नेत्र खनाल,
देउखुरी, लुम्बिनी प्रदेश पूर्ण खोप युक्त प्रदेश घोषणा भएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक सेरचनले दिप प्रजज्वल गरी प्रदेश क्षेत्रमा १५ बर्षमुनीका सबै बालबालीकालाई पूर्ण खोपको मात्रा भएको घोषणा गरेका हुन् ।
लुम्बिनी प्रदेश सरकारको निर्णय अनुसार भालुवाङ्गमा प्रदेश सरकारको स्थायी राजधानीको घोषणा पश्चात स्वास्थ्य तथा जनसख्या मन्त्रालयले आफ्ना प्रदेश स्थरका कार्यक्रमहरु राप्ती गाँउपालीका भित्र गर्ने गरेको छ । “स्थानीय श्रोतको उपयोग र सहभागीता पुर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता”भन्ने नाराका साथ लुम्बिनी प्रदेश पुर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
स्वास्थ मन्त्रालयका सचिब डा.बिकास देबकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सेरचनले सम्बोधन गर्दै पूर्ण खोपले पुर्णखोपको लागी दिनरात खट्ने स्वास्थ्यमन्त्री तथा मन्त्रालय र स्वास्थ्य क्षेत्रका सबै कर्मचारी प्रति आभार प्रकट गरे । साथै सेरचनले भालुवाबाङमा हुने कार्यक्रमले राजधानी व्यवस्थापनलाई अगाडी बढाएको तर्क राखे ।
समारोहका बिशिष्ट अतिथी लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसख्यामन्त्री ईन्द्रजीत थारुले प्रदेश भरी रहेका ६० हजार बालबालीकाले खोपको मात्रा पुरा गराउन स्बास्थ्य मन्त्रालयको उल्लेख्य भुमिका रहेको बताउदै मन्त्रालय लगायतका सबै निकाय र मन्त्रालयले यसै स्थायी राजधानीबाट सेबा संञ्चालन गरेकोमा सबै कर्मचारीहरु लाई धन्याबाद ज्ञापन गर्दै अन्य मन्त्रालयले पनी यसै क्षेत्रबाट छिटै सेबा संञ्चालन गर्नेमा आफु बिश्वस्थ रहेको बताएका छन् । सो समारोहमा सामाजिक समितीका सभापती माननीय बाबुराम गौतम जिल्ला समन्वयन समितीका प्रमुख सागर दाहाल लगायत १२ बटै जिल्ला समन्वयन समितीका सभापती प्रशासन तर्फका प्रदेश स्थरका प्रमुख स्वास्थ्य मन्त्रालयका उच्च तहका कर्मचारी राप्ती गाँउपालीकाका अध्यक्ष प्रकाश बिष्ट लगायत अन्य अतिथीले घोषणा सभाको शुभकामना मन्तब्य राखेका थिए भने समारोहमा स्थानीय झाकीहरुको प्रस्तुती रहेको थियो ।