नेत्र खनाल
देउखुरी, लामो समयदेखि पुलको अभाब खड्किएको राप्ती गाउँपालिका वडा न १, २, र ९ का बासीलाई पुल निर्माण शुरु हुँदा खुसी लागेको छ । यातायात सहजताको आशामा उनीहरु खुशी भएका हुन् ।
लुम्बिनी प्रदेश सरकारबाट आ.व. २०७९÷०८० का लागि सहिद राधा घिमिरे मार्गलाई १० करोड बजेट विनियोजन भएको छ । सोही बजेट अन्तरगत स्यानीखोलामा शनिवारबाट सर्भे कार्यको शुरुवात भएको हो । सर्बे कार्यको उद्घाटन राप्ती गाउँपालिका–२ का वडा अध्यक्ष पहलमान चौधरी(अनुप ) ले प्रमुख उद्घाटन गरेका हुन् । समारोहका प्रमुख अतिथि चौधरीले यस क्षेत्रको बिकासको लागि जनता समक्ष चुनावी अभियानमा गरेको बाचा पूरा गर्न आफ्नो पहल निरन्तर रहेको दावी गरे । सडक निर्माणले यातायात सुबिधा सहित व्यापार ब्यबसायको क्षेत्रमा कोसेढुङा साबित हुने बताए । कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) नेता जगत बहादुर थापाले लुम्बिनी प्रदेस सरकारका मुख्य मन्त्री मा कुल प्रसाद के सि प्रदेस सरकारका आर्थिक तथा सहकारी मन्त्रि कृष्णध्वज खड्का र प्रदेश क्षेत्र नं.का सांसद तथा स्वास्थ्य मन्त्री ईन्द्रजित चौधरीलाई धन्याबाद दिए । राप्तीको विकासका लागि माओवादीको ठुलो त्याग रहेको बताए ।
स्थानीय बसन्त नेपाली, बुद्धिजीवी बि.पि खनाल. ले समेत सम्बोधन गरेका थिए ,भने सडक राप्ती गापा–१ देखि घोराहि जोड्ने ४५ किलोमिटर दुरि रहेको छ यस सडक निर्माणले राप्ती गापा सरुमारानी गापाका केही वडा र बङ्गलाचुली गापाबासीलाई सडक पहुँचमा सहजता आउनेछ ।
स्यानीखोलामा पुल निर्माण पक्रिया शुरु
स्यानीखोलामा पुल निर्माण पक्रिया शुरु
Advertisement
तपाईको प्रतिक्रिया