• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

नेकपा प्युठानद्वारा गाउँ , नगर सम्मेलनमा तिव्रता


  •   बुधबार, भदौ २२, २०७९ मा प्रकाशित

  • राजेन्द्र रावत क्षेत्री , प्यूठान, नेपाल कम्युनिस्ट पार्टी प्यूठानले अाज जिल्लाकाे विभिन्न पालिकाहरुमा नगर तथा पालिका सम्मेलन सम्पन्न गरेकाे छ ।
    जिल्लाकाे स्वर्गद्वारी नगरपालिका र माण्डवी गाँउपालिकामा एकैचाेटी सम्मेलन सम्पन्न गरेकाे हाे । सम्मेलनले माण्डवी गाँउपालिकामा ताेयाराम बाँठा मगर इन्चार्ज र दिपक राना मगर सेक्रेटरी रहेकाे १७ सदस्यीय गाउँ कमिटि निर्माण गरेकाे छ । कार्यक्रममा नवनिर्वाचित गाउँ कमिटिलाई बधाई दिदै नेकपा प्युठान का सेक्रेटरी केशब थापाले नेपालमा दलाल संसदिय व्यवस्था असफल भैसकेकाेले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाकाे लागि एकीकृत जनक्रान्तिकाे विचार र कार्यदिशा लाई जनताकाे माझमा व्यापक अन्तरक्रिया सहित स्थापित गर्न निर्देशन दिए । त्यस्तै कार्यक्रममा नेकपा प्युठानका पुर्व सेक्रेटरी तथा विशेष कमिटि सदस्य माण्डवी गाउँ पालिका वडा नं. ४ उदयपुरकाेट जननिर्वाचित वडा अध्यक्ष डिल बहादुर घर्ती ( अजय) ले जनताकाे अमुल्य मतबाट अाफु वडा अध्यक्षमा निर्वाचित भएकोले पार्टीको अादेश अनुसार जनताकाे निस्वार्थ सेवामा लागि पर्ने बताए । उनले पार्टीका कार्यकर्ता लाई जनतामा एकीकृत जनक्रान्तिकाे कार्यदिशा स्थापित गर्दै लैजान अनुराेध गरे । कार्यक्रममा नेकपा प्युठानका सचिवालय सदस्य तथा जिल्ला जनसरकार प्रमुख माण्डवी गा. पा. वडा नं. १ तिरामकाे जननिर्वाचित वडा अध्यक्ष बाम बहादुर बुढा मगर , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश उपाध्यक्ष राजेन्द्र रावत क्षेत्री , जिल्ला पार्टीका सल्लाहकार कमल बिष्ट लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
    त्यस्तै नेकपा स्वर्गद्वारी नगरपालिका मा पनि प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले तुकमान खड्का सेक्रेटरी रहेकाे ९ सदस्यीय स्वर्गद्वारी नगर कमिटि निर्माण गरेकाे छ । सम्मेलनमा नेकपा का केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज दल बहादुर के. सी. ( जागृति ) ले नवनिर्वाचित नगर कमिटिलाई बधाई दिदै एकीकृत जनक्रान्तिकाे कार्यदिशा मार्फत देशमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाकाे लागि सचेतना मुलक जनजागरण अभियान सन्चालन गर्न निर्देशन दिए । कार्यक्रममा नेकपा प्युठान का सदस्य तथा सहिद परवार विशाल , राष्ट्रिय युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा प्युठानका अध्यक्ष वसन्त लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य राखेकाे नेकपा प्युठानका सचिवालय सदस्य तथा स्वर्गद्वारी नगर इन्चार्ज गिरु प्रसाद भुसाल ( परिवर्तन ) ले जानकारी दिएका छन् । यहि भदाै २४ गते पाँचौ जिल्ला सम्मेलन सफलताको लागि व्यापक तयारीमा लाग्न जुट्न पनि नेकपा प्युठान ले कार्यकर्तालाई अनुराेध गरेकाे छ ।

    Advertisement

    बुधबार, भदौ २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.