जनखोजी संवाददाता
प्युठान, घोराही उपमहानगरपालिका–१० मा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा ऐरावती गाउँपालिकाका निर्वतमान उपाध्यक्ष बुद्ध बहादुर बस्नेत (बसन्त) कि आमा राधा बस्नेतको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा गरिएको हो ।
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सचिव सचिव कृष्ण कुमार अधिकारी (प्रकाश)ले अध्यक्षता र माओवादी केन्द्रका केन्द्रीय सदस्य नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्याता रहेको थियो । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सेशुराम भण्डारी, वैकल्पिक सदस्य नहेन्द्र खड्का, प्रदेश नेता, जिल्ला नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कमरेड नारायण अधिकारीले दिवंगत राधा बस्नेतलाई जनयुद्धको समयमा पाएको सहयोग र उहाको योगदान चर्चा गरे । अधिकारीले माओवादी आन्दोलनलाई सफल बनाउन ठुलो योगदान रहेको बताए ।
साथै लुम्बिनी प्रदेश सचिव कृष्ण अधिकारीले बस्नेतले सेल्टर दिएर र सेनाबाट बचाउनका लागि मोलेको जोखिमको चर्चा गरे । कार्यक्रममा बोल्ने अतिथिहरुले बस्नेतको योगदानलाई कम्युनिस्ट आन्दोलनमा भुल्न नसकिने बताएका थिए ।
श्रद्धाञ्जली सभा सम्पन्न
श्रद्धाञ्जली सभा सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया