जगत खनाल
दाङ, नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल प्रगतिशील जनस्वास्थ्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा कबिराम बुढाथोकी निर्वाचित भएका छन् ।
शनिवार राप्ती गाउँपालिकाको सभा हलमा भएको सम्मेलनले बुढाथोकी लाई अध्यक्षमा निर्वाचित गरेको हो । साथै सो सम्मेलनले बुढाथोकी को अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिती चयन भएको छ । जसको उपाध्यक्षमा बिष्णु (कपिलबस्तु) बम बहादुर सुनाम (रुपन्देही) सचिब नारायण रावत (दाङ) कोषाध्यक्षमा रेशम भुसाल (प्युठान) लगायतका सदस्यहरु निर्वाचित भएका हुन् ।
Advertisement