जनखोजी संवाददाता
प्युठान, यहाँका लघु वित्तका सदस्य महिलाहरु सुत्केरी हुँदा ८ हजार भत्ता पाउन थालेका छन् । उनीहरुले सुत्केरी भएको ४५ दिन भित्र भत्ता पाएका हुन् ।
Advertisement
उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लि. माण्डवी गाउँपालिका–३ जस्पुर शाखाका प्रमुख टेकराज भण्डारीले संस्थाले जिल्लाका सबै बस्तीहरुमा रहेका सदस्यहरु सुत्केरी भएको अवस्थामा प्रति महिला ८ हजार सुत्केरी भत्ता दिने गरेको बताए ।
शाखाले सदस्यता विस्तार गरेको सरुमारानी र माण्डवी गाउँपालिका, स्वर्गद्धारी र प्यूठान नगरपालिकाका सदस्यहरु सुत्केरी भएपछि भत्ता उपलब्ध गराइएको हो । भण्डारीका अनुसार आ.व. २०७८÷०७९ सालको चैत्र ७ सम्म १६ जना महिलाहरुले ८ हजारका दरले सुत्केरी भत्ता बुझेका छन् ।