जनखोजी संवाददाता
काठमाडौं। अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता हमाल शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा पुगेका थिए।
भेटवार्ता करिब आधा घण्टा भएको थियो। सङ्गीतकार चेतन सापकोटाका अनुसार भेटमा समसामयिक देशको राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएका थियो। दाहालसँगको भेटमा हमालले आफूलाई राजनीतिमा रुचि भएको बताएको गायकरसंगीतकार चेतन सापकोटाले जानकारी दिए । भेटको चाँजोपाँजो सापकोटाले नै मिलाएका थिए । सुरुमा सामूहिक रूपमा भेटवार्ता भए पनि पछि दाहाल र हमाल एक्लाएक्लै २० मिनेट छलफल गरेका थिए ।
ुदुवै जनाको अहिलेसम्म भेट भएको रहेनछ । प्रचण्डले हमाललाई सुरुमै यो देशको बारेमा चिन्तनरबुझाइ के हो भनेर सोध्नुभयो । तपाईंलाई म ४र५ वर्षअगाडि देखि नै भेट्न चाहन्थें,ुप्रचण्डको भनाई उद्धृत गर्दै सापकोटाले भने,ुहमालले देशले अपेक्षित प्रगति गर्न सकेन । तर गणतन्त्रपछि दलित महिलाका मुद्दाहरु जुन स्थापित भए त्यसलाई संस्थागत रूपमा अगाडि बढेर समृद्धिको बाटोमा अगाडि बढ्नुपर्छ । राजनीतिक किचलो गर्नुहुँदैन । गणतन्त्रलाई संस्थागत गरेर सबै मिलेर देश विकासको बाटोमा लाग्नुपर्छ भन्नुभयो ।
प्रचण्डलाई भेटेर के भने अभिनेता राजेश हमालले ?
प्रचण्डलाई भेटेर के भने अभिनेता राजेश हमालले ?
Advertisement
तपाईको प्रतिक्रिया