वीचको बैबाहिक सम्बन्धलाई बुझाउने गरिन्छ । लगन गाँठोको पर्यायबाचीको शब्द बिबाह हो भन्ने गरिन्छ तर लगन गाँठो हिन्दु बिबाह पद्दतीको एउटा पर्यायवाची शव्द पनि हो । छोंटो अर्थमा भन्दादुलाहा दुलहीको काँधमा राखीएको सेतो कपडा हो । उक्त कपडामा दुलाह दुलहीकोे तर्फबाट जनाइ सुपारी पैसा फूलसमेत राखीएको हुन्छ । दुलहीको साढे दुइमिटर र दुलाहको तर्फबाट साढे दुइमिटर कपडा राखिएको हुन्छ । लगनको समयमा पारिने उक्त गाँठो बिबाहको अर्को दिन चतुर्थीको पुजासम्म पनि सो गाँठो रही रहन्छ । लगन गाँठो कस्दा दुलाह दुलहीले सात जुनीसम्म संगै मर्ने संगै बाँच्ने बैबाहिक सपथ खाँदै बाधिएको हुन्छ । उक्त लगन गाँठो खासगरी सिन्दुर पोते लगाउनु अगाडि जग्गेमा बाँधिन्छ ।
    लगनगाँठो बाँधेर खासगरी सुर्य, इन्द्र, यम बरुण र नाग देवतालाई साक्षि राखेर बिबाहको मङ्गलकार्य गरिन्छ । यसरी बाँधिने लगन गाँठोको कपडालाई बिबाह मण्डपमा अचलो नामले पुकारिन्छ । यो गाँठो यति बलियो हुन्छ कि दुबै पक्ष मध्ये एकले नचाहाँदासम्म फुकाउन सकिदैन । सात फेरा लगाएर अग्नी साक्षी राखेर अपनाएका जीवनसाथीको रंगिन संसार सदैव रंगिन बनोस भन्ने चाहना पनि लगनगाँठोको हुन्छ ।तर लगनगाँठोको जुन भरोसा अनि बिश्वास छ त्यसमा उनीहरु वीचका कर्तव्य एबं अधिकारहरुका गाँठाहरुमा एक भएर उभिन नसक्दा त्यसले जन्माउने रुप अर्कै हुन जान्छ । बिबाहमा दुलाहीको सप्को समातेर पछि लागेको दुलाह दुलहीको पाइलाहरु अन्यत्रै लरबरीएको अबस्थामा कुन्नी कसरी हो बिरानो हुन पुग्दछ जसको कारण कसिएको लगन गाँठो फुस्किदै जान्छ
    सफल जीवनको सम्बन्धमा धैर्य अनि सम्झौता दुबै चाहिन्छ । एक अर्कालाई नचिन्दै सम्बन्ध जोडन हाम फाल्ने , नचाहिंदो कुरामा आत्म बिश्वास बढाउने र सानो भन्दा सानो कुरामा इगो राख्नाले पनि सम्बन्धहरु टुटने गर्दछन । त्यस्तै चाहिने भन्दा बढी सुरक्षात्मक र नचाहिंदो प्रस्नोत्तरले पनि सम्बन्धको दौडलाई हानी पुराउँछ । सम्बन्ध त बिश्वास र सम्झौताको डोरी पनि त हो नी तर त्यसले उव्जाएको संकट कता गएर बजारिन्छ । अपारदर्षि बानी र सञ्चारको कमीले पनि सम्बन्धमा दरार आउँछ । आफु केन्द्रित सोंचाइ आफुलाई कहिल्यै गलत नदेख्ने , तारिफ र स्व मुल्याँकनलाई आफनो आधार मान्ने चिन्तनले पनि गाँठो फुस्काउने गर्दछ । बैबाहिक सम्बन्ध र आर्थिक बिकास बिलकुलै भिन्न बिषयबस्तु हुन । आलिशान जीवन बिताउन र महंगो शैली अपानाउने बिबाहले एक अर्कामा भ¥¥याङ मात्र बनाउन खोज्ने हो तर त्यो दिगो हुन सक्दैन ।हाम्रो यहि बिबाह संस्कार थियो जसले महिलालाई सति जान सिकाउँथ्यो । त्यो सति जान सिकाउने सति पुराणको कथा अनि त्यसका पात्र कति कहालिलाग्दा छन । सतिको इतिहासमा अहिलेसम्म सति बाँचेको इतिहास छैन तर पनि सतिलाई धमान्र्धको रुपमा कसरी अंगालिए होला ? सप्तपदीमा घुमाएर चरम उत्पिडन पनि सहन सक्ने क्षमता कम मार्मिक छैन ।
    के हो सति ?
    सति प्रथा सबै जातजातीमा त थिएन । हिन्दु धर्म मान्ने केही जातीहरुमा मात्र यो प्रचलनमा रहेको थियो खास गरी हिन्दु धर्म मान्ने ब्राहमण क्षेत्रीमै यस किसिमको कार्य अगाडि भएको पाइन्छ । लोग्ने मरेपछि लोग्नेको चितामा परेर मर्ने संस्कार नै सति जाने हो । जब श्रीमानको मृत्यु हुन्थ्यो तब मरेको घरमा शोकको शंख फुकिन्थ्यो । शंख फुक्ने बित्तिकै सति जाने महिलालाई नुहाइ धुवाइ गरिन्थ्यो । उनलाई अन्तिम बस्त्रको रुपमा रातो चोली साडी चुरा पोते लगाउन लगाइन्थ्यो । उनको नुहाएको कपाल फुका राख्न लगाइन्थ्यो । गाउँ भरिका महिला पुरुषले उनको कपालमा तेल फुल र अबिर खन्याउँदै जान्थे भने अर्कोतर्फ पण्डितले सति पुराण बाचन गर्दै लैजान्थे । जति पण्डितले सति पुराण पढदै जान्थे त्यति नै उनको टाउकोमा फुल अबिर र तेल खन्याइ रहन्थे । पण्डितले वीच वीचमा सोध्दथे अब तिमी सति जान तयार भयौ की भएनौ भनेर कबुल गर्न लगाउँथे । सति पुराण सकिन्थ्यो र उनलाई मनसाउने गरिन्थ्यो । यदि उनले सति जाने इच्छा गरिनन भने उनलाई अफिम खुवाएर भए पनि सति जानको लागी कबुल गराइन्थ्यो जब उनले कबुल गर्दथिन तब लाश उठाइन्थ्यो र उनलाई फुको कपालसंगै लाशको पछि पछि नाङ्गा खुट्टा हिंडन लगाइन्थ्यो । बाटोमा उँभिएकाहरुले उनको शीरमा तेल अबिर र पूmल बर्साउँथे । उनले दायाँ बायाँ पछाडी कतै नहरी घोप्टो मुन्टो लगाएर लाश जलाउने स्थानसम्म पुग्थिन तब लोग्नेसंगै चितामा बाँधेर जिउँदै जलाउने गर्दथे । यदि उनले चितामा जान इन्कार गरेमा मलामीहरुले ढुङ्गाले हानेर मारेर चितामा राखेर जालाउँथे यसरी नमान्नेलाई थुक्क कलंकनी भनेर थुक्दै चितामा जलाउँदथे ।सति मध्येको अब्बल त्यो हो जो सति पुराण सुनेर चितामा जान्थिन । कमसल सति त्यो हो जसलाई अफिम खुवाउनु पर्दथ्यो कलंकनी सतिलाई ढुङ्गाले हान्नु पर्दथ्यो । यसरी सतिमा बाँचेको इतिहास भेटिदैन भेटिन्छ भने त्यो केवल हिन्दी फिल्ममा मात्र हो । यो कति मार्मिक छ कति दर्दनाक छ । धन्य हाम्रो संस्कृति । धन्य हाम्रो लगन । धन्य हाम्रो धर्म
    लगनमै जोडिएको राजनीति
    २०६२। ०६३ को आन्दोलन पछाडि बिभिन्न राजनैतिक संगठनहरु वीच लगनगाँठो गाँसिएकै हो । त्यो लगनगाँठो गाँस्दा भरोसा र बिश्वास गरियो तर त्यसले मुर्त रुप लिन सकेन । गणतन्त्र नेपाल भएसंगै नेपालको पहिलो राष्ट्रपतिको रुपमा गिरिजा प्रसाद कोइरालालाई स्वीकार गरियो तर निर्वाचन पश्चात त्यसलाई स्वीकार गरिएन आन्दोलन पश्चात आएको बिद्रोहीका प्रधानमन्त्रीले राजीनामा दिए ४ बर्षमा बन्ने संबिधान निर्माण हुन सकेन । नेपालको संबिधानले सहकारितात्मक संघीयताको अबधारणा अगाडि ल्याएको हो तर अहिलेसम्म सबै राजनैतिक पार्टी यसप्रति प्रतिबद्ध देखिएका छैनन । सहकारितात्मक संघीयताको अबधारणा हुँदा हुदै पनि राजनैतिक पार्टीहरु एकअर्का प्रति बिश्वास गरेका छैनन । आन्दोलनमा एक भए । व्यबस्था परिवर्तन गर्न राजी भए । नेपाली काँग्रेसले गणतन्त्रको पक्षमा निर्णय नलिंदा अन्य पार्टीले गरेको निर्णय सफलता उन्मुख नै देखिएन तर त्यही काँग्रेसलाई बोक्न अन्य पार्टी सहमती हुन सकेनन । पछिल्लो संघीय निर्वाचनमा सति प्रथा बाडे झै कंग्रेस कम्युनिष्टहरु कित्ताकाट नै भए । काँग्रेसको सति कम्युनिष्टहरु गएनन कम्युनिष्टको सति काँग्रेस गएनन परिणामतः कम्युनिष्टहरुको वीचमा एउटा सहकार्य भए । नेताहरुको मिलोमतोमा सबै कार्यकर्ता सति गए । उनीहरु अब्बल सतिको रुपमा आफुलाई परिभाषित गरे लुरु लुरु एउटै लगनगाँठोमा बाँधिएर निर्वाचनमा गए । धेरै सिट जिते । पुरुष प्रधान समाजको अब्बल सति साबित्री पछि लागे । कसैलाई अफिम ख्वाए । कसैलाई ढुङ्गाले हानेर भए पनि आफनो नियन्त्रणमा ल्याए । राजनैतिक सिद्धान्त र दर्शनहरु एउटै चितामा जलाए । माक्र्सवादी दर्शन एउटै चितामा जलाउनु कस्तो दर्शन होला ?दुलाहीको सप्को समातेर पछि लागेको दुलाह दुलहीकोे पाइलाहरु अन्यत्रै लरबरीएको अबस्थामा कुन्नी कसरी हो बिरानो हुन पुग्यो जसको कारणे लगन गाँठो कस्सिन सकेन फेरी पनि फुस्कियो । राजनैतिक परिणामले फेरी त्यही अबस्था दिएको छ । भरोसा र बिश्वास एक अर्कामा देखिएन । धैर्य अनि सम्झौतालाई ख्याल नगर्ने एक अर्कालाई नचिन्दै सम्बन्ध जोडन हाम फाल्ने , नचाहिंदो कुरामा आत्म बिश्वास बढाउने र सानो भन्दा सानो कुरामा इगो राख्ने प्रबृति राजनीतिक खेलाडिको मानसिक उपज हो । सम्बन्ध त सम्झौता र बिश्वासको डोरी हो तर त्यो आत्म स्व मुल्याँकनमा रुमल्लीने , आत्म प्रशंसा खोज्ने प्रबृति र अपारदर्षी सोंचले सबैलाई गिजोली रहेको छ । राजनीति नेताहरुको आर्थिक बिकासको भ¥याट्ट त होइन न यिनीहरुलाइ आलिशान जीवन बिताउन गरिएको सम्झौता हो । फेरी पनि निर्वाचनको बेला आएको छ । फेरी कसैलाई अब्बल , कसैलाई कमसल र कसैलाई कलंकनी भनेर आछेप लगाउँदै आफुलाई लगनमा जोडने राजनीति कदापी स्वीकार्य हुन सक्दैन । यसरी जोडिने लगनको साइनो फेरी पनि टुक्रिने छ । फेरी पनि सति पुराण लेख्नेलाई हिटलरको संज्ञा दिए जस्तै नेतृत्वदायी भूमिकामा बस्नेहरुलाई भन्ने कथा बाहेक हामीसंग के हुन्छ र !

    Advertisement

    बिहिबार, माघ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.