पवन पाेख्रेल
प्युठान, प्युठानको माण्डवी गाउँपालिकामा एक दिने परिवर्तित पाठ्यक्रम प्रवोधिकरण सम्बन्धि तालिम सम्पन्न भएको छ ।
शिक्षा विकास तथा समन्वय एकाई खलंगा प्यूठानकाे सहयोग र माण्डवी गा.पा.काे आयोजनामा माध्यमिक विद्यालय नयाँगाउँमा एक दिने पाठ्यक्रम प्रवोधिकरण तालिममा विभिन्न विद्यालयका ६५ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
माण्डवी गापा अध्यक्ष नवराज अधिकारी अध्यक्षतामा, माण्डवी गाउँपालिका शिक्षा शाखाको आयोजनामा सन्चालन भएको तालिममा कक्षा ४,७,९ काे परिमार्जित पाठ्यक्रमबारे जानकारी गराइएको थियो । शिक्षण सिकाइ क्रियाकलापलाई उपलब्धिमूलक बनाउने उद्देश्यले तालिमकाे आयाेजना गरिएको माण्डवी गाउँपालिका शिक्षा प्रमुख तुल्सी कार्कीले जानकारी दिइन ।
कार्यक्रमकाे सहजीकरण प्यूठान न.पा. शिक्षा अधिकृत बासुदेव पण्डित, झिमरुक गा.पाका शिक्षा अधिकृत माेहन बुढा क्षेत्री लगायत माण्डवी गा.पा. अन्तरगतका राेष्टर विज्ञ शिक्षकहरुले गरेका थिए ।