जनखोजी संवाददाता
प्युठान, पूर्व जनप्रतिनिधि तथा एमालेका वडा सदस्यका उम्मेदवार रुम बहादुर ठेडीमगर(रुमन)ले मंगलबार राती गठबन्धनका कार्यकर्तामाथी हातपात गरेको प्रति क्षमा याचना गरेका छन् । बुधबार पीडित माण्डवी गाउँपालिका–३ का गणेश कुवरले प्रहरीमा जाहेरी दिएपछि दुई पक्षीय सहमति गरी मिलापत्र गरेका हुन् ।
ठेडीले मंगलवार राती स्थानीय तहको निर्वाचनको प्रचारप्रसार गरी फर्कने क्रममा मदिरापान गरी अरङ्गखोला स्थित चोकमा सामान्य भनसुनमा हातपात गरेका हुन् ।
Advertisement