Advertisement
जनखोजी संवाददाता
प्युठान , विजुलीमा चट्याङ लागेर घाइते भएका दुई बालकको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङ लागेर ऐरावती गाउँपालिका–६ बिजुलीकोटका दुई बालकको मृत्यु भएको हो।
चट्याङ लागेर घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको र उनीहरूको उपचारकै क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा ऐरावती गाउँपालिका–६ का ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेका छन् । चट्याङ लागेर ऐरावतीका १० जान घाइते भएका छन् । उनीहरूको उपचार जिल्ला अस्पताल प्यूठानमा भइरहेको छ ।