जनखोजी संवाददाता
प्युठान, प्युठान अस्पातालकी वरिष्ठ अस्पताल नर्सिगं निरीक्षक राधा देवी के.सीलाई सुप्रवल जनसेवाश्री पदकबाट सम्मान गरिने भएको छ । लामो समय देखि स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएकी के.सी.लाई नेपाल सरकारले संविधान दिवसको अवसरमा सार्वजनिक गरिएको सुप्रवल जनसेवाश्री पदक घोषणामा नाम समावेश गरिएको छ ।
सुप्रवल जनसेवाश्री पदकबाटै प्युठान नगरपालिका ४ टारी घरभई काठमाण्डौमा रहेका सामाजिक अभियन्ता मुनाल सुवेदीलाई प्रदान गरिने भएको छ ।
त्यसैगरी गौमुखी गाउँपालिका ठूलाबेसी निवासी १० वर्षीय बालक शिशिर केसीलाई झिम्रुक नदीले बगाउँदा उद्दार गरि जीवनदान गर्ने दुई किशोरलाई सरकारले जनसेवाश्री पदकबाट सम्मान गर्ने भएको छ ।
के.सी.को नाम ३१४ जनसेवाश्री पदकको ३७ र ३८ औं नम्बरमा उनीहरुको नाम समावेश छ ।
गौमुखी मावि ठूलावेशीमा अध्ययनरत पूजा जारगाउँ प्युठानका सुशील सुनार र चन्द्र सुनारलाई सो पदकले सम्मान गरिने भएको हो । उनीहरुले गत असारको अन्तिम साता विद्यालयबाट फर्कदै गरेको बेला नदीमा बग्दै गरेका बालकको उद्धार गरेका थिए । उनीहरु गौमुखी माविमा कक्षा ९ र १० पढ्छन् ।
प्युठान अस्पातालकी राधा केसी.लाई सुप्रवल जनसेवाश्री पदक
प्युठान अस्पातालकी राधा केसी.लाई सुप्रवल जनसेवाश्री पदक
Advertisement
तपाईको प्रतिक्रिया