जनखोजी संवाददाता
प्युठान, धनञ्जय गाेत्रीय भण्डारी समाज प्युठानकाे अध्यक्षमा खेतुलाल भण्डारी निर्वाचित भएका छन् । आइतबार प्युठान नगरपालिका-८ जनता माद्यामिक विद्यालय बाग्दुलामा सम्पन्न भएको दाेश्राे अधिवेशनले खेतुलाल भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे हाे । हिरामणी भण्डारी र खेमराज भण्डारी उपाध्यक्ष, माधवराज भण्डारी सचिव, हरिप्रसाद भण्डारी सहसचिव र काेषाध्यक्ष श्रीराम भण्डारी निर्वाचित भएका हुन् । त्यसैगरी सदस्यहरूमा हेमराज, यशाेदा, ओविराम, टिकाराम, बाेम प्रसाद, माधवप्रसाद, गिरिराज, सुवासचन्द्र, मधा, टिका र नारायणी भण्डारी गरि १७ सदस्यीय जिल्ला समिति गठन गरिएकाे हाे ।
कार्यक्रममा धनञ्जय गाेत्रीय भण्डारी समाजका केन्द्रीय अध्यक्ष कृष्ण भण्डारी, उपाध्यक्ष शेशुराम भण्डारी, स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख टेक प्रसाद भण्डारी लगायतको उपस्थिति रहेकाे थियाे ।
धनञ्जय गाेत्रीय भण्डारी समाजकाे अध्यक्षमा खेतुलाल भण्डारी
धनञ्जय गाेत्रीय भण्डारी समाजकाे अध्यक्षमा खेतुलाल भण्डारी
Advertisement
तपाईको प्रतिक्रिया