• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

रेखा शर्मासंग यस कारण एमाले तर्सिरहेको छ


  •   बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
  • Advertisement

    जनखोजी संवाददाता
    दाङ, आगामी मंसिर ४ गते हुन थालेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि देशभर निर्वाचन माहोल शुरु भइसकेको छ । ७७ ओटै जिल्लाका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको पक्ष र विपक्षमा छलफल तथा बहस शुरु भइरहेको छ । त्यसमध्ये केही राष्ट्रिय रूपमै प्रभाव पार्ने निर्वाचन क्षेत्रहरूको बारेमा देशव्यापी बहस शुरु भएको छ ।
    त्यसमध्ये एउटा निर्वाचन क्षेत्र हो दाङ २ । यो निर्वाचन क्षेत्रमा केपी ओलीका विश्वास पात्र शंकर पोखरेल र प्रचण्डकी विश्वास पात्र रेखा शर्मा निर्वाचनमा होमिएका छन् । प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली र माधवकुमार नेपाल तुलनात्मक रुपमा सुरक्षित देखिएका छन् । त्यसपछि सिंगो पार्टीको ध्यान दोस्रो तहका केही प्रभावशाली नेताहरूको निर्वाचन क्षेत्रमा केन्द्रित भएको छ । दाङ निर्वाचन क्षेत्र नं २ को निर्वाचनलाई विशेष गरेर केपी ओली र प्रचण्डले प्रतिष्ठानको विषय बनाएका छन् । यस अघि पूर्वसभामुख कृष्णबहादुर महरा यो निर्वाचन क्षेत्रबाट भिड्ने चर्चा चलेको थियो । तर, पछि उनले आफूले लामो समय राजकीय भूमिकामा बसेकाले नलड्ने घोषणा गरे ।

    त्यसपछि माओवादीले शंकरसँग रेखा शर्मालाई भिडाउने निर्णय ग¥यो । पूर्वमन्त्री समेत रहेकी घोराही–१८ निवासी रेखा शर्मा दाङबाटै राजनीति शुरु गरेर राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सफल भएकी रेखाले नै शंकरलाई पराजित गर्न सक्ने माओवादीले निष्कर्ष निकाल्यो । यस विषयमा माओवादीको हेडक्वार्टरमै विशेष छलफल समेत भयो । दुई पटक संसद् र एक पटक मन्त्री भइसकेकी रेखालाई अगाडि बढाउँदा शंकरलाई रोक्न सकिने माओवादीको रणनीति देखिन्छ । माओवादीका शीर्ष महिला नेताहरूमध्ये प्रचण्डसँग सिधै निकट भएर काम गर्ने सक्ने पात्र हुन् रेखा ।

    २०२६ साल असोज ९ गते घोराहीमा जन्मेकी रेखाले २०४३ साल देखि अखिल क्रान्तिकारीबाट राजनीति शुरु गरेकी थिइन् । महेन्द्र बहुमुखी क्याम्पस दाङबाट स्नातक तह उत्र्तिण गरेकी रेखा अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्ष समेत भइन् । त्यसपछि उनी २०४८ सालमा अनेमसंघ क्रान्तिकारी दाङको अध्यक्ष भइन् । २०५० सालमा भएको राष्ट्रिय भेलाबाट उनी महिलाको केन्द्रीय सदस्य भएकी थिइन् । त्यतिबेला उनी माओवादीको सहायक संगठन वाइसिएलको केन्द्रीय सदस्य समेत भएकी थिइन् । उनी २०५३ साल देखि २०५८ सालसम्म अनेमसंघ अक्रान्तिकारी को केन्द्रीय अध्यक्ष भइन्।

    २०५७ सालमा भएको माओवादीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र काठमाडौं उपत्यका उप ब्युरोको प्रमुख भएर काम गरिन् । उनले महिला संगठनको केन्द्रीय अध्यक्ष हुँदा रक्सी विरोधी, दाइजो विरोधी लगायतका विभिन्न अभियानहरू सञ्चालन गरेर पार्टी अध्यक्ष प्रचण्डको मन जित्न सफल भएकी थिइन् । युद्धकाल देखि नै प्रचण्डले रेखालाई विश्वास पात्रको रुपमा लिन थालेका थिए ।

    २०५८ साद चैत्रमा उनी काठमाडौंको चाहविलबाट पक्राउन परिन् । उनका श्रीमान हाल लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्रि कृष्णध्वज खड्का सहित उनी पक्राउ परेकी थिइन् । सेनाले ०५८ साल चैतमा दुबैलाई एकैसाथ पक्राउ ग¥यो । आफूहरु लुकेर बसेको कोठाबाटै उनीहरु पक्राउ परेका थिए । आफूले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीदेखि राजसंस्थासम्मको सम्पर्कमा रहेर वार्ताका लागि समन्वय गरिरहेको अवस्थामा सेनाले पक्राउ गरेको कृष्णध्वजको दावी छ ।

    काठमाडौं उपत्यकामा माओवादीको विशेष क्षेत्रीय ब्यूरो मातहत दुई उपब्यूरो थिए । केन्द्रीय राजनीतिक परिचालन उपब्यूरोका इन्चार्ज कृष्णध्वज थिए भने रेखा संगठन तथा संघर्ष उपब्यूरोकी इञ्चार्ज थिइन् । उनीहरुले बादलको दिशानिर्देशमा काम गर्नुपर्थ्यो । पक्राउ पर्नुअघि बादलको निर्देशनअनुसार पार्टीको संघर्षका आगामी कार्यक्रमका विषयमा बुढाबुढी चाबहिलमा रहेका एक सहयोगीका कोठामा छलफल गर्दै थिए । बिहान नौ बजे कोठामा श्रीमान–श्रीमती मात्रै रहेको अवस्थामा सेनाले ढोका ढक्ढक्याएको थियो । गोरखाको बर्दबहादुर गणबाट आएका सेना थिए । उनीहरुले दुबैलाई अनुहारमा कालो मुखुण्डो लगाइदिए, हात पछाडि लगेर हत्कडी लगाइदिए । अनि त्यहीँ सुरु भयो पिट्ने क्रम ।

    रेखा भन्छिन्, ‘कोठाभित्रै मलाई खुट्टामा समाएर उँधोमन्टो झुन्ड्याए र अरुले अनुहार र शरीरमा बुट बजार्न थाले । झ¥यामझुरुम एकैचोटी कति बुट हाने कति ।’ सेनाले माथिल्लो तहका नेताहरु कहाँ छन् भनेर सोधेका थिए । भन्न इन्कार गरेपछि भकुरे ।

    त्यहाँबाट दुबैलाई गाडीमा हालेर ललितपुरको राजदल गणमा लगियो । त्यहाँ पुगेको धेरै समयपछि मात्रै उनीहरुले थाहा पाएका थिए, त्यो गोरखाको बर्दबहादुर गण रहेछ । जहाँ नित्यकर्म जस्तै थियो, यातना । राजदल गणमा पुग्दा त्यहाँ सैनिक अधिकृतहरु सुर्रिएर बसेका थिए । नभन्दै रेखा र कृष्णध्वजमाथि उनीहरुले यातनाका विभिन्न ‘प्रयोग’ हरु गरे । नाक बन्द गरेर मुखमा पानीको पाइप हालिदिनेदेखि शरीरलाई चक्कुले चरचरी चिर्नेसम्म । चक्कुले चिरेका दागहरु अहिले पनि रेखाका शरीरमा छन् । ‘नाक बन्द गरेर मुखमा पानीको फोहोरा हाल्दा सबैभन्दा असैह्य महसुस भयो,’ रेखा सम्भिन्छन्, ‘म कयौंपटक यातनाका क्रममा बेहोस भएँ । बेहोसीबाट ब्युँझदा शरीरमा अर्कै कपडा हुन्थ्यो ।’

    जति चर्को यातना दिँदा पनि नेताहरूको पोल खोल्न दुबैले इन्कार गरे । त्यसपछि राजदल गणमा उनीहरुलाई लामो समय राखिएन । १० दिनको यातनापछि उनीहरुलाई फेरि गाडीमा हालेर कतै लगियो, जहाँ त्योभन्दा बर्बर यातनाको अभ्यास सैनिक अधिकृतहरुले गरे । उक्त गणमा यो जोडीले एकवर्ष नर्कतूल्य जीवन भोग्यो । २४ सै घण्टाजस्तो उनीहरुको अनुहारमा कालो मुखुण्डो र हात पछाडि लगेर बाँधिएको हुन्थ्यो । रात हो कि दिन हो, उनीहरुलाई थाहा हुँदैनथ्यो । जीवन हो कि मृत्यु हो, उनीहरुलाई थाहा हुँदैनथ्यो ।

    ‘सुरुका महिनामा सुत्नलाई ओछ्यानका नाममा सुकुल पनि दिइएन । चिसो सिमेन्टमा घुँडा टेकेरै रात काटिन्थ्यो । कहिले रातभरि बाहिरै लडाइदिन्थे, र उज्यालो भएपछि यातना दिन थाल्थे । यातनाले गर्दा चैतको गर्मीमा पनि थरथरि जाडो हुन्थ्यो । कहिलेकाहीँ खानेकुरा ल्याएर लौ खा, भन्थे । गाँस हाल्न लाग्दा मुखमा बुटले हान्थे । कहिले पानी माग्दा ट्वाइलेटको फोहोर पानी ल्याएर पिउन लगाउँथे । एक महिनासम्म केही नखाइकन गुज्रियो ।

    २०५९ सा चैत्र ३१ गते सरकार र माओवादीको वार्ता शुरु भएपछि उनीहरु रिहाई भए । त्यसपछि पार्टीको नियमित काममा उनीहरु जोडिए । २०७० सालमा संविधानसभामा समानुपातिक कोटाबाट सांसद बनेकी रेखा त्यतिबेला डा। बावुराम भट्टराईको नेतृत्वमा शीर्ष नेताहरु सम्मिलित राजनीतिक संवाद तथा सहमति समितिको सदस्य भएर काम गरिन् । प्रचण्डले विश्वास गरेर उनलाई माओवादीको तर्फबाट संसद्मा प्रमुख सचेतको जिम्मेवारी समेत दिएका थिए ।

    २०७२ सालमा सामान्य प्रशासन मन्त्री बनेकी रेखा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत भएर काम गरेकी थिइन् । संविधान निर्माणको घरमा स्थानीय तहमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउनका लागि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । २०७४ सालमा पुनः समानुपातिकबाट संसद् बनेकी रेखाले दाङको विकास निर्माणमा समेत महत्वपूर्ण भूमिका रहेको छ ।
    मिजाशिली र जनशैली भएकी रेखालाई नेपाली कांग्रेसका नेताहरुले पनि रुचाइएकी पात्र हुन् ।

    बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.