लुम्बिनी प्रदेश सरकारले पेस गर्न लागेको बजेट एमाले अवरोधका कारण प्रभावित भएको छ । प्रदेश सभाको बुधबारको बैठकमा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।
तर, बैठक सुरु गर्न लाग्दा एमालेले राज्यमन्त्री विमलाकुमारी खत्री वलीले महिला र बालिकामाथि गरेको दुर्व्यवहारबारे सरकारको जवाफ माग्दै सदन चल्न नदिने बताएपछि बैठक प्रभावित भएको छ ।
Advertisement
सरकारले जवाफ दिएपछि मात्रै सदनमा बजेट प्रस्तुत गर्न दिने एमालेले बताएको छ । एमालेले अवरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक २५ मिनेटका लागि स्थगित गरेका छन् ।
बैठकमा प्रमुख सचेतक भूमिश्वर ढकालले सरकारको जवाफ मागेका थिए । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री कृष्णध्वज खड्काले बुधबार अपराह्न ४ बजे आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रदेश सभामा बजेट प्रस्तुत गर्ने तयारी थियो ।