Advertisement
जनखोजी संवाददाता
प्युठान, प्रगतिशील जनस्वास्थ्य कर्मी महासंघ नेपालको प्रथम राष्ट्रिय महाधिवेसन पोखरामा सम्पन्न भएको छ । महाधिवेशनबाट प्युठानका स्वास्थ्यकर्मी गोविन्दराज घिमिरे केन्द्रीय उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।
घिमिरे लामो समय देखि स्वास्थ्य क्षेत्रमा क्रियाशिल छन् ।
घिमिरेसंगै महाधिवेशनबाट निर्मल सुवेदी, बसन्ता अधिकारी र प्रभा कुमारी गौतम गरी तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएको प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ नेपाल, प्युठानका प्युठान संयोजक रेशम भुसालले जानकारी दिए ।