• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

गठबन्धनको एकता मजबुत बन्न थालेपछि एमाले आतंकित, देशैभर बन्न थाले संयन्त्र


  •   बुधबार, चैत २३, २०७८ मा प्रकाशित
  • Advertisement

    काठमाडौं, २3 चैत । स्थानीय निर्वाचनको दिन नजिकिँदै गर्दा र चर्चा बढ्दै जाँदा सत्तारुढ दलहरुको गठबन्धनबीच एकता थप मजबुत बन्दै गएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि आफ्नो पक्षमा गठबन्धन बनाउन न्वारानदेखिको बल लगाइरहेको छ । सत्तारुढ दलको प्रमुख घटक नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) तथा अन्य दलहरुबीच चुनावी तालमेलको लागि गठबन्धन बाहिर नजाने गरी सहमति भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अत्तालिएको देखिन्छ । एमालेले गठबन्धन बीचको एकता भत्काउन अनेक प्रयत्न जारी राखिरहेको छ । तर पनि गठबन्धन दलहरु बीच नियमित संवाद, छलफल र बैठकहरुले गर्दा एमालेको कुनै पनि प्रयास सफल हुन सकेको छैन ।

    गठबन्धन दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाबीच केन्द्रीय स्तरमा भएको सहमति क्रमशः जिल्लाहरुमा कार्यान्वयन हुँदै गइरहेका छन् । ती दलहरुले केन्द्रमा बनाएको गठबन्धन संयन्त्रजस्तै प्रदेश र जिल्लाहरुमा पनि बन्दै गइरहेका छन् । सातै वटा प्रदेशमा गठबन्धनका साझा संयन्त्र बनिसकेका छन् भने जिल्लाहरुमा पनि लगातार संयन्त्रहरु निर्माण भइरहेका समाचारहरु आइरहेका छन् । आज मात्रै गण्डकी प्रदेशको लमजुङ जिल्लामा संयन्त्र बनेको छ भने हिजो चितवन लगायतका जिल्लामा संयन्त्र बनेका खबरहरु आएका थिए । यो समाचार प्रकाशित हुँदासम्म थुप्रै जिल्लामा गठबन्धनका साझा संयन्त्र बनेको खबर आइसकेका हुनेछन् ।

    त्यसैगरी सत्ता गठबन्धनको मंगलबार बिहान बसेको बैठकले काँग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति पनि गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकमा देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग वृहत् अन्तरक्रियाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।

    समितिमा कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट सचिवालय सदस्यद्वय वर्षमान पुन र देव गुरुङ छन् । यस्तै नेकपा एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र उपमहासचिव विजय पौडेल, जनता समाजवादी पार्टीबाट वरिष्ठ नेता अशोक राई र केन्द्रीय कार्यकारिणी समिति सदस्य रेणु यादव तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीलाई सदस्य बनाइएको छ ।

    त्यसैगरी बैठकले यसअघि गठबन्धनको संयन्त्रले गरेको निर्णयअनुसार चैत २५ गतेभित्र यथार्थ अवस्थाको रिपोर्ट पठाइसक्न ताकेता गरेको छ । प्रदेश, जिल्ला र पालिका तहमा बनेको संयन्त्रले रिपोर्ट पठाएपछि पौडेल नेतृत्वको समितिले तथ्याङ्क केलाउने छ । त्यसपछि चुनावी तालमेलबारे मोडालिटी तयार गरिने छ ।

    गठबन्धनका दलहरुबीच चुनावी तालमेल गर्ने र अन्य दलसँग गर्नैपर्ने अवस्था सिर्जना भएमा गठबन्धनमा सहमति गरेर मात्रै गर्ने, एक अर्काको आलोचना वा भण्डाफोर नगर्ने, आरोप प्रत्यारोप नगर्ने, विचार फरक भए पनि व्यवहारमा एकरुपता कायम गरेर जाने तथा प्रतिगामी शक्तिका विरुद्ध साझा र एकतावद्ध भएर लड्ने संकल्प देखिन्छ ।

    गठबन्धनको यो चट्टानी एकताले नेकपा एमाले र मुख्य नेता केपी ओली अत्यन्तै आतंकित भएको विश्लेषण राजनीतिक विश्लेषकहरुले गरेका छन् । ओलीको आतंकको मनोदशा उनका दैनिक आइरहेका अभिव्यक्तिहरुमा देखिन थालेको छ । उनी कहिले के भन्ने कहिले के भन्ने, कहिले कसलाई आरोपित गर्ने त कहिले कसलाई आरोपित गर्ने अभिव्यक्ति दिइरहेका छन् । उनी स्थानीय निर्वाचनमा गठबन्धनका उम्मेदवारबाट आफ्ना कार्यकर्ता पराजित हुने निश्चितप्रायः भए पनि राप्रपा र विप्लव माओवादी लगायतसँग चुनावी तालमेल गर्ने कोसिस गरिरहेका छन् । आफ्नै नेतृत्वमा रहेको दुई तिहाइको वाम सरकार आफ्नै घमण्ड र अहंकारले ढलेपछि ओली विक्षिप्त बन्नु स्वभाविक भएको विश्लेषकहरुले बताएका छन् ।

    निर्वाचनको दिन नजिकिँदै जाँदा गठबन्धनका दलहरु बीच देशव्यापी देखिएको एकता र संयन्त्र निर्माणले आगामी स्थानीय निर्वाचनमा एमालेको विगतको अवस्था नराम्ररी ध्वस्त हुने देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको विगतको आफ्नो जनाधार र एकीकृत समाजवादीको ओलीेविरोधी जनमतले गर्दा एमालेको जनाधार कमजोर हुने र गठबन्धनले देशैभरका अधिकांश स्थानीय निर्वाचनमा पकड जमाउने देखिएको छ । विशेष गरी ओलीले गरेको दुई पटकको संसद विघटन र पार्टीभित्रै ओलीले देखाएको स्वेच्छाचारिता तथा राष्ट्रियताको सवालमा गरेको गोप्य नाजायज हर्कतले गर्दा ओली र एमालेको विपक्षमा जनमत बढ्दै गएको देखिन्छ भने गठबन्धनको पक्षमा जनमत बढ्दै गएको देखिन्छ ।

    बुधबार, चैत २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.