शशिधर भण्डारी
प्युठान, प्युठानमा बुटवल पावर कम्पनिले सौर्य विद्युतको सम्भावनाको खोजी थालेको छ ।
बुटवल पावर कम्पनिको आयोजनामा ७ मेगावाट क्षमताको सोलार विद्युत उत्पादनका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारी सम्बन्धी सार्वजनकि सूचना समेत प्रकाशन गरेको जनाएको छ । प्यूठान नगरपालिका वडा नं. १ र मल्लारानी गाउँपालिका वडा नं. ५ मा सौर्य विद्युत आयोजनाको निर्माण प्रश्ताव गरिएको हो ।
प्रश्तावित आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची प्रतिवेदन नेपाल सरकार ऊर्जा, जलस्रोत सिंचाई मन्त्रालयबाट स्वीकृत भइसकेको बुटवल पावर कम्पनि प्युठान वितरण केन्द्रले जनाएको छ । आयोजना कार्यान्वयन गर्नुपूर्व वातावरणीय संरक्षण नियमावली, २०७७ अन्तर्गत अनुसूची १२ (नियम–७ को उपनियम(२) बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको लागि सूचना प्रकाशन गरी कार्यान्वयनको चरणमा रहेको छ ।
प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणाली बिच के कस्तो प्रभाव पर्दछ भनी एकिन गर्न सो स्थानको न.पा., गा.पा. तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएकोले सार्वजनिक सूचना प्रकाशन गरिएको बुटवल पावर कम्पनि प्युठान वितरण केन्द्रले जनाएको छ ।
प्यूठानमा सौर्य विद्युत सम्भावनाको खोजी
प्यूठानमा सौर्य विद्युत सम्भावनाको खोजी

Advertisement
तपाईको प्रतिक्रिया