Advertisement
जनखोजी संवाददाता
प्युठान, प्युठानका लोकप्रिय नेता महावीर राना (उज्वल) माओवादी केन्द्रको लुम्बिनी प्रदेश समितिको प्रचार विभागको प्रमुखको जिम्मेवारी पाएका छन् ।
सोमबार बसेको माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिको बैठकले रानालाई प्रचारप्रसार विभागको प्रमुखमा मनोनित गर्ने निर्णय गरेको हो । राना गौमुखी गाउँपालिकाका उपाध्यक्षमा निर्वाचित भएका थिए । यस संगै नेपाल पत्रकार महासंघ प्यूठानका पूर्व अध्यक्ष समेत रहेका राना प्युठान जिल्लामा लोकप्रिय नेताको रुपमा चिनिन्छन् ।