प्युठान, ने.क.पा.(माओवादी केन्द्र) लुम्बिनी प्रदेश संगठन कमिटिको सचिवमा कृष्ण अधिकारी(प्रकाश) र प्युठान जिल्ला संयोजकमा पित बहादुर एम.सि. निर्वाचित भएका छन् ।
शुक्रबार र शनिवार चलेको लुम्बिनी प्रदेशको पहिलो पूर्ण बैठकबाट प्रदेश अध्यक्ष सुदर्शन बराल सहितको नयाँ नेतृत्व निर्वाचित भएको हो । उपाध्यक्षहरुमा दुर्गा थारु, लुमाकान्त न्यौपाने, विर बहादुर खत्री, सचिव कृष्ण अधिकारी प्रकाश, सहसचिव अकल बहादुर वम, काशिराम यादव, पार्वती बि.क., कोषाध्यक्ष निर्दोश अली निर्वाचित भएको माओवादी केन्द्र प्रदेश सचिव कृष्ण अधिकारी(प्रकाश)ले जानकारी दिए ।
त्यसै गरी प्युठान जिल्ला संयोजकमा पित बहादुर एम.सी.लाई मनोनित गरेको छ । प्युठान जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रकाश र एम.सी. लामो समयदेखि राजनीति र समाजसेवामा लागेका छन् । यस अघि प्रकाश पार्टीको प्रदेश कमिटि सदस्य तथा जिल्ला संयोजक थिए भने एम.सी. प्रदेश कमिटि सदस्यको जिम्मेवारीमा थिए ।
माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवमा प्रकाश, प्युठान संयोजकमा एम.सी.
माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवमा प्रकाश, प्युठान संयोजकमा एम.सी.
Advertisement
तपाईको प्रतिक्रिया