जनखाेजी संवाददाता
प्युठान, प्युठान नगरपालिका-१ धाइरेचाैरमा प्राथमिक बिउ प्रशाेधन तथा भण्डार गृह उद्घाटन गरिएको छ । शनिबार प्युठान नगरपालिकाका नगरप्रमुख बिष्णु याेगी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना, परियाेजना कार्यान्वयन इकाईका प्रमुख चुमान सिं गिरीले उद्घाटन गरेकाहुन् ।
गृहकाे निर्माण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना, परियाेजना कार्यान्वयन इकाईकाे ८ लाख , प्युठान नगरपालिकाकाे ४ लाख र २ लाख जनश्रमदानबाट निर्माण गरिएको प्युठान नगरपालिका-१ का वडा सदस्य तथा सहकारी संस्थाका पुर्व अध्यक्ष थम्मन खड्काले जानकारी दिए ।
सुनाैलाे कृषि सहकारी मार्फत निर्माण गरिएकाे भवन कृषि उत्पादनकाे भण्डारण, प्रशाेधन, विक्री वितरण गर्ने उद्देश्यले निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना, परियाेजना कार्यान्वयन इकाई प्युठान कृषि अधिकृत चुमान सिंह गिरीले जानकारी दिए ।
त्यसै गरि प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु याेगीले नगरपालिका तथा बस्तीहरूकाे विकासका लागि आफ्नाे जाेड हुने बताए । धाइरेचाैर क्षेत्रमा खानेपानी, सिंचाइ र सडककाे विकासका लागि आफ्नाे क्षेत्रबाट पुर्ण सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
धाइरेचाैरमा बीउ प्रशाेधन तथा भण्डार गृह
धाइरेचाैरमा बीउ प्रशाेधन तथा भण्डार गृह
Advertisement
तपाईको प्रतिक्रिया