प्युठान, नेपाली काँग्रेसका यु्वा नेता वद्रि लम्सालको उपचारका क्रममा मृत्यु भएको छ । लम्सालको त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौंमा उपचारको क्रममा मृत्यु भएको नेपाली काँग्रेस प्युठानले जनाएको छ ।
लम्साल प्युठानका लोकप्रिय नेताको रुपमा चिनिन्छन् । नेपाली काँग्रेस प्युठानका निवर्तमान उपसभापति एवं महासमिति सदस्य समेत थिए ।लम्सालको प्याङक्रियाजको समस्याका कारण पाल्पामा उपचार पछि काठमाण्डौमा थप उपचारका लागि लगिएकोमा मंगलवार मृत्य भएको हो ।
Advertisement