• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

माण्डवी कायापलट गर्ने सात प्रतिवद्धता, पूरा गराउन गठबन्धन प्रतिवद्ध


  •   मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
  • जनखोजी संवाददाता
    प्युठान, बैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ मा माण्डवी गाउँपालिकामा संयुक्त गठबन्धनको तर्फबाट सात शिर्षकमा प्रतिवद्धतापत्र सार्वजनिक गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा, राजमो, राजमो समन्वय केन्द्र लगायतका दलहरुको तर्फबाट उम्मेदवार बनेका अध्यक्षका उम्मेदवार नम राज अधिकारी(रोसन) र उपाध्यक्षका उम्मेदवार पूर्ण प्रसाद कालाथोकीले सहितको गठबन्धन सरकारले ५ वर्ष भित्र गर्ने कामहरुको योजना सार्वजनिक गरिएको हो ।
    के छ ? प्रतिवद्धता पत्रमा हेर्नुस (पूर्ण पाठ सहित)

    Advertisement

    संयूक्त गठवन्धन
    माण्डवी गाँउपालिका प्यूठान्
    स्थानीय तह निर्वाचन २०७९
    प्रतिवद्धता–पत्र
    आसन्न वैशाख ३० गते हुन गईरहेको स्थानीय निर्वाचनमा हामी लोकतान्त्रिक वाम गठवन्धनको तर्फबाट चुवानमा सहभागी भएको छौंं । विभिन्न ऐतिहासिक जनआन्दोलन र जनयूद्धबाट प्राप्त उपलव्धिहरुको संस्थागत विकास गर्दै मुलुकको समग्र विकास गर्नु हामी सवैको मुलदायित्व रहन्छ । हामीले प्राप्त गरेका उपलव्धिहरुको रक्षा गर्दै जनताका हरेक समस्या संग प्रत्यक्ष सम्वन्ध रहेको स्थानीय तह सवल र समृद्व नभई स्थानीय हक र अधिकारको सहि उपभोग हुन सक्दैन तसर्थ हामी स्थानीय स्वायत्त शासन सहितको स्थानीय तह हुनुपर्नेमा जोड दिन चाहन्छौं ।
    आदरणीय माण्डवीबासी आमा बुवा, दाजुभाई तथा दिदीवहिनीहरु ⁄
    हामीले हाम्रो माण्डवीको विकासका लागी माण्डवी गाँउपालिका भित्र मौलाएको मनपरीतन्त्र, संंस्थागत भ्रष्टाचार र हुकुमी शासन विरुद्ध संयुक्त लोकतान्त्रिक वाम गठवन्धनको आवस्यकता महसुस ग¥यौं । सोही आवस्यकता अनुरुप माण्डवी गाँउपालिका को भविस्य कस्तो बनाउने भन्ने गहन जिम्मेवारी हाम्रो काँधमा आएको छ । गाँउपालिका भित्र शान्ति, सुरक्षा कायम गर्दै भ्रष्टाचार मुक्त जनमैत्री स्थानीय शासन सहितको पारदर्शी गाँउ सरकारको सन्चालन गर्दै जनताको आधारभूत आवस्यकता परिपूर्ती गर्न तपशील अनुसारको प्रतिवद्धता प्रकट गर्दछौं ।
    क) शिक्षा क्षेत्र –
    १) नेपालको सम्विधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकमा स्थापित गरेकाले नागरिकको समग्र विकासको मेरुदण्ड शिक्षा र स्वास्थ्य क्षेत्रलाई गुरुयोजना वनाई कार्यान्वयन गरिने छ ।
    २) माध्यामिक तह सम्म निशुल्क शिक्षा उपलव्ध गराइनेछ ।
    ३) अभिभावकसंग लिइने सहयोगरुपी शुल्क अन्त्य गरिनेछ ।
    ४) पालिका भित्रका विद्यालयहरुको आवस्यक भौतिक संरचना ५ वर्षभित्र पूरा गरिनेछ ।
    ५) प्रत्येक विद्यालयमा कम्प्युटर तथा प्रिन्टरको व्यवस्था गरिनेछ ।
    ६) कम्प्युटर शिक्षा र अंग्रेजी माध्यममा जोड दिइनेछ ।
    ७) प्राविधिक शिक्षामा कृषि, पशु र स्वास्थ्यमा क्रमश प्राथमिकताका आधारमा थालनी गरिनेछ ।
    ८) गरिव जेहन्दार र उत्कृष्ट विद्यार्थी छनोट गरी हेल्थ असिस्टेन्ट, सव इन्जिनियर र कृषि प्राविधिकमा अनुदानको व्यवस्था गरिनेछ ।
    ९) विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था गरिनेछ ।
    १०) शिक्षक , विद्यार्थी र विद्यालयलाई नमुनाको रुपमा विकास गरी शिक्षामा गुणात्मक परिवर्तन ल्याइनेछ ।
    ख) स्वास्थय र खेलकुद–
    १) दिर्घरोगी वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण घरदैलोमा उपलव्ध गराईनेछ ।
    २) माण्डवीबासी जनतालाई स्वास्थ्यवीमा गर्न प्रोत्साहन गरिनेछ ।
    ३) सुत्केरी हुने महिलालाई एम्वुलेन्सको सुविधा निशुल्क उपलव्ध गराइनेछ ।
    ४) सुत्केरी भत्तामा विशेष प्याकेजको व्यवस्था गरिनेछ ।
    ५) घाइते अपाँग अभिभावकविहिन र दिर्घरोघीलाई स्वास्थ्य सेवामा आर्थिक सहयोग गरिनेछ
    ६) सबै स्वास्थ्य संस्था र प्रशुती केन्द्रमा आधारभूत पूर्वाधार पुरा गरिनेछ ।।
    ७) भौगोलिक विकटता भएका ठाँउमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिनेछ ।
    ८) महिला स्वास्थ्य स्वयंसेविकाको आवस्यक क्षमता विकास गरिनेछ ।
    ९) देशको गहनाको रुपमा रहेको खेलकुदलाई विशेष प्राथमिकता दिइनेछ ।
    १०) प्रत्य्क वडामा खेलमैदान निर्माण गरिनेछ ।
    ११) पालिकामा विभिन्न खेलकुदहरुको आयोजना गरी दक्ष खेलाडी उत्पादन गरिनेछ ।
    १२) योग प्राणायम र ध्यान केन्द्र स्थापना गरी आधारभूत स्वास्थ्यमा उल्लेखनीय सुधार गरिनेछ ।
    ग) कृषि तथा पशुपालन –
    १) माण्डवीको सम्मुन्नतीको आधार कृषि पशुपालन र पर्यटन भएकाले एकीकृत कृषि विकास गर्न विज्ञहरुको परामर्शमा कृषि नीति निर्माण गरिनेछ ।
    २) कृषि सहकारी मार्फत विभिन्न कार्यक्रम सन्चालन गरिनेछ ।
    ३) कृषि बजारको व्यवस्था गरी कृषि एम्वुलेन्स सन्चालन गरिनेछ ।
    ४) किसानलाई उत्पादनका आधारमा अनुदानको व्यवस्था गरिनेछ ।
    ५) किसानलाई आधुनिक कृषि यान्त्रिकरण तर्फ आकर्षण गर्न अनुदानको व्यवस्था गरिनेछ ।
    ६) सिंचाइमा लाग्ने विद्युत महसुलमा अनुदानको व्यवस्था गरिनेछ ।
    ७) कृषि, पशुपन्छि ,फलफुल, माहुरीपालन, माछा पालन गर्न युवाहरुलाई आकर्षण गरी रोजगारी सिर्जना गरिनेछ ।
    ८) खेतीयोग्य जमिन लिजमा लिने किसानलाई ५० प्रतिशत अनुदानको व्यवस्था गरिनेछ ।
    ९) दक्ष प्राविधिकहरुको सेवा पालिका स्तरबाट उपलव्ध गराइनेछ ।
    १०) प्रत्येक वडामा नमुना कृषि पकेट क्षेत्रको थालनी गरिनेछ ।
    १२) राहत र अनुदानमा हुने पहुँचको अन्त्य गरिनेछ र मेहनत तथा क्षमताका आधारमा ५ वर्षे करार नीति अवलम्वन गरिनेछ ।
    १३) खाद्यान्य , तरकारी, फलफुल, माछा मासु, दुध लगायतका वस्तुमा माण्डवीलाई आत्मनिर्भर वनाउदै लगिनेछ ।
    १४) मौसमी तथा वेमौसमी तरकारीमा निर्यात गर्न सक्ने क्षमतामा वृद्धी गरिनेछ ।
    घ) पुर्वाधार विकास–
    १) माण्डवी गाँउपालिका भित्रका योजनाहरु अद्यावधिक गरी पूर्वाधार विकास निती निर्माण गरिनेछ ।
    २) पालिका स्तरमा पूर्वाधार विकास प्राधिकरण गठन गरी अल्पकालिन र दिर्घकालिन विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ ।
    ३) एक घर एक धाराको नीति वनाई स्वच्छ पिउने पानी उपलव्ध गराइनेछ ।
    ४) सार्बजनिक सौचालय, प्रतिक्षालय र फोहोर व्यवस्थापनमा जोड दिइनेछ ।
    ५) प्रत्येक वडामा जाने मोटरबाटो कालो पत्रे गर्न गुडग्रावेल सम्पन्न गरिनेछ ।
    ६) नदी नियन्त्रण बाढी पहिरो जस्ता जोखिम क्षेत्रलाई प्राथमिकता दिइनेछ ।
    ७) सिंचाईका लागी आवस्यक क्षेत्रमा पक्कि कुलो र नहरको निर्माण गरिनेछ ।
    ८) खरको छाना मुक्त अभियान अन्तरगत बाँकीहरु लाई जस्तापाता उपलव्ध गराइनेछ ।
    ९) प्रत्येक वडामा हरियाली पार्क निर्माण गरिनेछ ।
    १०) पालिका भित्र वेलीव्रिज र पक्किपुल निर्माण गर्न पहल गरिनेछ ।
    ११) पालिका भित्रका वस्तीहरुमा स्वास्थ्य एम्बुलेन्स पुग्ने कच्ची सडक निर्माणमा प्राथमिकता दिइनेछ ।
    १२) उपभोक्ता समितिलाई विकास निर्माणमा सरिक गराई रोजगारी सिर्जना गरिनेछ ।
    १३) पालिकाका विभिन्न स्थानहरुमा आवश्यकता हेरी लिफ्ट सिंचाइ योजना सञ्चालन गरिनेछ ।
    ङ) पर्यटनः
    १)यस माण्डवी गाउँपालिका भित्र रहेको सम्भावित पर्यटकीय स्थलहरुको प्रवर्धनमा जोड दिइने छ ।
    २) उदयपुरकोट दरबार, ठुलीलेख र त्रिवेणीधामको विकासमा तिव्रता दिइनेछ ।
    ३) धार्मिक, सांस्कृतिक, भेषभुषा र भाषाभाषीको संरक्षण गरी पर्यटन प्रवर्धनमा जोड दिइनेछ ।
    ४) पुरातात्विक संग्रहालयको स्थापना गरिनेछ ।
    च) सामाजिक न्याय, सुशासन तथा संस्थागत विकास
    १) समाजमा रहेको जातीय, क्षेत्रीय, लैंगिक र भाषिक विभेदको अन्त्य गरिनेछ ।
    २) बृद्ध, एकल महिला तथा पुरुष, अपाङ्गहरुको सामाजिक सुरक्षा सहित सेवा सुविधामा बढोत्तरी गरिनेछ ।
    ३) न्याय निसाप सरल एवम् सर्वसुलभ बनाइने छ ।
    ४) भ्रष्टाचार मुक्त, पारदर्शी र जवाफदेही सेवा प्रभाह गरिनेछ ।
    ५) सूचना प्रवाहलाई मोवाइल एप मार्फत जनतासम्म पू¥याइने छ।
    ६) जनतालाई सेवा सुविधा, सजिलै उपलब्ध गराउन हेल्प डेक्स हप्तामा दुई दिन सञ्चालन गरिनेछ ।
    ७) सेवा प्रवाहमा अनलाइन तथा डिजिटलाइजेशन प्रविधिको विकास गरी सहजता ल्याइनेछ ।
    ८) विषयगत समितिको क्षमता विकास गरी सेवा प्रवाहमा प्रभावकारी गराइनेछ ।
    ९) जनप्रतिनिधिहरुलाई जिम्मेवार, जवाफदेही बनाइनेछ ।
    १०) कर्मचारी कार्यसम्पादनका आधारमा प्रोत्साहन र दण्डसजायको व्यवस्था गरिनेछ ।
    च) उद्योग, व्यापार, व्यवसाय तथा वित्तिय क्षेत्र
    १) सार्वजनिक, निजी र सहकारी मार्फत उद्योग, व्यापार सञ्चालन गरिनेछ ।
    २) घरेलु उद्योग स्थापनामा प्रोत्साहन गरिनेछ ।
    ३) उत्पादनमा आधारित उद्योग गर्ने उद्यमीहरुलाई सहुलियत ऋणको व्यवस्था गरिनेछ ।
    ४) वैंक र वित्तिय संस्थाको कारोवार सहज र सरल बनाई उत्पादनमा जोड दिइनेछ ।
    ५) लद्यु वित्तिय तथा सहकारी संस्थाको अनुगमन र नियमन गरिने निति अवलम्बन गरिनेछ ।
    ६) पर्यावरण संरक्षण गर्र्न अव्यवस्थित गिट्टी वालुवा उत्खनन्, वन जंगल र खानीको व्यवस्थापन एवम् संरक्षण गरिनेछ ।
    ७) गाउँघरमा मौलाएको मिटर व्याज, सुदखोरीको नियमन गरिनेछ ।
    ८) सहकारीको विकासमा जोड दिइ माण्डवीबासीलाई सहकारी आवद्ध गरिनुका साथै विचौलियाको एकाधिकार अन्त्य गरिनेछ ।
    छ) अन्य
    ड्ड सामाजिक सुरक्षा भत्ता कार्यालय र वैंकको समन्वयमा घर–घरमा उपलब्ध गराइनेछ ।
    ड्ड २० युनिट भन्दा माथीको विद्युत महशुलमात्र बुझाउने व्यवस्था मिलाइनेछ ।
    ड्ड कृषकका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरिनेछ ।
    ड्ड अवसर, राहत र अनुदान पहुँचको आधारमा नभई दक्षता र क्षमताको आधारमा उपलब्ध गराइनेछ ।
    ड्ड पालिकाको वजेट जनताको आवश्यकताको आधारमा विनियोजन गरिनेछ ।
    ड्ड पालिकाका सवारी साधन कार्यालयको काम बाहेक घरायसी काममा प्रयोग नगर्ने निति निर्माण गरिनेछ ।
    ड्ड सामाजिक विभेद, लैंगिक हिंसाको अन्त्य गर्न विशेष कार्यक्रम संचालन गरिनेछ ।
    ड्ड महिला , बालबालिका, अपागं, सहिद परिवार र सुकुम्बासीका समस्या र माग सम्बोधन गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
    उपर्युक्त प्रतिवद्धता पुरा गर्न माण्डवी वासी हुँ भनि गर्र्व गरी बोल्ने वातावरण सिर्जना गर्न हरेक क्षेत्रमा सबै जनताको पहुँच पुग्ने गरी कार्य गर्न यस पालिका भित्र रहेका क्रियाशिल राजनितिक दलहरु, शिक्षाप्रेमी, बुद्धिजिवी, निति निर्माणमा दक्ष व्यक्तित्व, समाजसेवी लगायत सबै सरोकारवालासंग छलफल र परामसै गरी पूर्वाग्रह विना अगाडि बढ्ने प्रतिवद्धती व्यक्त गर्दछौं । साथै यी कार्यहरु सम्पन्न गर्न गठबन्धनका साझा उम्मेदवारहरुलाई आफ्नो अमूल्य मत दिइ विजय गराउनु हुन हार्दिक अपील गर्दछौं ।
    स्थानीय तह चुनाव प्रचार प्रसार समिति
    संयुक्त गठबन्धन
    माण्डवी गाउँपालिका, प्युठान

     

     

    मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.