जनखोजी संवाददाता
प्युठान, संविधान रक्षाका लागि गठबन्धन आवश्यक भएको माओवादी केन्द्रका नेता एवम् आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्ण ध्वज खड्काले मन्त्री खड्काले बताए । आइतबार प्यूठान नगरपालिका वडा नंं.४ मित्रमणि चोकमा संयुक्त गठवन्धनको तर्फबाट जनसमुदाय बीच सम्वोधन गर्दै प्रमुख अतिथि आर्थिक मामिला तथा सहकारी मन्त्री माननीय कृष्ण ध्वज खड्काले बामगठबन्धनबाट जनताले दिएको जनमतलाई लत्याउँदै संविधान र परिवर्तनलाई उल्ट्याउने कार्य के.पि.ओली र एमालेबाट भएकाकारण संविधानको रक्षार्थ गठबन्धन भएको उनको दावी छ ।
खड्काले गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराउनका लागि अपिल समेत गरेका छन् ।
Advertisement